बागलुङ, १७ फागुन/ भीमसेन क्याम्पस बिहु बागलुङको शैक्षिक तथा भौतिक विकासमा सहयोग पु¥याउने उदेश्यले सञ्चालित एक हप्ते धनधाञ्चल ज्ञान महायज्ञमा सोमबारसम्म करिब १ करोड सहयोग संकलन भएको छ । फागुन २१ गतेसम्म भीमसेन उच्च मावि बिहु १ बागलुङमा सञ्चालित धौलागिरि बागलुङ भीमसेन शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधाञ्चल ज्ञान महायज्ञमा सोमबार मात्रै ३५ लाख ६६ हजार रुपैया संकलन भएको छ । महायज्ञमार्फत क्याम्पस तथा विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापनका लागि सहयोग गर्नहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको र सोमबारसम्म ९७ लाख ४५ हजार १ सय ३८ रुपैयाँ संकलन भइसकेको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए । सोमबार बिहुँ १ का शालिकराम कंडेलले ५ लाख ५ सय ५५, बिहु २ का बालकृष्ण कंडेल, पशुपति कंडल र युक्तप्रसाद कंडेलले ३ लाख ३७ हजार ७ सय ७१ रुपैयाँ चन्दा सहयोग गरेका छन् । यस्तै पाला ५ का जगबहादुर रानाले १ लाख ५१ हजार ५ सय ५५, बिहुँ १ का डिलप्रसाद कंडेलले १ लाख ११ हजार १ सय ११, बिहँु घर भै हाल चितवन निवासी डिलप्रसाद कंडेलले १ लाख १ हजार १ सय ११, बिहँु २ का अगन्धर कंडेलल १ लाख १ हजार १ सय ११, पाला ५ दोविल्लाका टंकबहादुर पुनले १ लाख १ हजार १ सय ११, विद्यालयका संस्थापक धम्जा निवासी स्वर्गीय प्रेमबहादुर भण्डारीका छोरा बुहारीहरुबाट १ लाख १ हजार १ सय १, बिहुँ १ निवासी डिलप्रसाद कंडेलबाट १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग प्राप्त भएको कोषाध्यक्ष थापाले जानकारी दिए । महायज्ञमा पण्डित कमलनयन गौतमले कथा वाचन गरिरहेका छन् ।