बागलुङ, १८ फागुन – नेपाल पत्रकार महासंघ बागलुङ शाखाका नवनिर्वाचित अध्यक्ष दिल शिरीषले आफ्नो तिन बर्षिय कार्यकालका लागि १० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
सोमबार भएको पदस्थापनाका अवसरमा प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष शिरीषले पत्रकारहरुको आर्थिक र भौतिक सुरक्षाको सुनिश्चितता, पत्रकार महासंघ बागलुङ शाखाको सुविधा सम्पन्न भवन निर्माण, पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि बिषयगत र मिडियागत पत्रकारिता तालिम, पत्रकारहरुलाई स्थलगत रिर्पोटिङका लागि सामुहिक गाउँ तथा जिल्ला भ्रमण, महासघंमा रहेको ५० हजारको पत्रकार कल्याण कोषलाई २ लाख पु¥याउने उद्घोष गरे ।
यसैगरी, जिल्लाका क्रियाशिल पत्रकारहरु मध्येबाट उत्कृष्ट समाचार लेख्नेलाई नियमित रुपमा ‘पत्रकार महासंघ पत्रकारिता अवार्ड’ द्धारा पुरस्कृत, महासंघ कार्यालयमा पत्रकार सञ्चारकर्मीमैत्री व्यवस्थित सूचना केन्द्र स्थापना, स्थानीय सञ्चार माध्यमको सवलिकरण तथा श्रममैत्री बातावरण सिर्जना र महासंघको नियमित रुपमा स्मारिका प्रकाशन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
यसबाहेक महासंघले खेल्नुपर्ने भुमिकामा महासंघ दरिलो र प्रभावकारी रुपमा उपस्थित हुने अध्यक्ष शिरीषले बताए ।
Previous Articleनेकपा माओवादी प्रश्तावित ढोरपाटनको वटा अध्यक्षमा घर्ति
Next Article शिक्षामा लगानी