म्याग्दी, १९ फागुन/जिल्लामा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न दबाबमुलक आन्दोलनमा उत्रिएका रघुगंगा गाउँपालिकाका असन्तुष्ट पक्षले बिहिबारदेखी बेनी जोमसोम सडक बन्दसहित सदरमुकाम बेनीमा शक्ती प्रर्दशनका कार्यक्रम गर्ने बताएका छन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समिती म्याग्दीको बुधवार बेनीमा बसेको सर्वदलिय सर्वपक्षिय भेलाको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय र जिल्ला विकास समितिमा तालाबन्दि गरिएको छ । पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसका प्रतिनिधिहरु सम्मिलीत टोलिले गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै विरोध स्वरुप दुई कार्यालयमा तालाबन्दि गरेपछि एकघण्टा सांकेतिक विरोध स्वरुप बेनी जोमसोम सडकखण्ड अन्र्तरगत पिप्लेखण्डमा चक्काजाम गरेका थिए । सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशिल राजनितीक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्लास्तरका नेताहरुले समेत एक्यबद्धता जनाएपछि आन्दोलनमा होमिएका गाविसबासीले मौवाफाँटलाई केन्द्र बनाउन चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोला गाविसबासी सहमत भएको अबस्थामा समेत आयोग र सरकारले बहुसंख्यक जनातालाई शास्ती हुने निर्णय कुनैपनि हालतमा असफल बनाउने चेतावनी दिएका छन् । निर्णय सच्याउनका लागि प्रभावित पाँच गाविसको कामकाज ठप्प पार्नुको साथै विहिवारदेखि रघुगंगा गाउँपालिकाले समेट्ने बेनी–जोमसोम सडक अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको संघर्ष समितिका विनोद केसीले बताए । अनिश्चितकालिन आयातात बन्दको लागि बुधवार साँझ एक घण्टा उक्त सडक खण्डमा साँकेतिक रुपमा चक्काजाम गरिएको छ । संघर्ष समितिले यस अघि जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाईसकेको छ भने मन्त्रालय र प्रधानमन्त्रीको समेत ध्यानकर्षण गरिसकेको छ । जायज मागहरु सम्बोधन नभएकाले चरणबन्द आन्दोलनमा उत्रियका स्थानीयले आफ्ना मागलाई बेवास्ता गरि यथास्थितीमा आगामी निर्वाचन गर्न खोजीयमा त्यसको शसक्त प्रतिवाद गर्दै आम नागरिकबाट निर्वाचन बहिस्कार तथा अबज्ञा गर्ने निर्णय गरेको संघर्ष समितिका केवि भण्डारीले बताए । समितिले सरोकारवालाहरुलाई बुझाएको ज्ञापन पत्रमा मौवाफाँटलाई केन्द्र बनाउने क्रममा रघुगंगा खोला पारिका झिँ र पाखापानी गाविसका नागरिकलाई बाध्य र अप्ठ्यारोमा नपारी बहुसंख्यक नागरिकलाई सहजता प्रदान गर्न अन्य बिकल्पहरु मर्फत बिशेष अधिकार दिई ति गाविसका नागरिकलाई व्यवस्थापन गर्न सुझाब दिएको छ ।