काठमाडौं, २६ फागुन – विश्व बजारमा मात्र नभएर नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ।
नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन्जो, दैनिक जनजीवनमा महत्त्वपूर्ण सावित भइसकेका छन् । यसैक्रममा सूचना प्रविधिका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कम्पनी आई टेक नेपालले निर्माण गरेको अलि भिन्न प्रकारको एप्लिकेसन ‘नेपाल कलर’ गुगल प्लेस्टोरमा उपलब्ध गराएको छ ।
एपको भिन्न विशेषता भनेको आफ्नो मोबाईलमा सेभ नभएका नम्बरहरु बाट फोन आए पनि कसले फोन गरेको हो भन्ने रिङ्गटोन आए सगै स्क्रिनमा देख्न सकिन्छ । हाल लाई यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र यस एपलाई छोटो समयमा धेरै प्रयोगकर्ताले रुचाउने कम्पनीले विश्वास लिएको छ।
यो लिङ्कमा https://goo.gl/lhmS1x
Previous Article‘निरन्तर संवादमार्फत संयमित कदम चाल्न सहमत’
Next Article विवाह गर्न नपाएको झोँकमा सामूहिक आत्महत्या