एजेन्सी, २५ फागुन – अफगानिस्तानको एक अस्पतालमा बन्दुकधारीहरुले आक्रमण गर्दा ३० व्यक्तिको मृत्यु भएको जनाइएको छ। समाचार संस्था एसोसियट प्रेसले रक्षा मन्त्रालयका एक प्रवक्ता जनरल दौलत वजिरीलाई उधृत गर्दै सो आक्रमणमा अन्य ५० जना घाइते भएको जनाएको छ।
स्वास्थ्यकर्मीझैँ सेतो कोट लगाएर अस्पतालभित्र पसेका बन्दुकधारीहरुले सो आक्रमण आक्रमण गरेको जनाइएको छ। एक आत्मघाती आक्रमणकारीले ४०० शैयाको सरदार मोहम्मद दाउद खान अस्पतालको अगाडि आफैँलाई उडाएको रोयटर्सले जनाएको छ। तीन जना स्वचालित हतियारधारी व्यक्ति अस्पतालमा प्रवेश गरेको जनाइएको छ।एक अफगान सैनिक
सबै हतियारधारी सुरक्षाकर्मीद्वारा मारिएपछि आक्रमण अन्त्य भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ। आतंककारी संगठन इस्लामिक स्टेटले सो आक्रमणको जिम्मेवारी लिएको छ।