कृष्ण प्रसाद शर्मा
यो देश विश्वकै सुन्दर देश हो । यदि यो कुरा झुटो लागे विश्व साईकलयात्री पुस्कार शाहको किताव पढ वा सन् १९५० मा नेपाल आएका भुगर्वविद्ध टोनी हेगनले बनाएको डकुमेन्ट्री हेर । नेपाल प्राकृतिक रुपले न पहिले कुरुप थियो न अहिले तर राजनैतिक रुपमा भने देश कुरुप बनेकै छ । हामी नेपालीले साँच्चै भन्नु पर्दा दुःख धेरै पाएका छौ । हाम्रो अपारदर्शि कुटनीतिले बिशाल नेपाल अहिले साँघुरो नेपालका रुपमा छौ । तर देश गुमाएका भुटानीलाई जस्तो नभएर हो पो कि हामी राष्ट्रको अखण्डतामा बराम्बार हस्तक्षेप हुँदा पनि मौन छौ । तराईमा बिभेद छैन होईन छ तर तराईका विभेद केवल सामाजिक मात्रै पनि होईन । उनीहरूको पहुँच कम छ त्यो पनि सत्य हो तर तराईमा मधेश राज्यको नामाङकनबाट चलाईएको हिसाँ बेला बेलामा चरमोउत्र्कष पुग्छ ।
सन् २००९ सालमा एक जर्मनीकी अनुसन्धाकर्ता आना त्रिभुवन विश्वविद्यालयमा मधेश बारेमा अध्ययन गर्न आएकी थिईन । उस बखत उनले त्रि.वि.विमा जो जसलाई भेटिन मधेश बारे सोधिन तर कसैले पनि खासै ठूलो समस्या देखाएनन तर आज त्यही प्रश्न लगेर सोध्नुस् कति उत्तर दिन्छन् । यसको मतलब तराईको समस्या मधेशको समस्या भनेर अपव्याख्या गरेर बुझाउन धेरै अनुशन्धानकर्ताहरूको योग्दान आजको होईन ।
अहिले सीके राउत हिरासतमा छन । उनलाई हिरासतमा राखिएको हो कि राख्न भनिएको हो त्यो सम्बन्धित पक्षलाई थाहा होला । सीके राउतले खुलेआम “मधेश आजाद’’को नारा लगाएर हिडिरहँदा यहाँ उनको मानवअधिकार देख्नेहरू आज मधेशले उत्पन्न गरेको असहजमा आफ्नो राजनीति फस्टाउने देख्दछन । पृथ्वी नारायण शाहलाई सामान्ती देख्ने नेपाली मुलका केही बेलायती पलायनबादी डाक्टरहरू नभएका पनि होईनन तर पृथ्वी नारायण शाहले बनाएको एक राष्ट्रको अवधारण आजको दिनमा पनि उतिकै मनन योग्य छ । हामी उनकै देनमा आज नेपाल भन्न पाएका छौं । तर तराईको राजनीतिमा बर्षौ राज गरेका अङगिकृतहरूले त्यहाँका रैथानेहरूका सामाजिक विभेद बारे कहिलै आवाज उठाएनन्, केवल सत्ताका लागी जसको पनि पाउ मोल्न तयार भए त कहिले लालु यादबको त कहिले वारीका ठालु दाहलको ।
छुट्टै राज्यको घोषणा भईरहँदा यसलाई सधाउ पु¥याउने खालका गतिविधी निरन्तर चलिरहेका छन् । भारतीय तेस्रो नाकाबन्दी केवल नाकाबन्दि मात्र होईन कि यो नेपालीहरूलाई “तिमिहरू हाम्रो भरमा छौं’’ अर्थात हाम्रो अधिनमा छौ भनेकै हो । तर हामी पदार्थसँग देश साट्न कदापी सक्दैनौ । हामीले नेपालमा लेन्डुप दोर्जे भोग्यौ र नयाँ लेन्डुप दोर्जेका विरुवामा मल हालिरहेका छौं । हामी पाकिस्तानको काश्मिर देखेकै छौ । यसको अध्ययन गरौ ताकी भोली हामी कतै त्यो बाटोमा त छैनौ ? सिक्किम र दर्जलिङ एकै रात एकै छाकमा भारतको बनेको होईन । क्रिमिया कुनै रातारातको खेल थिएन भने बंगलादेश भारतबाट छुट्टिएको थिएन । अहिलेको संशोधनमा एमालेले नमानेको कुरा यहाँ राजनैतिक रुपमा मात्र नहेरौ यसको सार हेरौ र के भोली तपाईले पुर्व नेपाली भुमी भन्न मन छ ? छैन भने एमालेलाई भोट नदिनुस् तर राष्ट्रियताको सवालमा ठीक छ भने साथ दिऔं ।
हामी यता दोस्रो संविधान सभाको मिति मै थियौ तर त्यही राती भारतले नेपाली सिमामा हजारौ हेक्टरमा डोजोर लगाएर भारत तिर हाल्दै थियो तर यस बारे कसैले आवाज उठाएनौ । केही दिन अघि मात्र कञ्चनपुरमा भारत नेपाल बीचको सिमानामा भारतीय सुरक्षाबलले खुलेआम जग्गा मिच्दै गर्दा यसको प्रतिकार गर्दै गर्दा गोविन्द गौतमले ज्यान गुमाए अझ स्पष्ट भनौ गोली ठोकेर मारियो । यसको बिरोधमा हाम्रो पार्टिहरू विज्ञप्ति समेत किस्तामा आयो । सरकारले तत्काल भत्र्सना समेत गर्न सकेन । कति कमजोर रहेछौ । ईतिहास पढ्ने हो भने बि.पि कोईरालाले यस्तै काण्डमा चीन सँग माफी मगाएका थिए तर त्यही बि.पिको पार्टिका गृहमन्त्रीले आज भारत सामु बोल्न सकेका छैनन् । यसको कति निन्दा गरौ ।
बेलायतमा पार्टि अलग–अलग भएपनि राष्ट्रियताका सवालमा एउटै बोली हुन्छ सत्ता पक्ष र प्रतिपक्षको तर नेपालमा हामीले यहि कुरा गर्दा महेन्द्रबादी वा खोक्रो राष्ट्रबादी भईने डर हुन्छ । नयाँ पार्टिका देव लिम्बु, एमालेकी शान्ता चौधरी, माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ र काँग्रेसका धनराज गुरुङ जस्ता केही पार्टि भन्दा धेरै माथी रहेर बोल्छन तर यसको राजनैतिक असर संवद्ध पार्टिमा नभई उनिहरूको राजनैतिक दौरानमा असरले स्थान नपाउने देखिन्छ । आँफु सुकुम्बासी टोलमा बसेर पनि देशको सीमा जोगाउन हिड्ने आँट र साहस सानो तिनो सोचले हुँदैन । उनी माओबादी केन्द्रमा आवद्ध भएको बुझियो तर उनी माओबादी होईन सबैका प्रेरणा राष्ट्रबादी हुन । नेपालको न ठोस परराष्ट्रनीति छ न त कुनै कुटनैतिक दक्षता केवल पार्टिको मनपरितन्त्र छ जहाँ प्रत्येकले आँफुलाई लुई चौधौ सोचेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिन बोर्डरमा बिशाल पर्खाल बनाउने उद्घघोष गरे यो गैरकानुनी आप्रवासी रोक्न मात्र थिएन । तर यसको मतलब संसारका हरेक देशका सिमानामा पर्खाल नै समाधान होईन । कतिपय देशका सिमाना सामान्य जेब्राक्रसिङ्ग जस्तो छन् तर त्यहाँ एक अर्का देशको अखण्डता बारे सजक छन् तर नेपालमा पर्खाल नै लगाउनु पर्ने अवधारण राख्नु ट्रम्प थिओरी नभई भारतको मिचाह प्रवृतिका कारण नै हो । सिमा रक्षामा जसरी बिना बर्दिका सिपाही गोबिन्द गौतम मरे त्यो कुनै अङ्गिकृतले हिम्मत गर्दैन । पहिला आँफु पछि बाबु नेपाली नागरिक बनेका कुनै पनि भारतीय मुलको नेपालीले नेपालको भु–भागको रक्षा गर्दैन बरू उल्टै भारतको पक्षमा ओकालत गर्छन । अझ बुरु थप उकेरा लगाउने काम संसदमा खुलेआम रक्षात्मक बनेका अशोक राई सती जान तयार भए । नेपाली सिमाको रक्षाका लागी अहिलेको संशोधन प्रस्ताव घातक छ यसको मतलबरैथानेलाई वेवास्ता गर्न खोजेको नसोचौ । सबै पार्टिले मधेशबाट प्रतिनिधित्व गर्ने गैर अङगिकृतलाई सम्मानजनक हिसाबले राजनैतिक हैसियत हुने ठाउँमा राखौ जसका कारण अहिले भारतबाट खेतला मगाएर गरिएको मधेश आजादमा पर्खाल बन्न यिनै रैथाने तयार हुनेछन । तराईमा बसेका मानिसहरू केवल पारीबाट पसेका मात्र नभई पहाडबाट झरेका देखी हिमालबाट बगेका पनि छन् जो यो देश बचाउन बली चढ्न तयार छन् तर बली कसैको भोगका रुपमा नभई देशका लागी हुनु पर्छ ।