बागलुङ, २२ फागुन – नेकपा माओवादी केन्द्रले बागलुङको तारा गाविसमा २ स्थानमा र जैमुनी नगरपालीको वडा नंम्वर १० मा गाउँ सम्मेलन सम्पन्न गरेको छ । तारा गाविसको सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन सदस्य धनबहादृुर विकले जस्तो निति उसैको नेतृत्व हुनुपर्ने भएकाले अव माओवादीलाई पहिलो शक्ति बनाउनुपर्ने बताए । तारा गाविसको उपल्लो क्षेत्रमा नारायण घर्तीको अध्यक्षातामा २१ सदस्य समिति गठन गरेको छ । उपाध्यक्षमा खिम घर्ती, सचिव केन्द्र रोका, कोषा अध्यक्ष दलराम पुन, सह सचिव रति कुमारी घर्ती पुन रहेका छन् । यसैगरी तारा गाविसकै तल्लो भेगमा जित बहादुर खत्री अध्यक्ष, सपना देवी बुढाथोकी उपाध्यक्ष, विवेक परियार सचिव, सन्त कुमारी बस्नेत कोषाअध्यक्ष र सहसचिव गोरीमाय खत्री रहेका छन् । कार्यक्रमा नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य प्रकाश घर्ती, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिवश खत्री पदम, वाईसीएलका जिल्ला संयोजक नरेश केसी, जिल्ला सल्लाहाकार राम बहादुर रोकाले बोलेका थिए । यसैगरी, गोरीमाया खत्री, जिल्ला सदस्य मनबहादुर घर्ती प्रज्वल, थमप्रकाश रोका, प्रेस सेन्टर ताराका संयोजक पुर्णभद्र निउरे, जिल्ला सदस्य टेकबहादुर घर्ती, विवेक परियारले बोलेका थिए । कार्यक्रम जिल्ला सदस्य नारायण घर्तीको अध्यक्षता, हुमाकुमारी कँडेलको स्वागत र जित बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो । यस्तै, जैमुनी नगरपालीका अन्तरगत १० वडाको जिल्ला सम्मेलनको उद्घाटनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्दीय महाधिबेशन आयोजक समितिका सदस्य कृष्ण बहादुर केसीले अव संविधान संसोधको विषयमा टेवलमा छलफल गर्ने बताए । जैमुनी नगरपालीका १० वडामा टेकबहादुर क्षेत्रीको अध्यक्षमा २१ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्ष मितान शर्मा, सचीव हिरालाल विक, सह सचिव खेमकुमार गोर्खाली, कोषाध्यक्ष जमुना शर्मा रहेका छन् । सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्दीय सदस्य लालबहादुर परियार, शोभा कुमार शर्मा लगाएतले बोलेका थिए । कार्यक्रम टेक बहादुर क्षेत्रीको अध्यक्षता, हिरालाल विकको स्वागत र खेम कुमार गोर्खालीको संचालनमा सम्पन्न भएको थियो । यसैबीच, नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडापालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ । सम्मेलनले जितबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष गनबहादुर विक, सचिव दिलमाया विक, सहसचिव रवि विक र कोषाध्यक्ष एलिसा विक रहेका छन् । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवरले निर्वाचन मार्फत संविधान कार्यान्वयन गरेर प्राप्त उपलब्धिको संस्थागत हुन नसके ति उपलब्धि गुम्ने खतरा रहेको औँल्याए । इन्चार्ज कुँवरले परिबर्तनका पक्षधर शक्ति एकजुट भएर त्यसको कार्यान्वयनमा जानुपर्नेमा जोड दिए । उनले पछाडि परेको बर्ग क्षेत्रको समानुपातिक प्रतिनिधित्व सहितको स्थानिय तहको निर्वाचनले महिला, दलित जनजाती समुदायको नेतृत्व स्थापित गर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका संयोजक भिम गौतम, जिल्ला सदस्य नरबहादुर विक र छबिलाल विकले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रनबहादुर विकको अध्यक्षता, क्षेत्रबहादुर भण्डाराीको स्वागत र जितबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।