नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनतालाई आश्वासन दिने बाहेक ‘मिसन-८४’ को औचित्य नभएको बताए । नेकपा (एमाले),राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न अभियानमार्फत २०८४ सालमा हुने संसदीय निर्वाचनलाई लक्षित गरेर कार्यक्रम घोषणा गर्नु राजनीतिक बेइमानी भएको बताए । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनको आइतबार सदरमुकाम बेनीमा उद्घाटन गदैं महामन्त्री शर्माले एक बर्ष अगाडी निर्वाचनमा निर्वाचित सांसद भएका पार्टीले नै मिसन–८४ को घोषणा हतारको राजनीति भएको बताए । उनले सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताए । सम्मेलनलाई सम्बोधन गर्दे महामन्त्री शर्माले देश बनाउने चिन्ताभन्दा चुनाव कसरी जित्ने भन्नेमात्र सोँचको अन्त्य आवश्यक रहेको बताए । कांग्रेससँग…
Author: Amrit Baskune
म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले १६ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६५ मंसिर २९ गते स्थापना भएको सहकारीका संस्थापक हिरा बहादुर केसीको १४ औ स्मृति दिवस पनि सँगै मनाएको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी मा.विमा सञ्चालित बहिरा स्रोत कक्षामा अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा र १–५ तहका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको सहकारीका अध्यक्ष लीलाराम गौतमले जानकारी दिनुभयो । ३२ हजार मुल्य बराबरको शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको अध्यक्ष गौतमले बताउनुभयो । अध्यक्ष गौतम, सल्लाहकार सेरबहादुर केसी, स्वर्गीय केसीकी श्रीमति तथा सहकारीका सल्लाहकार देवी केसी…
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७९/२०८० को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको मंसिर २२ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो । कम्पनीले २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । रिलायबल सावधिक जीवन बीमा योजना कम्पनीले यस बीमा योजनामा न्युनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको रलायबल सावधिक…
धार्मिक स्थल गलेश्वरधाम क्षेत्रमा होटल, रेष्टुरेन्ट तथा किराना पसलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय बागलुङको अगुवाइमा सरोकारवाला निकाय सहितको टोलीले होटल तथा किराना पसलहरुको अनुगमन गरेको हो । टोलीले रघुगंगा गाउँपालिका–३, चमेरे, राहुघाट र बेनी नगरपालिका–९, घतानस्थित गलेश्वर बजारमा सञ्चालित होटल तथा पसलहरुको अनुगमन गरिएको हो । बजार तथा बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गतको यस क्षेत्रमा सञ्चालित होटल तथा पसलहरुमा सामानहरुको आपूर्ति, वस्तु तथा सेवाको उत्पादन, भण्डार र वितरणको वास्तविक अवस्था पत्ता लगाई कमीकमजोरी भेटिएमा सुधार्ने उद्देश्यसहित अनुगन गरिएको थियो । रघुगंगा गाउँपालिका–३, चमेरे र राहुघाटमा सञ्चालित चमेरे रेष्टुरेन्ट एण्ड होटल, विद्या भण्डारी होटल…
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ मा ७ वटा ठूला गौरबका योजना कार्यान्वयनमा लैजान थालेको छ । बेनी नगरले चालु आर्थिक वर्षमा प्राथमिकता दिएका सडक, खानेपानी र विद्यालय भवन निर्माणका लागि सो योजनामा करिब ५ करोड रुपियाँ बराबर बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका सव–इञ्जिनीयर चन्द्रबहादुर थापाले चालु आर्थिक वर्षमा नगरपालिकाभित्र सात वटा ठूला योजना सञ्चालनको तयारी गरिएको जानकारी दिनुभयो । नगरपालिकाले संघ तथा प्रदेश सरकारसँगको साझेदारीमा उक्त ठूला योजनाहरु सञ्चालनमा ल्याएको हो । सडकतर्फका चारवटा ठूला योजनामा निर्माण व्यावसायी छनौंट भइ ठेक्का सम्झौता गरेर कार्यान्वयनमा प्रवेश गरेको उहाँको भनाइ छ । एउटा विद्यालय भवन निर्माण र…
म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ। पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा लाग्ने यस वर्षको बालाचतुर्दशी मेलाको तयारी पूरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ। मेलालाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरेर तयारी पूरा गरेको कोषका सदस्यसचिव बलबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार, पर्वको अवसरमा हुने शतबीज छर्ने मेलालाई व्यवस्थित बनाउन कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मूल र अन्य उपसमिति गठन गरिएको हो। यस वर्षको बालाचतुर्दशी मङ्सिर २५ गते सोमबार परेको छ। ‘‘भक्तजनले छिटो र सहज रूपमा दर्शन तथा पूजा गर्ने व्यवस्था मिलाएका छौँ,’’ अध्यक्ष रेग्मीले…
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालिएको बताउनुभएको छ । पार्टीले सञ्चालन गरेको ‘सम्बृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत गोरखा आइपुग्नुभएका अध्यक्ष ओलीले शनिबार गोरखामा आयोजित अन्तरक्रियामा सो कुरा बताउनुभएको हो । “म पहिलोचोटी यो देशको प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजनालाई अघि बढाउन खोजें, ठीक त्यतिबेला सरकार ढालियो । बुढीगण्डकी आयोजनालाई खारेजी गरियो । फेरि दोस्रो पटक मेरो नेतृत्वमा सरकारमा हुँदा बुढीगण्डकी आयोजना अघि बढाउन खोजें फेरि कम्युनिष्टका केही पात्रहरुलाई प्रयोग गरी सरकार मेरो नेतृत्वको सरकार ढाले” अध्यक्ष ओलीले भन्नुभयो । गर्न खोजेको केहो त्यो आफूलाई थाहा नभएको उहाँले…
बेनी नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत बजेट खर्च भएको जनाएको छ । पुँजीगततर्फ चालु १७ करोड ९१ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा पहिलो चौमासिकमा दुई करोड १० लाख ७८ हजार रुपैयाँ खर्च भएको छ । यसैगरी चालुतर्फ ५२ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १४ करोड ८४ लाख ५८ हजार बजेट खर्च भएको छ । बेनी नगरपालिकाले वडा नम्बर ५ पुलाचौरमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा उक्त जानकारी गराइएको थियो । चालु आवमा कुल चार करोड ५४ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने अनुमान गरिएकोमा हालसम्म एक करोड १५…
अमृत बास्कुने यात्रा आफैमा अविष्मरणीय हुन्छन् । यस्तै एउटा अविष्मरणीय यात्रा हालै आएर सकिएको छ । विश्वमै चर्चा कमाउन सफल साइकलयात्री दिपक श्रेष्ठ र म्याग्देली चेली कमला पुनले ८ दिन लामो साइकल यात्रालाइ पूर्णता दिनुभएको छ । दुई वर्ष देखि योजना बनाएर पनि यात्रा तय हुन नसकेको भए पनि यस वर्ष भने उहाँहरुले यात्रालाइ मूर्त रुप दिनुभएको छ । साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुनले एकहप्ता लामो साइकल यात्रा पुरा अघिल्लो हप्ता गर्नुभएको छ । कास्कीको पोखराबाट थालेर पर्वतको मालढुंगा हुँदै तय भएको साइकल यात्रा म्याग्दीको बेनी, सिंगा तातोपानी, दरवाङ, धारापानी, ताकम, लुलाङ, देउराली, गुर्जा हुँदै बागलुङको ढोरपाटन, वुर्तिवाङ, गलकोट,…
सामान्यतया घरबहाल कर घरधनीले तिर्नुपर्ने व्यवस्था छ। तर भरतपुरका घरधनीले भने घर भाडामा बस्नेलाई घरबाहाल कर तिराउने गरेका छन्। यसको विरोधमा चितवन उद्योग वाणिज्य उत्रिएको छ। संघले व्यवसायीक सटर र जग्गाको कर सम्बन्धित घर धनिले नै तिर्न अपिल गरेको छ। संघले महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै घरधनिलाई नै कर तिराउनका लागि अपिल गरेको हो। संघका अध्यक्ष चुननारायण श्रेष्ठले आम्दानी गर्नेले कर तिर्नुपर्ने सर्वमान्य सिद्धान्त भएको भन्दै व्यवसायीलाई करमाथि करको बोझ नथप्न अनुरोध गरे। ‘अहिले आर्थिक मन्दिका कारण व्यवसाय संकटमा परेको छ,’ उनले भने, ‘भाडा तिर्न नसक्ने अवस्थामा पुगेका व्यवसायीमाथि कर उठाउँदा झन् समस्या परेको छ।’ घर बहाल कर स्थानीय तह र…