बागलुङ, २४ फागुन/अन्तराष्ट्रिय नारी दिवशलाई महिला स्वतन्त्रताको दिवशको रुपमा मनाउन महिलाहरु सक्रिय भएका छन् । एकल महिलाहरुको संस्थाले पनि यो अभियानलाई अगाडि बढाएको छ । ‘नारी दिवशको दिन एकल महिलालेको पनि हक अधिकारको लागि लड्ने दिन हो भन्ने सन्देश दिन चाहन्छौं’ एकल महिला जिल्ला अध्यक्ष खड्गकुमारी खड्काले भनिन्, ‘अरु सबै दिदिबहिनीको साथ र सहयोग पाइने विश्वास छ ।’ नारी दिवशलाई जिल्लाका क्रियाशिल महिला संगठनहरुले पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना बनाएका छन् । महिलाविकास कार्यालय, पेशागत संगठन समेतले गर्ने कार्यक्रमले अधिकारको संरक्षणमा सहयोग पुग्ने महिला संघकी अध्यक्ष शकुन्तला शर्माले बताइन् । एकल महिलाहरुको संगठनले भने सोमबार सन्देश मुलक व्यानर समेत टाँगेर १ सय ७ औं नारी दिवशको शुभकामना दिएका छन् ।
Previous Articleबालबालिकाको सरसफाई शिविर
Next Article मध्यपहाडी लोकमार्ग खुलाउने काम शुरु