म्याग्दी, २४ फागुन/प्रचण्ड नेतृत्वको सरकारले दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर धमाधम बजेट विनियोजन गर्न थालेपछि म्याग्दीमा यसबर्ष करोडौ बजेट सडक सञ्जालको माध्यमबाट भित्रिएको छ । अर्थमन्त्रालय बजेछ तथा कार्यक्रम महाशाखाले सोमबार म्याग्दीको सदरमुकाम बेनीबाट गलेश्वर हुदै पिप्ले– भगवती हुदै बेगखोला जोड्ने सडकलाई १ करोडसंगै जिल्लाका अन्य ग्रामिण सडकलाई समेत थप ७० लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री स्वकिय सचिवालयका शाखा अधिकृत पुनम खड्काले दिएको जानकारी अनुसार जिविस म्याग्दीमार्फत स्थानीय विकास मन्त्रालय हुदै अर्थमन्त्रालयमा पुगेका विभिन्न ग्रामिण सडकमा ५ लाख देखी २५ लाखसम्म बजेट स्वीकृत गरिएको छ । प्रधानमन्त्री स्वकिय सचिवालयका शाखा अधिकृत खड्काका अनुसार सिम खुम्ल्या– भर्जुला सडकमा २५ लाख, फुलबारी–अदिभार–ओखरबोट सडक १५ लाख, रिसिन चौतारी–रानीपौवा–राखुभगवती सडक १० लाख, उत्तरी म्याग्दीको भुरुङ तातोपानी–मान्द्रेढुंगा सडक ५ लाख, नारच्याङ–लेखगाउँ सडक ५ लाख, विम गाविसको शिवरात्री खोला– मुदी बगर जोड्ने सडक ५ लाख, बेनी–ठुलोगैरा– खवरा सडक ५ लाख बजेट विनियोजन भएको छ । अर्थमन्त्रालयले स्वीकृती दिएको बजेटलाई स्थानीय विकास मन्त्रालय अन्र्तरगत जिविस मार्फत कार्यान्वयन गरिने छ । दुगर्म र केन्द्रमा पहुँच नपुगेका जिल्लाहरुमा विकास निर्माणको अवस्था अति कमजोर अवस्थामा रहेकाले क्षतीपुर्ती दिनुपर्ने भन्दै योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठले दुर्गम र अति कमजोर अवस्थामा रहेका जिल्लाका योजनालाई प्राथमिकता दिएका छन् । यसबर्ष जिल्लामा ८० करोडको बेनी दरवाङ सडक सहित ग्रामिण क्षेत्रमा जोड्न सडकमा समेत ठुलो आकारमा बजेट विनियोजन भएको छ ।