बागलुङ, १७ फागुन/ जिल्लाका पश्चिम बोहोरागाउँ–८ स्थित जनचेतना प्राविको ३२ औ बार्षिकोउत्सब सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै समाज सेवी टंकप्रसाद पौडेलले विद्यालय शिक्षा आर्जन गर्ने स्थल भएकाले शैक्षिक स्तर वृद्धि गर्न शिक्षक, अभिभावकको महत्वपुर्ण भुमिका हुने बताए । साथै पौडेलले बाल मैत्री शिक्षण सिकाई तथा प्रविधियुक्त सीप मुलक शिक्षा आवश्यक हुनेमा जोडदिए । कार्यक्रममा ज्योती आधारभुत बिद्यालय थापा गाउँका शिक्षक थान बहादुर नेपाली, प्रभा माद्यामिक विद्यालय झिवाखोलाका प्रधानाध्यापक नबराज आचार्य, समासेबी नरबहादुर बुढा मगर, समासेवी राम प्रसाद आचार्य, कार्यक्रम का प्रमुख अथिती रुद्र प्रसाद शर्मा लगायतले बोलेका थिए । सोही अबसरमा बिद्यालयका प्रधानाध्यापक लछुमण सापकोटा विद्यालयको आर्थिक प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकिस्वर भुषालको अध्यक्षता शिक्षक कला शर्माको स्वागत तथा भुमिराज आचार्यको संचालनमा सम्पन्न भएको थियो ।