म्याग्दी २४ फागुन/जिल्लामा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै आन्दोलित रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितीले लगाएको ताला जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार साँझ तोडेपछि सोमबार देखी सेवा सुचारु भएको छ । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा उत्रिएका चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोला गाविसबासीले तालाबन्दी गरेर आन्दोलन सुरु गरेका थिए । जिविस म्याग्दी, निर्वाचन कार्यालय सहित बेनी जोमसोम सडक बन्द गरिएको थियो । बहुसंख्य जनताको माग सम्बोधन गर्ने विषयमा जिल्लास्थित राजनीतिक दलका प्रमुखले काठमाण्डौमा सहमतिका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएपनि सडक बन्द फिर्ता लिएर जिविस म्याग्दीको तालाबन्दीलाई यतावत् राखी आन्दोलनलाई निरन्तरता दिएका थिए । बेनीमा जनआन्दोलनको झल्को दिने गरी गरिएको दबाबमुलक प्रर्दशनबाट समेत सम्बन्धित निकायले चासो नदेखाएपछि बाध्य भएर आन्दोलनमा होमिएको अवस्थामा आन्दोलनका विचमै विना जानकारी ताला तोडेर गल्ती गरिएको आन्दोलनरत पक्षको भनाई छ । ‘तालाबन्दी तोडिएको सुनिएको छ ।बहुसंख्य जनताको भावना विपरित तोकिएको केन्द्र सच्चाउन माग गर्दछौ’ संघर्ष समितिका बालकृष्ण सुवेदीले भने । उनले सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशिल राजनितीक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेताहरुले समेत ऐक्यबद्धता जनाएका छन् । प्रस्तावित रघुगंगा गाउँपालिकामा समावेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरि बहुमत ८० प्रतिशत भन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने पाँच गाविसहरुले समेत मौवाफाँट केन्द्र बनाउनु उपयुक्तहुने भन्दै लिखित सहमती गरि सिफारिस अबस्थामा आयोगले प्रस्तावित गाउँपालिकाको बहुसंख्यक जनताको भावना विपपरित केन्द्र तोकेकाले आन्दोलनमा उत्रिनुपरको अवस्थामा आन्दोलनका विच प्रशासनले ताला तोडेको भन्दै आन्दोलनरत पक्ष आक्रोशित भएका छन् ।
Previous Articleशुभकामना नारी दिवसलाई
Next Article धौलागिरी जागरणको १० औं वार्षिकोत्सव