पाल्पा, २९ फागुन – होली मनाउँदै हिँडेका तानसेन–३ का सञ्जय बोहराको स्कुटर दुर्घटनामा ज्यान गएको छ । होली मनाउँदै तानसेनबाट कसेनी सराई जानेक्रममा स्कुटर दुर्घटना भएको थियो ।
लु २५ प ३४४७ नम्बरको स्कुटर चलाएका बोहोरा कसेनी–७ मा अनियन्त्रित भई लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्कुटलको पछाडी बसेका तानसेन–३ कै विवेक थापा गम्भीर घाइते भएका छन् । उनको तानसेन स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।
Previous Article११ तोपको सलामीसहित गौतमको अन्त्येष्टि
Next Article तराईको अवस्था बुझ्न प्रधानसेनापति क्षत्री धनुषामा