बागलुङ, २२ फागुन – जिल्लाको पश्चिम बुर्तिबाङ नजिकै मोटर साइकल दुर्घटना हुँदा बडिगाड खोलामा खसेर बेपत्ता भएका मोटरसाइकल चालकको मृत अवस्थमा शव फेला परेको छ । बुर्तिबाङ बजार नजिकै सडकदेखि फुर्से रहमा दुर्घटनामा परि मोटरसाईकल सहित हराएका झापा जिल्ला दमकका नगरपालिका–१३ का २२ बर्षिय अनुप महतको शनिवार मध्यान्ह स्थानीय युवाले खोजी गर्ने क्रममा मृत अवस्थामा शव फेला परेको हो । खोलामा पानी मुनि मोटरसाईकलले च्यापिएको अबस्थामा शब फेला परेको प्रहरीले जनाएको छ । मृतक महतले मध्यपहाडी लोकमार्गमा सडक स्तरउन्नतीको कार्यमा भिमगिठे स्थित भिमघाट मोटरेबल पुलमा कार्यरत रहेको बताइएको छ । शुक्रबार साँझ करीब साढे ७ बजेको समयमा बुर्तिबाङ बजारदेखि मे ३ प २०४६ नम्बरको मोटरसाईकल चढि एक जना साथीसँग भिमगिठे आउने क्रममा महत फुर्से पहिरो भन्ने स्थानबाट करिब ५० मिटर तल खोलामा मोटरसाईकल सहित खसेका थिए । परिचय नखुेलेका चालकसँगै पछि बसेका एक व्यक्ति मोटरसाईकल पल्टिएसँगै भिरमा खरको सहारा लिएर बच्न सफल भएको बताइएको छ । दुर्घटना लगत्तै खोलामा खसेका साथी खोज्न स्थानीय पुर्णबहादुर बिकसँग हारगुहार गरेका उनी एकाएक घटनास्थलबाट फरार भएका छन् । दुर्घटनाग्रस्त मोटरसाईकल समेत मैना निर्माण कम्पनीको रहेको बुझिएको छ ।
Previous Articleमाओवादी केन्द्रको गाउँ–गाउँमा भेला
Next Article २२ फागुन २०७३, ढोरपाटन दैनिक