काठमाडौं, २६ फागुन – सरकार तथा प्रमुख राजनीतिक दलले सप्तरी घटनापछि उत्पन्न तनाव कम गर्न गम्भीर बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मधेसी मोर्चाका नेताहरूलाई बालुवाटार बोलाएर सप्तरी घटनाका विषयमा छलफल गरे ।
छलफलमा तराई–मधेसमा जारी प्रदर्शन र त्यसले निम्त्याउन सक्ने सम्भावित खतरा हुन नदिन निरन्तर संवादमार्फत संयमित कदम चाल्न सहमतसमेत भएका छन् ।
प्रधानमन्त्रीसहित बुधबार दिउँसो बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच पनि छलफल भएको छ । प्रधानमन्त्री दाहाल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार नै वान टु वान वार्तासमेत भएको छ ।
प्रधानमन्त्री र ओलीबीचको वार्ता संविधान संशोधनका साथै सप्तरी घटना तथा मोर्चाले राखेका मागका सम्बन्धमा केन्द्रित रहेको बताइएको छ । दुवै पक्षले भेटवार्ताबारे खुलाएका छैनन् ।
प्रधानमन्त्री दाहाल र ओलीबीच भेट हुनुपूर्व प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री दाहालले सप्तरी घटनापछि मधेसी मोर्चाको आन्दोलन र ज्ञापनपत्र एवं विकसित परिस्थितिका बारेमा जानकारी गराउँदै प्रमुख दलबीच राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए । राजधानी
‘निरन्तर संवादमार्फत संयमित कदम चाल्न सहमत’
Previous Articleनिर्वाचनबाट ब्याक हुन्न, बरु राजीनामा दिन्छु – दाहाल
Next Article नेपाली युवाले बनाएको एप्स ‘नेपाल कलर’