रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोनश शेयर सँगै नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २४ गते बसेको संचालक समितिको बैठकले १६ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
Author: Amrit Baskune
छुटिनै लाग्दा कास शब्द मेरो दिमागमा गुन्जिरह्यो आशा को तेन्द्रोले मेरो मनलाई बेरिरह्यो अनि अनेकन प्रश्नः ले छाती पोलिरह्यो अनि भन्यो। कास म तिमीलाई बोलाइरहन सक्थे कास म तिम्रो हाँसो मा हाँसो मिलाईरहन सक्थे मैले चाहँदा चाहदै समेट्न नसकेको हाम्रो सम्बन्ध लाई फेरि एकचोटि समेट्न सक्थे। टुक्रिएको तिम्रो मनलाई मेरो सक्लो मन सँग जोड्न सक्थे कास केहि पलको लागि भए पनि तिमी र म भएर बाँच्न सक्थे। तर मेरो कर्म र तिम्रो भाग्य मिल्नै सकेन आकाश छुन हिँडेको तिमीलाई मेरो डगमगाएको पाइलाले भेट्नै सकेन।
म्याग्दीको बेनी नगरपालिका–३, मरेक तथा बालम क्षेत्रमा यस वर्ष झन्डै ८० लाख रुपियाँ सुन्तला बिक्रीबाट भित्र्याउने अपेक्षा स्थानीयवासीले गरेका छन् । बेनी नगरपालिकाको सुन्तला पकेट क्षेत्रका रूपमा रहेको बेनी नगरपालिकाको मरेक, बालम, बास्कुना, थामडाँडा तथा सुर्केमेला क्षेत्रमा यस वर्ष सुन्तला निकै राम्रो उत्पादन भएको सुन्तला कृषकको भनाइ छ । मरेकका अगुवा कृषक पदमबहादुर खत्रीले बेनपा–३, मरेक तथा बालम क्षेत्रका २१ परिवार कृषकले ७० हजारदेखि १२ लाख रुपियाँसम्मको सुन्तला बेच्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले गत वर्ष जस्तो राम्रो सुन्तला नफले पनि गुणस्तर र स्वाद तथा रङको चमक आइसकेकाले सुन्तला बिक्री गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष मैले मात्रै १३ लाख ५० हजारको सुन्तला…
म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि बढाइएको छ । बर्खामा नदीमा बाढीको सतह बढेपछि म्याग्दी र कालीगण्डकीको कटान नियन्त्रणका लागि सञ्चालित आयोजनाको काम रोकिएको थियो । हिउँद लागेसँगै पानीको सतह घटेपछि रोकिएको बस्ती संरक्षणको काम सुरु भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि थप सात ठाउँमा ५० करोडको लागतमा योजना सञ्चालन गरेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित आयोजना निर्माणले तीव्रता पाएको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताउनुभयो । “गलेश्वर,…
मुस्ताङको घरपझोङ गाउँपालिकाले सात करोडभन्दा बढी रकम खर्चिएर निर्माण गरेको भवन अपाङ्गतामैत्री नहुँदा समस्या हुने गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको गाउँपालिकाले प्रशासकीय भवन अपाङ्गतामैत्री बनाउन ध्यान नदिएको देखिएको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा जोमसोममा तीनतले पक्की प्रशासकीय भवन निर्माण गरिएको छ । घरपझोङको प्रशासकीय भवनमा कुनै तालिम तथा गोष्ठी भयो भने ह्विलचेयर जान सक्दैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले भन्नुभयो, “एउटा तालिम आयोजना गरेका थियौँ । एक जना ह्विलचेयरमा आउनुभयो तर उहाँ हलसम्म जान सक्नुभएन । चार जना भएर उचालेर हलसम्म पुर्याउनु पर्यो ।” यस्तो भव्य संरचना बनाउँदा अपाङ्गता भएका व्यक्तिको ह्विलचेयर माथिल्लो तलासम्मै पुग्ने गरी किन…
तत्कालीन कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध आफूले दायर गरेको मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । व्यक्तिगत लाभ लिएर करदाताले सरकारलाई बुझाउनुपर्ने रकममा भारी छुट दिएको आरोपमा अख्तियारले कर फस्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत तथा सदस्यहरू उमेश ढकाल र चूडामणि शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा असार ५ गते विशेष अदालतले तीनै जनालाई दोषी ठहर गरेको थियो तर दोषी ठहर गरे पनि विशेष अदालतले तीनै जनालाई तोकेको बिगो र सजायमा असहमति जनाउँदै अख्तियारले सोमबार पुनरावेदन गरेको हो । करदाताबाट उठाउनुपर्ने रकम आयोगका पदाधिकारीले व्यक्तिगत लाभ लिने नियतका साथ…
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मङ्गलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्नुभएको छ । धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गर्नुभएको थियो । यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ । म्याक्रोनको मध्यमार्गी शक्ति मरिनले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ । म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सृदृढ गर्न खोजिरहनु भएको…
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । कडायतले भन्नुभयो, “विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।” बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।गोरखापत्र अनलाइनबाट
नेपाल कम्युनिष्ट पार्टी(एमाले)को जिल्ला कमिटी म्याग्दीको १०औं जिल्ला अधिवेशन आउँदो माघ १२ र १३ गते जिल्ला सदरमुकाम बेनीमा हुने भएको छ । नेकपा(एमाले) जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनको तयारी शुरु भएर प्रचार तथा प्रतिनिधि छनौटलाई अगाडी बढाइएको एमाले म्याग्दीले जनाएको छ । जिल्ला पार्टी कार्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले अधिवेशनको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अधिवेशनमा वडागत, जनसङ्गठन, जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित ४ सय १९ जना प्रतिनिधिहरुले सहभागिता जनाउने बताउनुभयो । म्याग्दीमा नेकपा एमालेका ३ हजार ४ सयजना पार्टी सदस्यहरु रहेको र पार्टी सदस्यको आधारमा उक्त संख्यामा प्रतिनिधि आउने…
‘इन्टेग्रिटी आइकन नेपाल-२०२३’ का लागि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेय सहित पाँच जना सरकारी कर्मचारीहरूको नाम छनोट भएको छ । वर्षको इन्टेग्रीटी आइकनका लागि देशभरबाट ४ सय ६६ मनोनयन प्राप्त भएकोमा उनीहरु मध्येबाट पाँच जना इन्टेग्रीटी आइकन छनौट भएका हुन् । सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको एकाउन्ट्याबिलिटी ल्याब नेपालले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशी राज दाहाल, पूर्व सचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेको निर्णायक समितिले…