बागलुङ, २५ फागुन – धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सकारी संस्थाले बागलुङका विभिन्न विद्यालयमा सरसफाई अभियान, अभिमूखिकरण र चेतनामूलक हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ ।
सदरमुकामका रुद्रेपिपल, कालिका कन्या, धौलागिरी बिरेन्द्र र कुँडुले माविमा ती कार्यक्रमहरु सम्पन्न भएको सहकारीका अध्यक्ष सुधिर श्रेष्ठले बताए । बागलुङ नगरपालिकाको सहकार्य र जापानी सहयोग निकाय जाइकाको प्राविधिक सहयोगमा अभियान संचालन गरिएको हो । अभिमूखिकरण कार्यक्रममा जाइकाका स्वयंसेवक मिका चुचिहासी र हिरोनोरी निसिकावाले सरसफाईको आवस्यकता बारेमा सहजीकरण गरेका थिए ।
सहकारीले फोहोर व्यवस्थापनको अभियान सँगै सड्ने र नसड्ने फोहोरलाई दुइ भाग लगाएर कम्पोष्ट मल बनाउने तथा फोहोरबाट मोहोर बनाउने अभियान संचालनको तयारी गरेको छ । साथै नगरभित्र प्लाष्टिकको साटो कागज र कपडाका झोला प्रयोगमा ल्याउने तयारी पनि गरेको छ ।
सुन्दर बागलुङ सफा राखौं भन्ने नारालाई सार्थकता दिंदै सहकारीले नगरभित्रका नाली सफाइको जिम्मा पनि लिने योजना बनाएको श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा थालिएको अभियानमा पुरानो बजार स्थित राधाकृष्ण मन्दिर क्षेत्रका बासिन्दाले सहयोग जुटाएर नाली सफाईमा पहल गरेको उनले बताए ।
Previous Articleनारी दिवशमा विशेष कार्यक्रम हुँदै
Next Article पहिलो रोट्रयाक सप्ताह हुँदै