सुरेन्द्र रेग्मी
अहिले यति बेला नेपालामा रबिन्द्र मिश्रले बिबिसी जस्तो प्रतिष्ठित सञ्चार माध्यमबाट राजीनामा दिएर, नेपाल जस्तो गरिब देशमा राजनीति गर्न हामफाल्ने निर्णय गरेको कुराले निकै चर्चा परिचर्चा पाएको छ । उनले मासिक ७ लाख रुपैयाँ तलब, गाडी र परिवारको स्वास्थ्य बिमा सहितको आकर्षक जागिर छाडेर नयाँ पार्टी खोल्ने निर्णय गरे । बिबिसीको नियम अनुसार उनले ६५ वर्षको उमेर सम्म काम गर्न पाउँथे । हाल ५१ वर्षमा दौडी रहेका मिश्रका लागि अझै १४ वर्ष जागिरको चिन्ता थिएन । यति राम्रो नाम र दाम कमाइ रहेका बेला उनले लिएको कडा निर्णयलाई सर्बत्र चासो हुनुलाई अन्नेथा लिनुहुँदैन ।
उनको यस कदमको पत्रपत्रीका समाजिक सन्जालहरुमा बिभिन्न खालका प्रतिकृयाहरु आएका छन् । कतिपय सकारात्मक छन् आशा जगाउने खालका छन्भने कितिपय नकारात्मक खालका छन् । व्यैक्तिक स्वतन्त्रता छ, अभिब्यक्ती स्वतन्त्रता छ सबैले प्रत्येक घटना परिघटनलाई आ–आफ्नै किसिमले बिश्लेषण गर्नु अनौठो पनि होइन ।
आदर्शको जिबन र बास्तबिक जिबन बिल्कुल फरक हुन्छ । आदर्शका कुरा मिठा हुन्छन आकर्षक हुन्छन । तर राजनीति आदर्शले चल्दैन । राजनीतिमा आदर्श भनेको बोल्नका लागि मात्र हो । जब व्यवहारमा लागिन्छ, त्यस पछि धेरै कुरा सोचाइ भन्दा भिन्न हुन पुग्छन् । शून्यबाट राजनीति सुरु गर्न लागेका मिश्रले राजनीति प्रतिको आदर्श सपना र व्यावहारिक यथार्थहरुको मुठभेड हुँदा आफूलाई कसरी जोगाउलान् ? यो पर्ख र हेर बाहेक अरु के गर्न सकिन्छ र । अहिले सबैले नेपाल र नेपालीको समृद्धि चाहेका छन् । पुराना दल र शासकले गरेको अकर्मन्यता, भ्रष्टाचार र कुशासनलाई हटाउन अगाडी तम्सनुपर्छ भन्ने मान्नेताले अहिले केहि अग्रजहरु अगाडी तम्सेका छन् । पुराना दलका पुराना सिमित नेताहरुले गरेको गल्ती, कमजोरी र सिमित स्वार्थबाट बन्धक बनेको देशले निकाश पाउनुपर्ने कुरा प्रति सबैको एक मत देखिन्छ । यही कुरालाई केही हदसम्म बैचारिक तथा कार्यगत रुपमा रबिन्द्र मिश्र लगायतका ब्यक्तिले उठाउँदा यस कुरालाई आजको दिनमा आमबुद्धिजीवी, युवा र परिवर्तन चाहने नेपाली सहमत रहेका छन् ।
हो यति बेला राजनीति शब्द मात्रले पनि मानिसको मनोविज्ञानमा नकारात्मक तस्बिर निर्माण गरेको छ नेपालमा । राजनीति फोहोरी खेल हो भन्छौं तर त्यसलाई सफा गर्न हामी तयार भएनौं, त्यसतर्फ तपाई हामी लागेनौ त्यही भएर राजनीति गर्ने निर्णय गरेकालाई फोहोर सफा गर्छौ भनेकालाई स्वागत छ । असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैं अस्थिर र अविकसित देशको भविष्य निर्माण गर्छु भनेर देशमै बसेर अगाडी बढेका सच्चा सपुतहरुलाई मेरो सलुट छ । देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि अगाडी बढेका सच्चा ब्यक्तिहरु (हो कोही खराब पनि छन् जुन देशमा पनि हुन्छन्) राजनीतिलाई कमाइ खाने भाडो बनाएका छन् भन्न उपयुक्त हुँदैन ।
हाम्रो देश नेपालको शत्रु गरिबी, अभाव, भ्रष्टाचार, बेरोजगारी, पछौटेपन हुन । यिनीहरुलाई समाप्त पार्न सबै सित हात मिलाएर अगाडि बढ्न नयाँ पार्टिहरु लाग्नुपर्द्छ । अहिले देखिएका अस्थिरता राजनैतिक गतिरोधले मुलुक बन्धक भैराखेको छ । तत्काल यस्लाई सम्वाद, समझदारी र सहकार्यको मध्यमबाट निराकरणमा लाग्नलाई अहिले सत्तामा शक्तिमा रहेका पार्टीहरुलाई मिलाउन समन्वयकारी भूमिका निर्बाह गर्न सक्नु पनि यिनीहरुको भूमिका हुनुपर्दछ ।
जुनसुकै काम गर्न सकारात्मक सोच र सृजनशीलता आबस्यक पर्छ । यदी सकारात्मक सोच र सृजनशीलता भएमा वर्तमान राजनीति परिवर्तन गर्न नसकिने कुरैछैन । राजनीति गर्न चुनौती छन् तर सकारात्मक सोच राखेर आफ्नो प्रयास जारी राख्ने हो भने चुनैतीहरुलाई पाखा लगाउन सकिन्छ ।
हुन त यति बेला दलहरुलाई लोकतान्त्रीकरण गर्ने, पारदर्शी बनाउने, तिनमा सक्षम र इमानदार व्यक्तिहरुलाई अगाडि बढाउनु आबस्यक छन की नयाँ–नयाँ पार्टी स्थापना गर्नु । प्रत्यक दलहरुमा कुनै व्यक्ति विशेषको उदयमा नागरिक समाज, सञ्चार माध्यम आदिले निकै ठुलो प्रभाव पार्न सक्छन् । तत्कालीन माओवादीमा डा.भट्टराई, कांग्रेसमा गगन थापा अनि एमालेमा रवीन्द्र अधिकारीहरुलाई त्यो ठाउँमा पु¥याउन नागरिक समाज र सञ्चारकर्मीको मुख्य हात छ । दलहरुको रुपान्तरणमा नागरिक समाजले निकै प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । भन्नुको अर्थ नयाँ पार्टी बनाउनु भन्दा असल नागरिक समाजको नागरिकहरुको भूमिका निभाउनु नागरिकहरुको महत्वपूर्ण कार्य हुन जान्छ ।
नयाँ राजनैतिक पार्टि खुल्लने सन्दर्भमा नयाँ शक्ति नेपाल र विवेकशील नेपाली दल हाम्रो नेपालमा अगाडी नै नयाँ राजनीतिको सुरुवात गर्ने अठोट लिएर अघि बढेका छन् । यिनीहरुले पनि सुशासन र सदाचारितालाई मुल मन्त्र बनाई राजनीतिक गतिविधि अगाडी बढाएका छन् । यसमै थप पार्टी जन्माउनु भन्दा अहिलेलाई पुराना शक्ति, संरचना, भ्रस्टाचार, कुशासन बिरुद्ध मोर्चाबन्दी गर्न सम्पूर्ण परिवर्तन, विधिको शासन र सम्वृद्धि चाहने शक्तिहरु एक हुनु अपरिहार्य छ । नयाँशक्ति, साझा पार्टी र विवेकशील नेपालीहरू मिले कांग्रेस, एमाले, माओबादी राप्रपा जस्ता पुराना शक्तिलाई पछाडि धाकेल्न सक्दछन् । यदी यि शक्तीहरु मिलेर गएको खण्डमा आउँदो निर्वाचनमा पहिलो शक्ति बनेर उदाउने सम्भावना प्रवल रहन्छ । अनि पो देशलाई सांचिकै बिकाशको मार्गमा जुरुक्क उठाउन सकिन्छ ।
नेपाल ‘सुन्दर, शान्त र विशाल’ हुनुपर्छ । मुलुकमा परिवर्तनको जिम्मेवारी पाएका दलका नेताहरूले यसो गर्न सकिरहेका छैनन् । उनीहरू विधि, विधान र प्रक्रिया मिचेर आफू खुसी निर्णय गर्ने काम गरिरहेका छन् जस्ले जनातामा ब्यापक निरासा छाएको छ । प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी मोर्चा आदि अलग–अलग पार्टी भएपनि अन्तरवस्तु एउटै हो जस्तो देखिएको छ । यिनीहरुको व्यवहार र कर्म एउटै छ । सबै दलका अधिकांश नेतामा योग्यता कुशल राजनीतिक क्षमता छैन् ।
हामी सबै नेपालीले सुन्दर, शान्त मुलुकको नागरिकका रूपमा जीवन बिताउन पाउनुपर्छ । यो अवस्था अबको १०÷१५ बर्षभित्र ल्याउन कोहीनकोही निस्वार्थ भाबले लाग्नैपर्छ । सर्वसाधारणले बिस्तारै विकल्प खोज्नुपर्ने अवस्था आइसकेको छ खोजी रहेका पनि छन् । राजनीतिक–सामाजिक परिवर्तनका अजेण्डामा धेरै अगाडि आइपुगे पनि अब मुलुकलाई विकास निर्माणको बाटोमा हिँडाउने शक्तिलाई नेपाली जनताले खोजेर बसेका छन् । आगामी संसदीय निर्वाचन सम्ममा मुलुकमा कुनै विकल्प आउनुपर्छ जनता त्यसको प्रतिक्षमा छन् ।
हुनत पुराना दलले पनि आफूलाई सुधार गरेभने सर्वसाधारणले पत्याउने अवस्था आउँछ उनीहरुसँग जनाता पनि छन् सजिलो पनि हुन्छ अगाडी बढ्नलाई । यदी यहिले शक्तिमा रहेकाहरु नफेरिने हो वा नयाँ शक्तिहरू नआउने हो भने मुलुकको अवस्था धराशयी हुनेछ । यो अवस्था आउनुहुन्न भन्दै केहि ब्यक्तिहरु लागी परेका छन् । नेपाल फेर्न सक्ने गरी आउने शक्तिलाई स्वागत गर्न नेपाली फुलमाला बोकेर बसेका छन् । सकारात्मक सोच राखौ हाम्रो मातृभुमी अबश्य सफल हुनेछ । कतै रबिन्द्रहरु नै यो सफलताको लागी योग्य छन् कि बिचार गरौ । टेक्सास अमेरिका ।