नेपालको मौलिक शिक्षा गुरुकुलीय शिक्षामा समाबेशीता अपरिहार्य भएको बताईएको छ।
नेपाल कै पहिलो समावेशी छात्राहरु अध्यापन गराईने ग्रागी कन्या गुरुकुलको सहयोगार्थ आयोजना हुन लागेको सप्ताह महायज्ञको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताउनु भएको हो । कार्यक्रममा विश्वहिन्दु महासंघका केन्द्रीय अध्यक्ष डाक्टर रामाचन्द्र अधिकारीले गुरुकुल शिक्षा पद्धति नेपालको आफ्नो भएको भन्नुहुदै यसको संरक्षण संम्बर्दनमा लाग्नुपर्ने बताउनु भयो । उहाँले गुरुकुलीय शिक्षाले प्रकृति सगँ जीउन सिकाउने भनाईराख्नुहुदै गुरुकुलीय शिक्षा सबैका लागि सहज र अनकुल बनाईनुपर्नेमा जोड दिनु भयो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर गोविन्द टन्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी,कोषाध्यक्ष गिरिराज पाठक,सामुहिक जैन मन्दिर आरधना सस्थाका अध्यक्ष सुभाष जैन, यज्ञ सहसंयोजक टंकनाथ पौडेल, भगवती काफ्ले,गुरुकुलका कोषाध्यक्ष निर्मला पोखरेल ,सामाजिक तथा धार्मिक व्याक्तित्व,पुष्प लोहनी, अनिता खरेल,गुरुकुलका शिक्षक गोदा सुवेदी, कन्या गुरुकुलक व्यवस्थापन समिति सदस्य भवानी कंडेल लगायतले महायज्ञका बारेमा बोळ्नुभऐको थियो ।

नेपालको पहिलो र समावेशी गुरुकुलको रूपमा रहेको उक्त गुरुकुल सरकारी निकायबाट स्विकृति प्राप्त गरी हालसम्म माध्यमिक तह (कक्षा ६–१२ सम्म ) अावासीय सुविधाकासाथ अध्यापन गराईएको छ । हाल गुरुकुलमा नेपालका ४५जिल्ला का समावेशी ८० जना कन्याहरूले सम्पूर्ण शिक्षा निःशुल्क रूपमा प्राप्त गरिरहेको गार्गी गुरुकुलका प्राचार्य खिमनाथ चालिसेले जानकारी दिनुभयो । गुरुकुल स्थापना भन्दा पनि सञ्चालन र निरन्तरता प्रमुख चुनौती रहेको भन्नुहुदै गार्गी कन्या गुरुकुलका व्यवस्थापन समितिका अध्यक्ष शान्तप्रसाद पोखरेलले सोको समधान नै दिगो स्रोत र अक्षयकोषको आवश्यकता भएकोले महायज्ञ आयोजना गरिएको बताउनु भयो ।

प्रसिद्ध कथावाचक पण्डित कुबेर सुवेदीको प्रमुख वाचकत्वमा विभिन्न कार्यक्रमका साथ सम्पन्न हुने ज्ञानमहायज्ञबाट संकलन भएको रकमले अक्षयकोष स्थापनाका साथै गुरुकुलको दिगोपनका लागि खर्चिने आयोजकले जनाएका छन्।महायज्ञ यही फागुन १ देखि ९ गते सम्म काठमाडौंको सुमार्गी भवन पशुपतिनाथमा परिसरमा गरिन लागिएको छ।
नेपालकै प्रसिद्ध विदुषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छा अनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुृरुकुलको स्थापना गरिएको हो भने २०७५ देखि भरतपुर १ देवघाटधाम चितवनमा सञ्चालित राम जानकी कन्या गुरुकुल मर्ज गरि सञ्चालन गरिदै आईएको छ ।कार्यक्रमको सहजिकरण गुरुकुलका महासचिव राम प्रसाद वस्तीले गर्नुभएको थियो ।