आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको आरोपमा म्याग्दीको धौलागिरी- ७ ताकमका रत्नबहादुर घर्तीलाइ कास्की प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला कास्की पोखरा-२९ नौबिसे बस्ने ३६ वर्षिय घर्तीलाई पुस १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ पोखरा महानगरपालिका-२९ नौबिसे स्थित तोरी बारीको कान्लामा आफ्नी २९ वर्षिया श्रीमती रेखा घर्तिलाई घाँटी थिची हत्या गरेको आरोपमा उनलाइ गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भै रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।