रूपमा रहेको उक्त गुरुकुलमा सरकारी निकायबाट स्वीकृति प्राप्तगरी हाल माध्यमिक तह कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको गुरुकुलका सहप्राध्यापक डा. मन काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुकुलमा देशका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।
बालविवाह अन्त्य गर्न, छोरीलाई शिक्षित बनाएर चेतना बढाउने उद्देश्यले नेपालमा गुरुकुलको आवश्यकता देखिएपछि गुरुकुल स्थापना गरिएको महायज्ञ आयोजना समितिका सहसंयोजक टेकनाथ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गुरुकुल शिक्षा पद्धतिबाट कसैलाई पनि विभेद गरिदैँन । यसले छोरीमा शिक्षाको स्तर वृद्धि गर्नुका साथै बालविवाहको अन्त्य गर्न भए पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।”
उक्त सप्ताह ज्ञान महायज्ञ तथा अक्षयकोषका लागि आज मात्रै ३५ लाख रुपियाँ दाताबाट सङ्कलन भएको सहसंयोजक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विजया गोयलबाट १० लाख, महेशकुमार पोदारबाट एक लाख एक हजार एक सय ११, भगवती उपाध्यायबाट पाँच लाख, शिखर इन्स्योरेन्सबाट तीन लाख, सन नेपाल इन्स्योरेन्सबाट दुई लाख, नेको इन्स्योरेन्सबाट एक लाख ५१ हजार, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्सबाट पाँच लाख, लक्ष्मी बैंक दुई लाख, सुशीला कोइरालाबाट एक लाख, रामप्रसाद वस्तीबाट ५१ हजार, सोनाली काफ्ले ढुङ्गेल र सास्वत ढुङ्गेलबाट एक लाख ५० हजार, निर्मला पोख्रेलबाट एक लाख ११ हजार, मन्दिरा पौडेलबाट ५० हजार, कल्याणी काफ्लेबाट ५० हजार तथा इन्दिरा मल्लबाट १० हजार अक्षकोषका लागि रकम प्रदान गरिएको छ ।
नेपालमा हाल कुल एकसय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्र बालिकाहरू पढ्ने गरेको आजको बैठकमा जानकारी दिइएको थियो । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहप्राध्यापक डा. काफ्लेले बताउनुभयो । गोरखापत्र अनलाइनबाट साभार