म्याग्दी, १७ फागुन/ म्याग्दी प्रवासी नेपाली संघ जापान, नागोयाले ताकम–७ का मेख बहादुर फगामीलाई आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीको शिलसिलामा कतारमा पुगेका फगामीले पानी भनी एसिड पिएर घातई भई हाल विर अस्पतालमा उपचार गराइरहेको अवस्थामा आर्थिक समस्या भएपछि मोना जापान नागोयाका सल्लाहकार गम्भीर सिउथानी मगरको संयोजकत्वमा संकलन गरेको ४१ हजार ३ सय ७२ एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । घर विदामा रहेका संस्थाका कोषाध्यक्ष रुपेश चोचाङ्गे मगर, सचिव टक चोचाङ्गे मगर, खेलकुद संयोजक रमेश विश्वकर्मा, सदस्य पुर्ण पुर्जा मगर, राम किसान, टेकप्रसाद पौडेल, रोजश विश्वकर्मा लगाएतको उपस्थितिमा स्वास्थ्य लाभको कामना गदैं सहयोग हस्तान्तरण गरिएको संस्थाका महासचिव भिम बहादुर घर्तीमगरले बताए । शिक्षा र रोजगारको सिलसिलामा जापानको नागोया क्षेत्रमा रहेका म्याग्देलीले स्थापना गरेको संस्थाले छोटो समयमै विभिन्न सामाजिक कार्यमा सक्रियता देखाएको छ । संस्थाका अध्यक्ष गणेश बहादुर कार्कीले विद्यार्थीले आफ्नो कमाईबाट क्याम्पसको श्ुल्क, ऋण तिर्नुपर्ने अवस्थामा खाने गास समेत कटाएर सहयोग गरेको बताए । ‘हामीलाई आफ्नो खाने गास भन्दा जिल्लामा भएका समस्याले धेरै पिरोल्छ । अझै धेरै कामहरुमा सहभागिता हुने गरी योजना बनाइरहेका छौ’ कार्कीले भने । उनले उत्तरी म्याग्दीको बेगखोला गाविसका बाढीपहिरो पिडितलाई ३० हजार, मृगौला पिडित विम गाविसका कुमार पुन, र हेपाटाईटिस् र सुगर रोगबाट ग्रसित बेनपा–११ का ४० बर्षिया रेशम बहादुर कार्की, मालिग्रेन्ट क्यान्सरबाट पीडित अविनाश बानियाँको उपचारमा बानियाँलाई ७० हजार, कार्कीलाई ५५ हजार ७ सय ७१ र पुनलाई ४१ हजार २ सय २० सहित विभिन्न सामाजिक कार्यमा सहयोग गरेका छन् । मोना जापानका बरिष्ठ उपाध्यक्ष एवम् समाजसेवी दिपक कार्कीले समेत संस्थागत अभियानमा आर्थिक, भौतिक सहित विभिन्न सहयोग गरेकाले समेत उत्साहित भएको मोना नागोयाले जनाएको छ । २०७३ असार १९ गते मोना जापानको पहलमा स्थापना भएको संस्थामा ५० जना आवद्ध रहेका छन् । संस्थागत खर्च, बैठक सहित कार्यक्रमको तयारीका लागि विद्यार्थीले मासिक १ हजार लेवी समेत तिर्ने गरेका छन् ।
हरिकृष्ण गौतम