–अखिल कार्की
–रुपेश थापा मगर (तेस्रो लिङ्गी)
अजम्बरी साईनो गाँसी मुटुमा साँची
राख्नेछु नारी दिवश तिमीलाई
जिवनको हरेक घुम्ती मोडमा साथ दिनेछु
महिला हिंसा अन्त्यको राजदुत हौ तिमी त्यैले
हाम्रो देश नेपालको सलाम छ नारी दिवश तिमीलाई
भेदभाव लाञ्छना र घृणितहरुलाई छिचौल्दै
आएका छौं महिला हिंसा तिमीलाई
बेसहारा लाचारहरुको सहारा बनी त्यसैले देशको सान
डाँफे र मुनालको मुस्कान छ नारी दिवश तिमीलाई
नारी दिवश महिला हिंसा अन्त्यको सुनिश्चित खबर सुनाई निरन्तरता दिँदै जाऊँ लाखौं–लाख
समलिङ्गि तेस्रोलिङ्गिहरुको तर्फबाट फल्दै फुल्दै जाऔं
हिमाल पहाड तराई हुँदै सारा संसारभरी नै विरहरुको रगतले रंगिएका चन्द्र र सुर्य सजिएको
हाम्रो देश नेपाल झण्डाको
सलाम छ नारी दिवश तिमीलाई !
समलिङ्गी र तेस्रो लिङ्गीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आओस्, यही छ शुभकामना तिमीलाई ।
(निल हिरा समाज शाखा बागलुङ)
Previous Article२४ फागुन २०७३, धौलागिरी स्टार साप्ताहिक
Next Article जिविसमा लगाएको ताला प्रशासनले फोड्यो