म्याग्दी जेसीजको वर्ष २०२४ को अध्यक्षमा दिनेश बानियाँ चयन हुनुभएको छ । शनिबार बेनीमा भएको जेसीजको वार्षिक साधारणसभाबाट अध्यक्षमा बानियाँ चयन हुनुभएको हो ।
जेसीजको कानुनी सल्लाहकारमा कुमार बानियाँ, वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा दिनेशकुमार विश्वकर्मा, कार्यकारीणी उपाध्यक्षमा अमिर श्रेष्ठ, कृष्णप्रसाद पौडेल चयन हुनुभएको छ । त्यस्तै महासचिवमा सज्जन श्रेष्ठ, कोषाध्यक्ष विनोद घर्ती, शाखा सम्पादक अनिलपौडेल, सहसचिव पवित्रा खत्री, सहकोषाध्यक्ष नविन पौडेल चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा देवेन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार र गोकुल विश्वकर्मा चयन हुनुभएको जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी वर्ष २०२४ का लाग तालिम संयोजक धनमायाँ श्रेष्ठ, प्रकरण निर्देशक मदन खत्री, अर्थबृद्धि संयोजकमा गणेश सुवेदी र सञ्चालक समितिका प्रमुख सल्लाहकारमा सन्दिप खत्री निर्विरोध चयन हुनुभएको छ ।
२५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनको पहिलो सत्रमा विभिन्न प्रस्तावहरु अनुमोदन गर्नुका साथै जेसीज क्षेत्र ख सम्मेलनको प्रतिबेदन, जेसीजकपको प्रतिबेदन एवम् वार्षिक प्रगति प्रतिबेदनका एवम् आर्थिक प्रतिवेदनहरु समेत छलफल सहित पारित भएको जेसीज वर्ष २०२३ का महासचिव कुमार बानियाँले जानकारी दिनुभयो ।