Author: Amrit Baskune

म्याग्दी जेसीजको वर्ष २०२४ को अध्यक्षमा दिनेश बानियाँ चयन हुनुभएको छ । शनिबार बेनीमा भएको जेसीजको वार्षिक साधारणसभाबाट अध्यक्षमा बानियाँ चयन हुनुभएको हो । जेसीजको कानुनी सल्लाहकारमा कुमार बानियाँ, वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा दिनेशकुमार विश्वकर्मा, कार्यकारीणी उपाध्यक्षमा अमिर श्रेष्ठ, कृष्णप्रसाद पौडेल चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सज्जन श्रेष्ठ, कोषाध्यक्ष विनोद घर्ती, शाखा सम्पादक अनिलपौडेल, सहसचिव पवित्रा खत्री, सहकोषाध्यक्ष नविन पौडेल चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा देवेन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार र गोकुल विश्वकर्मा चयन हुनुभएको जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी वर्ष २०२४ का लाग तालिम संयोजक धनमायाँ श्रेष्ठ, प्रकरण निर्देशक मदन खत्री, अर्थबृद्धि संयोजकमा…

Read More

म्याग्दीको बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले १२ औँ साधारणसभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित बार्षिक साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभयो । दिदिबहिनीमात्र शेयर सदस्य र संचालक समिति रहेको यस सहकारीमा ९१३ जना शेयर सदस्यको ४ करोड ९ लाख ७३ हजार २०० रुपैयाँ शेयर पूँजी रहेको छ । सहकारीको लगानीतर्फ नौँ करोड चालिस लाख ९ हजार २२८ रुपैयाँ रहेको छ भने बचततर्फ ७ करोड ५८ लाख ५६ हजार ७१९ रुपैयाँ रहेको छ । सहकारीको जगेडा कोषमा ५२ लाख एक हजार नौँ रुपैयाँ रहेको छ । सहकारीले गतबर्ष १५ करोड…

Read More

म्याग्दीको बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिकोत्सवको अवसर पारेर जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । शनिबार बेनीमा सम्पन्न सहकारीको १० औं वार्षिक साधारणसभामा सहकारी संस्था स्थापनाकाल देखिनै संस्थामा योगदान दिने १८ जना जेष्ठ सदस्यहरुलाई संस्थाले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, संस्थाका अध्यक्ष हरिकृष्ण शर्मा गौतम लगायतले जेष्ठ सदस्यहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरे । सहकारीको साधारणसभाको उद्घाटन गदैं प्रमुख अतिथि जिसीले प्रबन्ध र सञ्चालक समिति इमान्दार रहेको सहकारी समस्या नभएको बताए । कर्जा प्रवाह, नितिनियम र सहकारी सर्वमान्य सिद्धान्तको प्रयोग गरेका सहकारीहरू अहिलेको अवस्थामा निर्वाध सञ्चालन भइरहेको बताए…

Read More

बेनी नगरपालिका विद्यालयस्तरीय एथलेटिक्स विधामा सर्वोत्कृष्ट प्रकाश माविकी सुष्मा नेपालीलाई शैक्षिक परामर्शदाता एभरेष्ट ग्लोवल एजुकेशन एन्ड भिसा सर्भिसेसले बेनी शाखाले शैक्षिक, खेलकुद र खाद्यान्न साम्रागी सहयोग गरेको छ । बेनी नगरपालिका–३,भकिम्लीकी १४ बर्षिया नेपालीको खेलकुद गतिविधिलाई सहज हुने गरी स्र्पोट्स जुत्ता, खाद्यान्न र शैक्षिक गरी १२ हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ । अति विपन्न परिवारमा जन्मिएपनि बुबाको न्यानो मायाँ नपाई घरेलु काम गर्न बेनी झरेकी आमासँग बस्दै आएकी नेपालीको अवस्थाका बारेमा बेनीअनलाइनबाट समाचार प्रकाशित भएपछि एभरेष्ट ग्लोवका सिनियर काउन्सिलर सुमन बानियाँले सहयोग हस्तान्तरण गदैं आगामी दिनमा पनि सहयोगलाई आवश्यकता अनुसार निरन्तरता दिने बताए । ‘खेल र शिक्षालाई सँगसँगै लैजानुपर्छ,‘समुदायसँगै…

Read More

बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको छ। त्यस्तै पीडित नाबालिग भनिएको दाबी पनि अदालतले विभिन्न कागजातको आधारमा अस्वीकार गरेको छ। गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध गतवर्ष…

Read More

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक यात्राको योग रहेको छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । तुला तुला (रा, रि,…

Read More

म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न जिल्ला स्तरीय नृत्य प्रतियोगितामा शिक्षकतर्फ शिख मावि र विद्यार्थी तर्फ प्रकाश मावि विजयी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको संयुक्त आयोजनामा विहिबार नेपाल मंका खलःको सभाहलमा सम्पन्न प्रतियोगितामा शिक्षकतर्फ १२ र विद्यार्थी तर्फ १३ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा शिक्षकतर्फ बेनी सामुदायिक मावि द्धितिय र प्रभा मावि तृतिय हुन सफल भएका छन् । त्यसैगरी विद्यार्थीतर्फ प्रभा मावि द्धितिय र समान अंकको आधारमा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि,माउण्ट एभरेष्ट आवासीय मावि र बेनी सामुदायिक माविलाई तृतिय पुरस्कार वितरण गरिएको छ । निर्णायकद्धय अजयमिलन श्रेष्ठ र डिके पुनले तीन विद्यालयले…

Read More

आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको आरोपमा म्याग्दीको धौलागिरी- ७ ताकमका रत्नबहादुर घर्तीलाइ कास्की प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला कास्की पोखरा-२९ नौबिसे बस्ने ३६ वर्षिय घर्तीलाई पुस १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ पोखरा महानगरपालिका-२९ नौबिसे स्थित तोरी बारीको कान्लामा आफ्नी  २९ वर्षिया श्रीमती रेखा घर्तिलाई घाँटी थिची हत्या गरेको आरोपमा उनलाइ गिरफ्तार गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भै रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Read More

म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४औं वार्षिक साधारणसभा बेनीमा सम्पन्न गरेको छ । मंगलबार सहकारीका एकाई सभाबाट चयन भएका प्रतिनिधिहरुको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखराका रजिष्ट्रार भेषराज रिजालले गर्नुभएको थियो । सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले सहकारीले बचत फिर्ता गर्न नसकेको गुनासो केही मात्रामा सुनिएको भए पनि सबै तिर त्यस्तो नरहेको र नियमनकारी निकायले त्यसलाई समाधान गर्न सँधै कटिबद्ध रहेको बताउनुभयो । धेरै जसो घरजग्गामा लगानी भएको पाइएकोले त्यस्तो क्षेत्र भन्दा उद्यमशिलता र उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गर्न उहाँले आग्रह गर्नुभयो । सहकारीको…

Read More

म्याग्दीको बेनी नगरपालिका ४ मा निर्माण भएको कोल्ड स्टोर सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गरेर बेमौसमी रूपमा बिक्री गर्न सहज होस भनेर नगरपालिकाले कोल्ड स्टोर निर्माण गरेको हो । गाउँमा कोल्ड स्टोर निर्माण भएपछि कृषि उपज सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता हट्ने भन्दै किसानहरू खुसी भएका छन् । कोल्ड स्टोर सञ्चालनमा ल्याएका छौँ वडा नम्बर ४ का वडाध्यक्ष अणबहादुर खड्काले भन्नुभयो, ‘‘अहिलेलाई परीक्षणका रूपमा सुन्तला भण्डारण गर्न थालिएको छ । परीक्षण सफल भएपछि यस क्षेत्रमा किसानले उत्पादन गरेका फलफूल र तरकारी भण्डारण गर्दछौँ ।’’ हाल कोल्ड स्टोरको रेखदेख गर्न एकजना कर्मचारी राखिएको छ । सिङ्गा…

Read More