काठमाडौं, २९ फागुन – गतवर्ष चर्चामा रहेको लभस्टोरी फिल्म ‘प्रेमगीत’ को सिक्वेलले साउन १३ लाई रिलिज मिति निश्चित गरेको छ । शुक्रबार फिल्मका नायक प्रदीप खड्काको जन्मदिन अवसर पारेर मिति घोषणा गरिएको हो ।
म्युजिकल लभस्टोरी भनिएको ‘प्रेमगीत २’ मा प्रदीपले यसपटक भने डेब्यु नायिका अश्लेषा ठकुरीसँग रोमान्स गरेका छन् । यसअघि फिल्ममा प्रेम बनेका प्रदीपको जोडी गीतको रूपमा नायिका पूजा शर्मा देखिएकी थिइन् ।
आशुसेन फिल्मसो ब्यानरमा रामशरण पाठकले निर्देशन गरेको फिल्मको पटकथा पनि उनैले तयार पारेका हुन् । जन्मदिनमा प्रदीपले आमासहित फिल्मका उपस्थित सदस्यलाई केक चखाएका थिए । नेपाल र म्यान्मारमा छायांकन गरिएको फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।
Previous Articleटेलिकमको दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क
Next Article गजल – वागमती सुसाएको सुन्न पाइने भयो अब