रूपमा रहेको उक्त गुरुकुलमा सरकारी निकायबाट स्वीकृति प्राप्तगरी हाल माध्यमिक तह कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको गुरुकुलका सहप्राध्यापक डा. मन काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुकुलमा देशका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् । बालविवाह अन्त्य गर्न, छोरीलाई शिक्षित बनाएर चेतना बढाउने उद्देश्यले नेपालमा गुरुकुलको आवश्यकता देखिएपछि गुरुकुल स्थापना गरिएको महायज्ञ आयोजना समितिका सहसंयोजक टेकनाथ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुकुल शिक्षा पद्धतिबाट कसैलाई पनि विभेद गरिदैँन । यसले छोरीमा शिक्षाको स्तर वृद्धि गर्नुका साथै बालविवाहको अन्त्य गर्न भए पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।” उक्त सप्ताह ज्ञान महायज्ञ…
Author: Amrit Baskune
अमृत बास्कुने म्याग्दीको सदरमुकाम बेनीमा लागु औषध दुर्व्यसनी तथा महिला हिंसा बिरुद्धको सचेतना मुलक अभियान सहित बेनी बोर्डीङ कप–२०८० को शुरु भएको छ । २०४८ सालमा स्थापना भएको बेनीकै पुरानो मध्येको एउटा निजी विद्यालय बेनी बोर्डीङको आयोजनामा अन्तर आधारभुत विद्यालय स्तरीय बेनी बोर्डीङ कप–२०८० शुरु भएको हो । प्रतियोगिता अन्तरगतका पहिलो चरणका पाँच वटा खेल पहिलो दिनमा भएका छन् । फरक पहिचान र उद्देश्य सहित तल्लो तहबाटै खेलाडीहरु उत्पादन गर्ने उद्देश्य सहित पछिल्लो १२ वर्ष देखि नियमित हुँदै आएको फुटबल प्रतियोगितामा यस वर्ष महिला हिंसा र लागुपदार्थ दुव्र्यसनि बिरुद्ध चेतना जगाउने प्रयास गरिएको विद्यायका प्रिन्सिपल मोहन अधिकारीले जानकारी दिनुभयो ।…
अमृत बास्कुने, म्याग्दी जलवायु परिवर्तनको कारणले गर्दा शीतोष्ण हावापानीमा हुने फलफूललाई जोगाउनै मुस्कील अवस्था सृजना हुन थालेको छ । फलफूल तथा तरकारीको उत्पादनमा गिरावट आउनुका साथै बोटैपनि नासिने अवस्था आउन थालेपछि त्यसलाई जोगाउनका लागि शीतोष्ण वागवानी विकास केन्द्र मार्फाले आफ्नो फर्म उपल्लो मुस्ताङ तर्फ बिस्तार गर्ने प्रकृया अगाडी बढाएको छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले स्याउ लगायतका शीतोष्ण हावापानीमा हुने फलफूलहरु तथा तरकारीका बीउ र विरुवाहरु उत्पादन गर्दै आइरहेको छ । शीतोष्ण हावापानीका कृषकहरुलाई फलफूल तथा तरकारी खेती गर्ने तौर तरिका सिकाउँदै आएको केन्द्रले मुल बीउ उत्पादन तथा बिरुवा उत्पादनलाइ विशेष प्राथमिकता दिँदै आएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको…
के रातमा सुतेको बेला तपाईंको मुखबाट पनि र्याल आउँछ ? यो समस्या विभिन्न कारणले हुने गर्छ । यो सामान्य कुरा हो तर यसको पछाडि धेरै कारणहरु छन् । आउनुहोस् जानौं रातमा सुतेको बेला मुखबाट र्याल आउनुका कारण– – बढ्दो उमेरको कारणले कैयौं प्रकारका विमारी तथा स्वास्थ्य समस्याहरु हुन थाल्छन् । यसमा रातमा सुतेको बेला मुखबाट थुक वा र्याल आउने पनि सामेल छ । बुढ्यौलीमा मुखभित्रको छाला रुखो हुन थाल्छ, जसले गर्दा थुक निस्कन थाल्छ । – स्वाससँग जोडिएका समस्या जस्तै अस्थमा वा दम, फोक्सोमा कुनै विमारीका कारणले पनि रातमा सुतेको बेला मुखबाट थुक निस्कने गर्छ । – घाँटी खराब भएको…
यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार टेण्डर आह्वान चार/पाँच दिन अघि नै रद्द गरिएको हो। साढे १६ लाख स्मार्ट कार्ड खरिदको लागि गरेको बोलपत्रमा मिलेमतो भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छानबिन थालेको अवस्थामा बोलपत्र आह्वान रद्द गरिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक रिजाल मिलेमतो भएर टेण्डर रद्द नगरिएको बताउनुहुन्छ। टेण्डर परेका कम्पनीले पेश गरेका कागजपत्र पूर्ण नभएकले टेण्डर रद्द गरिएको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “मिलेमतो भएर टेण्डर रद्द गरिएको होइन, प्रस्ताव पेश परेका कम्पनीले…
नेपालको मौलिक शिक्षा गुरुकुलीय शिक्षामा समाबेशीता अपरिहार्य भएको बताईएको छ। नेपाल कै पहिलो समावेशी छात्राहरु अध्यापन गराईने ग्रागी कन्या गुरुकुलको सहयोगार्थ आयोजना हुन लागेको सप्ताह महायज्ञको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताउनु भएको हो । कार्यक्रममा विश्वहिन्दु महासंघका केन्द्रीय अध्यक्ष डाक्टर रामाचन्द्र अधिकारीले गुरुकुल शिक्षा पद्धति नेपालको आफ्नो भएको भन्नुहुदै यसको संरक्षण संम्बर्दनमा लाग्नुपर्ने बताउनु भयो । उहाँले गुरुकुलीय शिक्षाले प्रकृति सगँ जीउन सिकाउने भनाईराख्नुहुदै गुरुकुलीय शिक्षा सबैका लागि सहज र अनकुल बनाईनुपर्नेमा जोड दिनु भयो । महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर गोविन्द टन्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी,कोषाध्यक्ष गिरिराज पाठक,सामुहिक जैन मन्दिर आरधना सस्थाका…
नेकपा एमाले स्थायी कमिटि सदस्य तथा निर्वतमान गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले खेलकूद क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा बागलुङ शाखाले आयोजना गरेको प्रेस चौतारी कप अन्तर विद्यालय फुटवल प्रतियोगिताको मूल समारोहलाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहनुभएका अधिकारीले खेल क्षेत्रका विकासका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । “राष्ट्रको पहिचानसंग जोडिएको खेल क्षेत्र अहिले उपेक्षमा छ, खेल पूर्वाधारमा राज्यले लगानी बढाउन आवश्यक छ” अधिकारीले भन्नुभयो “प्रेस चौतारी बागलुङले खेलकूद र खेल पत्रकारितको विकासका लागि जिल्ला स्तरीय कप आयोजना गरेको रहेछ, स्थानीय सरकारले समेत साथ र सहयोग गरेको देखियो,…
प्रेस चौतारी नेपालको स्थापना दिवशको अबसरमा आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । सोमबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफले अमर आदर्श आवासिय माबिलाई २–० गोल अन्तरले पराजित ग¥यो । बाङगेचौर खेल मैदानमा आयोजित फाइनल खेलमा चिल्ड्रेन लाइफका लोकमान थापाले १९ औं र बरदान थापाले ३५ औं मिनेटमा गोल गर्दै उपाधि सुनिश्चित गरेका हुन् । खेल जितेर चिल्ड्रेन लाइफले ५० हजार नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पायो । अमर आदर्शले २५ हजार रुपैयाँमा चित्त बुझायो । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले खेलाडीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । । शुक्रबारदेखि संचालित खेलमा…
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बजारमा राखिने सिसि क्यामेराले मात्रै अपराध नियन्त्रण नहुने बताउनु भएको छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसमा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आयोजना गरिएको ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख केसीले सिसि क्यामेरा भएको कारणले मात्रै कुनैपनि अपराध नियन्त्रण नहुने बताउनुभएको हो । हालै मात्र बेनीमा भएको दुई समुह बीचको लडाइँमा धारीलो हतियार प्रहार हुँदा एक युवाको ज्यान गएको घटनालाइ इंगित गर्दै उहाँले भन्नुभयो—‘प्रहरी सिसि क्यामेरा छ भनेर ढुक्क बस्दा घटना भयो, प्रहरीले क्यामेराको फुटेज…
यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली २०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रुपमा अथ्र्याइएको छ । गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नियमावली गत बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । एक सय तीन वटा नियम र १३ परिच्छेद रहेको सो नियमावलीमा ३२ अनुसूची रहेको मन्त्रालयका कानुन अधिकृत जीतबहादुर बस्यालले जानकारी दिए । प्रदेश सरकारले सार्वजनिक यातायात सञ्चालन र यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी आफ्नै…