छुटिनै लाग्दा कास शब्द मेरो दिमागमा गुन्जिरह्यो
आशा को तेन्द्रोले मेरो मनलाई बेरिरह्यो
अनि अनेकन प्रश्नः ले छाती पोलिरह्यो
अनि भन्यो।
कास म तिमीलाई बोलाइरहन सक्थे
कास म तिम्रो हाँसो मा हाँसो मिलाईरहन सक्थे
मैले चाहँदा चाहदै समेट्न नसकेको हाम्रो सम्बन्ध लाई फेरि एकचोटि समेट्न सक्थे।
टुक्रिएको तिम्रो मनलाई मेरो सक्लो मन सँग जोड्न सक्थे
कास केहि पलको लागि भए पनि तिमी र म भएर बाँच्न सक्थे।
तर मेरो कर्म र तिम्रो भाग्य मिल्नै सकेन
आकाश छुन हिँडेको तिमीलाई मेरो डगमगाएको पाइलाले भेट्नै सकेन।