बागलुङ, १९ फागुन/नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिकाको बोबाङ गाविसको वडा नम्बर–६ देखि ९ सम्म पर्ने माथिल्लो वडापालिकाको सम्मेलन बुधबार लाँकुरीबोटमा सम्पन्न भएको छ । सम्मेलनले भन्द्रमनी सुनारको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रेशम पुन, सचिवमा होमलाल भुषाल, सहसचिव मञ्जिता पुन र कोषाध्यक्ष निरन घर्ती रहेका छन् । भेलामा बोल्दै माओवादी केन्द्रका पोटिलब्युरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढा सागरले अब स्थानिय तहको निर्बाचन कसैले रोक्न नसक्ने बताए । उनले निर्वाचन आयोगले निर्वाचन आचारसहिंता समेत जारी गरिसकेकाले अब निर्वाचन हुँदैन भनेर भन्नुको कुनै औचित्य नरहेको बताए । उनले निर्वाचनपछि स्थानिय विकासका लागि अब स्थानिय जनप्रतिनिधिले नै काम गर्ने वातावरण बन्ने बताए । कार्यक्रममा ढोरपाटन नगरपालिका इन्चार्ज राजेन्द्र कुँवर, केन्द्रिय सल्लाहकार सेरमान घर्ती, नगरपालिका संयोजक भिम गौतम, तल्लो वडापालिका अध्यक्ष लिङ्कन घर्ती, उपाध्यक्ष तुलबहादुर बिक, जिल्ला सदस्य विरबहादुर घर्ती लगायतले मन्तव्य व्यक्त गरेका थिए । सम्मेलन भद्रमणि सुनारको अध्यक्षता, खुमबहादुर विकको स्वागत र श्यमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleगाउँपालिकाको केन्द्र माग्दै बेनी–जोमसोम सडक बन्द
Next Article कोलेस्टोर नियन्त्रण गर्ने यस्ता उपाय