बागलुङ, १८ फागुन – नेकपा माओवादी प्रश्ताबित ढोरपाटन नगरपालिका अन्र्तगत बोबाङ गाविसको वडा नम्बर–१ देखि ५ सम्मलाई समेटेर प्रश्ताब गरिएको वडापालिकाको सम्मेलन मंगलबार बोबाङको नौघरटोलामा सम्पन्न भएको छ ।
सम्मेलनले लिङ्कन घर्तीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलबहादुर बिक, सचिवमा सुर्जनकुमार विक, सहसचिव ओमबहादुर पुन र कोषाध्यक्ष खिमकुमारी घर्ती रहेका छन् । कार्यक्रममा बोल्दै नेपाकपा माओवादी केन्द्रका पोटिलव्युरो सदस्य तथा बागलुङ जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले दुर्गम गाउँको विकासका लागि जनताका निर्वाचित प्रतिनिधि चाहिने भन्दै अबको निर्बाचनबाट लामो समयदेखि खाली रहेको स्थानिय तहमा नेतृत्व आउने बताए ।
उनले एकात्मक र केन्द्रिकृत शासन प्रणाली हुँदा राज्यको पहुँचबाट बाहिर जस्तै रहेको पश्चिम बागलुङको बोबाङ पुर्वाधार विकासमा पछाडि परेको भन्दै संघियताको कार्यान्वयन पछि त्यसको अन्त्य हुने बताए ।
नेता सागरले स्थानिय तहमा बिपन्न नागरिकका सवालको मुद्धा उठाएको राजनितिक दल र नेता छान्नुपर्नेमा नागरिकलाई सचेत बनाउन कार्यकर्तालाई आग्रह गरे । सो अबसरमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार सेरमान घर्ती, ढोरपाटन नगरपालिका ईन्चार्ज राजेन्द्र कुँवर, सहईन्चार्ज चन्द्र अर्याल, संयोजक भिम गौतम र जिल्ला सल्लाहकार भद्रमणी सुनारले प्रशिक्षणमुलक मन्तव्य राखेका थिए । कार्यक्रममा नवगठित वडापालिका अध्यक्ष लिङ्कन घर्तीले अबको निर्वाचनमा स्थानिय रुपमा पार्टिलाई एक नम्बर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्मेलन लिङ्कन घर्तीको अध्यक्षता, खुमबहादुर विकको स्वागत र देबबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको थियो । आज बुधबार बोबाङको वडा नम्बर–६ देखि ९ समेटिएको वडापालिकाको सम्मेलन हुने माओवादीले जनाएको छ ।
Previous Articleसहकारी लेखा तालिम सकियो
Next Article अध्यक्ष शिरीषका ९ बुँदे प्रतिवद्वता यि हुन्