कृष्ण प्रसाद शर्मा/खासमा राजदूतको अवधारण विदेशमा आफ्ना नागरिकको रक्षा, राज्यको समृद्धीमा भुमिका र शान्ति स्थापना समेत थियो । तर पछिल्ला समयमा यसको दायरा अलि फैलिएको छ । जसलाई द न्यु ईरा अफ डिप्लोमेसी पनि भनिन्छ । राजदूत पद संविधानमा संवैधानिक पद भए पनि व्यवहारमा पुर्णरुपमा राजनैतिक बनेको छ । चाहे त्यो कर्मचारी बाट होस् वा गैर राजनैतिकबाट होस् । कर्मचारीबाट राजदुत भएकाहरु भित्र–भित्र राजनैतिक पहुँच पु¥याएर आउँछन् जसको पुष्टी उनीहरू आए पछि तयार पारेको गुटले नै देखाउँछ भने कर्मचारी तिरबाट आएका राजनैतिक झोले राजदूतका कृयाकलाप त जगजाहेर छ ।
हालै सरकारले गरेका राजदूत नियुक्तमा मात्रै त्रुटी भएको होईनकी यस अगाडी देखी भएको त्रुटीको निरन्तरता हो । २०१३ सालमा कतारका लागी नियुक्त राजदूत डा. माया कुमारी शर्माको गैर कुटनैतिक व्यवहारले नेपाल र कतार बीचको सम्बन्धमा आएको चिसोपनमा उनले खेलको भूमिका प्रमुख थियो । कुटनैतिक पदमा जहिले पनि उसले गरेको गतिविधी र कुटनैतिक मर्यादाको सीमा रेखा नाग्नु हुँदैन अझ प्रष्टै भन्दा स्वार्थ जोडिनु हुँदैन । कतिपय राजदूतहरू त्यो देशमा गएर त्यँही लापत्त भएका कारण पनि राजदूतको पदको वजन घट्दै आएको थियो भने पछिल्ला बर्षहरूमा झन यसको नियुक्तिमा देखिएको लापरवाही कम घीनलाग्दो छैन । अहिले राजदूतलाई कतिपयले लाजदूतका रुपमा लेखेको पाईन्छ तर हामी यसरी पद माथी गरिने व्यङग्यले पदको गरिमामा पुगेको आँचलाई हल्कै लिएका छौ । तर बिकसित मुलुकमा राजदूतको पद हामी कहाँ जस्तो यति हल्का लिँदैनन पनि विभिन्न राष्ट्रका राजदूतहरूले हाम्रो देशमा गरेको भुमिकाले प्रष्ट हुन्छ ।
राजदूतको नियुक्ति गर्दा केवल सिमित पार्टिले तोकेका आफ्ना मान्छेहरू मात्रै नभई कुटनैतिक संबन्धमा भियना कन्भेन्सनले गरेको व्याख्यालाई समेत ख्याल गर्न जरुरी छ । जहाँ राजदूत पद कुटनैतिक पद मध्येको उच्चतम स्तर हो भनी स्पष्ट लेखिएको छ । जसले राष्ट्रको प्रतिनिधि गर्दछ । तर अपसोच अधिकाँश नेताहरूलाई साथै राजदूत खान तम्सिनेहरू समेतलाई भियना कन्भेन्सन बारे बेखबर छन् ।
अहिलेका परराष्ट्र मन्त्रीले पद समाले पछि राजदूतको पदलाई थप गम्भिर र मर्यादित बनाउन केही अनिवार्य शर्तहरू राख्ने गृहकार्य भईरहेको थियो । त्यहाँ समेट्न खोजेका बिशेषता प्रयोग गरिएका बिशेषणहरू पढ्दा लाग्थ्यो अबका राजदूत अलि खारिएका आउने भए भने जस्तो तर दुःखको कुरा ती कुराहरूको न कार्यान्वयन नै भयो न त त्यस बारे कुनै थप बहस नै । अहिले राजदूतको नियक्ति हुँदा मात्रै होईन यस अगावै पनि लेख्ने लेखेकै हुन तर लेख्नेले लेखे पनि गर्नेले गर्न छोडेका छैनन् । हरेक पदको एउटा निश्चित सीमा र हुन मिल्ने योग्यता अनिवार्य हुन्छ । कतिपय ठाउँमा योग्यता भए पनि योग्य नहुन सक्छन्, जसको ख्याल गर्न पर्ने नियुक्ति भनेकै यस्तै खालका पदहरुमा हो ।
पुर्वमुख्य सचिव लीलामणी पौडेल चीनका लागि राजदूत भएर जानु भयो उहाँले त्यो पद पाउँदा लाग्यो कि मान्छेले गर्दा त्यो पदको गरीमा अझै बढ्यो । त्यो बेलामा अरु मुलुकमा गएका अन्य राजदूतहरूका हालका कृयाकलापले तिनीहरूको नियुक्ति गर्दा योग्यता पुगे पनि योग्य भने रहेनछन् भन्न महसुस भएको छ । कुटनैतिक पदमा काम गर्न कुटनैतिक अनुभव पुरै नभए पनि त्यो पदमा बसेर काम गर्न सक्ने सामान्य क्षमता त पक्कै चाहिन्छ होला । अहिले आएका केहि राजदुतहरूलाई म्यानपावरवालीको संज्ञा दिन्छन् तर यस अघि पनि त म्यानपावरबाला थिए नै । यहाँ म्यानपावर चलाउने मान्छेहरू बेठीक भन्ने तर्क होईन कि जुन मान्छेहरू बिदेशमा श्रमिक पठाउँछन र त्यही ठाउँको राजदूतमा त्यही व्यक्ति राजदूत हुँदा पक्कै पनि स्वार्थ बाझिँदैन र ? यो पनि कसैले नबुझेको कुरा हो ।
कुनै बेला कुनै पार्टिको सभापतिको राजनैतिक सल्लाहकार भएका मान्छेहरू सम्म राजदूत भएर गए । तिनीहरूले जहाँ–जहाँ गए त्यहाँ पार्टिले तयार पारेका ऐजेण्ड बोकेर गए कति पुरा पनि गरे कतिपय विविदमा आए पछि छाडे पनि । पछिल्लो समयमा फेरी पार्टि निकटका अलवा अब पदको खरीद बिक्रीको गन्ध आउँछ तर बिना प्रमाण भन्न ठीक नहोला तर गतिविधिले त्यस्तै देखाउँदै छ । अघिल्लो सरकारमा जुन व्यक्तिलाई कुनै एउटा पार्टिले राजदूतका लागि सिफारिस गर्छ अनि फेरी सरकार परिर्वतन भए पछि त्यही व्यक्तिलाई अर्को पार्टिले आफ्नो नामलिष्टमा राख्छ भने जनतामा शंका र आशंका हुनु स्वभाविक हो, हुन त सक्षम भएकोले जुन सरकार आए पनि छुटाउन नमिलेको तर्क दिए पनि फरक नपर्ला तर यसको जड भने पक्कै फरक होला ।
राजदूतका विभिन्न विशेषता मध्येको एक विशेषता आफ्नो राष्ट्रको स्वार्थ (जसको अर्थ राज्यलाई फाईदा हुने) कुटनैतिक तवरले राख्न सक्ने व्यक्ति तर यहाँ आज सम्म कुन देशमा कति जनालाई पठाएर कति पैसा कमिन्छ भन्ने हिसाब राख्नेले पद पाउँना साथ दिव्य ज्ञान आउलाकी भोली पल्टबाट देशको लागि आफ्नो धारणा बनोस् । राजदूत पदका लागि व्यवस्थापकीय क्षमता हुनु अर्को अनिवार्य शर्त हो । त्यो भनेको विदेशमा हुने नेपालीका अलवा त्यहाँका विभिन्न कुटनैतिक निकाय र त्यहाँको परराष्ट्र मामिलासँग तालमेल मिलाउनु हो । के आज सम्म पठाएका कति राजदूतको काम प्रतिको दक्षताका आधारमा सम्झन योग्य छन् । सयम लिएर जति सोचे पनि कसैको नाम आउँदैन बरू उतै हराएकाको नाम भने फ्याट्ट आउँदछ ।
पछिल्ला बर्षहरूमा राजदूत पदको नियुक्ति प्रकृयाले पदको तौल नै साह्रै घटाएको छ । राजनैतिक कारणले पठाउने र फिर्ता बोलाउने बाहेक पनि यो पद त्यही हल्का होईन जसरी अहिले सोचिएको छ । हामीले के बुझ्न जरूरी छभने देश क्षेत्रफलको आधारमा साना भए पनि अन्तराष्ट्रिय स्तरमा खटाईने यस्ता पदहरूको गरीमा ठूला देशको भन्दा कम हुँदैनन् र भोली त्यो देशमा गएर एउटै राउण्ड टेबुलमा बसेर काम गर्नु पर्छ जो ठूला कहलिएका छन् । हामीले सबै ठाउँलाई अस्तव्यस्त बनाई सक्यौ अब यस्ता मर्यादित पदहरूको वजन पनि आँफै घटाउँदैछौ ताकि भोली हामीले थप दूतावासहरू खोल्दा पटक–पटक सोच्नु पर्ने स्थिति आउँदैछ । क्युवा देश सानो भए पनि अमेरिकाले त्यसलाई हेर्ने दृष्ट्रिकोण सानो छैन । देश सानो भए पनि मान र शान कसैको भन्दा कम हुँदैन यदि पदलाई त्यही अनुरुप हेर्न सकियो भने । आशा गरौ अब भविष्यमा यस्तो लापरवाही हुने छैन ।
Previous Articleसरकारी अग्रसरता चाहियो
Next Article भीमसेन क्याम्पसको महायज्ञमा १ करोड संकलन