बागलुङ, १७ फागुन/नेपाल कम्युनिष्ट पार्टीले बिना कसुरमा आफ्ना कार्यकर्ता पक्राउ गरेर प्रहरीले झुटा मुद्धा लगाएको आरोप लगाएको छ । सोमबार पत्रकार सम्मेलन गरेर उक्त पार्टीले भीमगिठेका सुरज गुरुङ र केशव गुरुङलाई झुटा मुद्धा लगाएको भनेको हो । गत माघ २४ गते भिमगिठेमा भएको डोजरमा आगजनी गर्नेमा उनीहरुको संलग्नता रहेको आरोपमा पक्राउ गरेको बताइएको छ । उक्त घटनामा आफ्ना कार्यकर्ताको कुनै संलग्नता नभएको भन्दै पार्टीले तत्काल रिहाईका लागि माग पनि गरेको छ । साथै स्थानीयले व्यक्तिगत रिसिइविका कारण आफ्ना कार्यकर्ता पक्राउ गर्न लगाएको पनि आरोप लगाएको छ । सुनियोजित रुपमा पक्राउ गरिएकोले तत्काल रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । प्रहरीले अनुसन्धानको क्रममा उनीहरुको संलग्नता देखिदै गएको बताएको छ । थप पुष्टीका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा राख्नुपरेको प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए । ।
Previous Articleभीमसेन क्याम्पसको महायज्ञमा १ करोड संकलन
Next Article सहकारीको लेखा समितिलाई तालिम