बागलुङ, २५ फागुन – युवाको नेतृत्व तथा व्यवसायीक बिकास गर्न सामाजीक सेवामा सक्रिय रहँदै आएको रोट्रयाक क्लव अफ बागलुङले पहिलो रोट्रयाक सप्ताह गर्ने भएको छ । क्लवले मंगलबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरि यहि फागुन ३० गते देखि चैत ६ गतेसम्म रोट्रयाक सप्ताह हुने क्लवले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा वोल्दै क्लवका अध्यक्ष सन्तोष केसीले फागुन ३० गते उद्घाटन समारोह र प्रतिभा प्रस्फुटन, चैत्र १ गते निरयघाटमा रहेका वृद्धवृद्धाहरुलाई फलफुल वितरण, चैत्र २ गते रोट्रयाट शान्ति ¥याली, चैत्र ३ गते वतृत्वकला प्रतियोगिता, चैत्र ४ गते लियो क्लब अफ बागलुङसँग रोट्रयाक क्लब अफ बागलुङको मैत्रीपूर्ण फुटसल प्रतियोगिता, चैत्र ५ गते रोट्रयाक क्लब अफ बागलुङका सम्पूर्ण पदाधिकारीहरुलाई तालिम र यस्तै चैत्र ६ गते रोट्रयाक सप्ताहको समापन समारोह र पुरस्कार वितरण कार्यक्रम रहेको जानकारी दिए । क्लबले चैत्र २ गते गर्ने रोट्रयाक शान्ति ¥यालीको अवसरमा सगरमाथा आरोहण गर्ने तयारीमा रहेका बागलुङका अमिट केसीलाई नगद रु. ५ हजार सहयोग गर्ने जनाएको छ ।
उक्त कार्यक्रममा उद्घाटन समारोहको लागि संयोजक बल बहादुर थापा र सदस्यहरु मनिषा थापा, सुरिक्षा पन्त र शिव केसी, फलफुल वितरणको लागि संयोजक सुस्मिता केसी सदस्यहरुमा साधना पन्त र रन्जिता विष्ट, शान्ति ¥यालीको संयोजक शिव केसी र सदस्यहरु ताराप्रसाद शर्मा र किशोर सापकोटा, वतृत्वकला प्रतियोगिताको संयोजक सन्दिप कार्की र सदस्यहरु संगिता रेग्मी र सुश्मा जिसी, मैत्रीपूर्ण फुटसलको संयोजक सौरभ केसी र सदस्यहरु कुशल गौतम, सन्तोष रिजाल, तालिमको संयोजक नविन पन्त, सुवास केसी र तारा प्रसाद शर्मा र समापन समारोहको संयोजक सुवास केसी र सदस्यहरु सन्तोष केसी, सुमित शाही र राजन रेग्मी रहेको अध्यक्ष केसीले जानकारी दिए । उ
क्त कार्यक्रमको लागि क्लबले १ लाख खर्चको अनुमान गरेको छ । क्लबका अध्यक्ष सुवास केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष नविन पन्त, धन्यवाद मन्तव्य प्रथम उपाध्यक्ष बल बहादुर थापा र संचालन निर्देशक शिव केसीले गरेका थिए ।