रघुगंगा गाउँपालिका ५ झिँ को वडा अधिवेशनबाट पूर्ण पुनको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ। कमिटिको उपाध्यक्षमा शंक पाईजा सिचव तेशन थजालि हुनुभएकाे छ भने उपसचिवमा हरि थजालि र रामकुमारी थजाली चयन हुनु भएको छ । नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीकाे उपस्थितिमा वडा अधिवेशन सम्पन्न भएको एमाले रघुगंगा गाउँ कमिटीका अध्यक्ष झलक शर्माले जानकारी दिनुभयो ।
Author: Amrit Baskune
नेकपा एमाले धवलागिरी गाउँपालिका वडा नं ६ को अधिवेशनबाट जित बहादुर गर्बुजाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा तारा बहादुर जुग्जाली सचिबमा गमन जुग्जाली उपसचिवमा इन्द्र बहादुर लाम्गाडे र सबिना जुग्जाली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रेमलाल उपाध्याय , जगु माया गर्बुजा गुरुङ, देबि सुनार, लाल बाहादुर लाम्गाडे, देबिसरा गर्बुजा, भेष बहादुर पुन रहनुभएको छ । अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सदस्य एवम् वडा इन्चार्ज ईश्वर सुवेदी, नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष प्रगती कार्की, गाउँपालिका सचिव कुलबहादुर घर्ती, निर्वाचित वडा अध्यक्ष राजाराम उपाध्याय, पालिका कमिटी सदस्य मनकुमारी लाम्गाडे, पालिका कमिटी स-सचिब केशब गर्बुजा, गौ बहादुर छेत्री…
नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले जिल्ला तथा स्थानीय तहको अधिवेशन पछि वडा अधिवेशन शुरु गरेको छ । नेकपा एमाले अन्नपुर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जाका अनुसार अन्नपुर्ण गाउँपालिका–२ भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देव गर्बुजा, सचिव चन्द्रकुमार फगामी र उपसचिव आशिष सिर्पाली रहनुभएको छ । त्यसैगरी वडा नम्बर ३ दानामा हस्त पुनको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्ष तसबहादुर पुर्जा, सचिव देउबहादुर पुर्जा र उपसचिवमा कमला खत्री तथा ओलबहादुर रन्तीजा रहनुभएको छ । बेनी नगरपालिका–१० को दोश्रो वडा अधिवेशनबाट कृष्णबहादुर मल्लको अध्यक्षतामा गठन भएको वडा कमिटीको…
इलाम-२ मा वैशाख १५ मा हुन लागेको उप-निर्वाचनका लागि नेकपा (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका २० उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्। पञ्चेबाजासहित विभिन्न तामझामका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका दलले आ-आफ्ना उम्मेद्वारको मनोनयन दर्ता गराएका हुन्। यसअघि पनि इलाम- २ मा जितेको नेकपा (एमाले)को तर्फबाट सुहाङ नेम्वाङको मनोनयन दर्ता भएको छ। सुहाङको मनोनयन दर्ता गराउन पूर्व उप-सभामुख शिवमाया तुम्बाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता हिकमतकुमार कार्की, एमाले केन्द्रीय सदस्य रामबहादुर राना, एमाले जिल्ला अध्यक्ष तथा सांसद महेश बस्नेतसहित एमालेका अन्य नेता तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो। पञ्चेबाजासहित निस्किएको जुलुस निर्वाचन अधिकृतको…
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाले अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर सेवा दिने उद्देश्यले थालेको घुम्ति शिविरबाट दुई सय भन्दा बढी अपाङ्गता भएका नागरिकलाई आफ्नो थातथलोमा सेवा प्रदान गरेको छ । गाउँपालिकाले शिविरको माध्यमबाट दुई सय सात जना अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा प्रदान गरेको हो । गाउँपालिकाले पछिल्लो एक हप्ताको समयमा ५ वटा वडामा गरेको घुम्ति शिविरबाट ७७ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरेको छ भने एक सय ३० जनालाई सहायता सामग्री वितरण गरेको हो । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको…
म्याग्दीको बेनीमा रहेको निलगिरी यातायात प्रालिको आयोजनामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता बेनी बजारमा शुरु भएको छ । शनिबार जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश खत्रीले प्रतियोगिताको उद्घाटन गर्दै नीजि क्षेत्रको खेलकुदमा प्रवेश भएपछि खेल क्षेत्र माथि उठ्ने भएकाले यस्ता प्रतियोगितालाई सबैले प्रोत्साहन गर्नु पर्नेमा जोड दिनुभएको थियो । उहाँले यातायात क्षेत्रले गरेको यो प्रतियोगिताले ब्याडमिन्टन प्रतियोगितामा खेलाडीको सहभागिता मात्रै नभएर आफ्नो स्वास्थ्यलाई समेत ध्यान दिन समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । म्याग्दीबाट ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरको खेलका लागि एक जना छनौट भएको स्मरण गर्दै उहाँले आगामी दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्न आग्रह गर्नुभयो । यस्ता प्रतियोगिताले खेल प्रतिभा…
बेनी नगरपालिका–४ सिंगामा रहेको जनजाग्रिती आमा समूह तथा जिल्ला ट्राफिक कार्यालय म्याग्दीको सहकार्यमा सिंगामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । आमा समुहले बेनी नगरपालिका–४ हरियाली चोक र पौडेल चोकमा सडकमा जेब्राक्रस बनाउनुका साथै स्थानियलाई ट्राफिक नियमबारे सचेतना गराउने कार्य सामाजिक उत्तरदायित्व अन्तरगत पर्ने र यो कार्य निकै सराहनीय भएको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । उहाँले आमा समूह पछिल्लो समय ग्रामिण भेकमा रहने स्थायी समूह भएको हुनाले पनि उहाँहरुले चालेको सकारात्मक कार्यको सिको सबैले गर्नु पर्ने अध्यक्ष खड्काको भनाई थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रहरी बरिष्ठ नायव निरीक्षक(बरिष्ठ सइ) राजकुमार केसीले सवारी चालकहरुलाई ट्राफिक…
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ । सर्वेक्षण, लागत अनुमान तयार, नापजाँच, अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी सब इन्जिनियर अञ्जन खत्रीलाइ तोकिएको हो । म्याग्दी भौगोलिकरुपमा विकट र दुर्गम हिमाली जिल्ला हो । “नमिलेको भूगोल र अधिकांश कच्ची सडक भएको म्याग्दीका सबै सिँचाइ योजनाको जिम्मेवारी मेरै काँधमा छ,” इन्जिनियर खत्रीले भन्नुभयो “सबै काम एक्लै गर्नुपर्दा योजना कार्यान्वयनमा समस्या छ ।” सो कार्यालयको सिँचाइ तर्फ एकजना इन्जिनियर, एकजना छैटौँ तहका र एकजना पाचौँ तहका सब इन्जिनियरको दरबन्दी भएकोमा अधिकृत…
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले रैथानेबाली प्रवर्धन तथा यान्त्रीकरणका लागि झण्डै १२ लाख रुपियाँको सामग्री कृषकलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले ५० प्रतिशत साझेदारी र ७५ प्रतिशत साझोदारी गरी ११ लाख ८५ हजार मूल्य पर्ने कृषिमा प्रयोग हुने विभिन्न यान्त्रिक तथा औजारहरु कृषकलाई हस्तान्तरण गरेको हो । स्थानीय खाद्य तथा पोषण सुरक्षाको स्थितिलाई सुधार गर्न तथा प्रमुख खाद्यान्नको तीव्र दरमा भइरहेको आयात न्यूनीकरण गरी प्रमुख खाद्यान्नमा आत्मनिर्भरता तर्फ अगाडि बढ्नका लागि कृषकलाई सामग्री उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘रैथाने बालीको उत्पादन र उत्पादकत्व बढाउँदै मृल्य श्रृङ्खला विकासमा सहयोग पुराउनका लागि राष्ट्रिय खाद्य सुरक्षा मिसनअन्तर्गत रैथाने बाली…
नेपालमा रहेका लोकतान्त्रीक आदिवासीको हित नै राष्ट्रलाइ अग्रगमन तर्फ लैजानका लागि महत्वपूर्ण हुने लोकतान्त्रीक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय महासचिव पेम्बा भोटे गुरुङले बताउनुभएको छ । लोकतान्त्रीक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमिटी म्याग्दीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले देशको समृद्धिका लागि जनजातिहरुको भूमिका महत्वपूर्ण रहेकोले राज्यले पनि उनीहरुका बारेमा सोच्नु पर्ने उहाँको धारणा थियो । नेकपा एमाले निकट जनतजातिहरुको संगठन लोकतान्त्रीक आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव गुरुङले मिसन–२०८४ अरु केही नभएर जनताको पक्षमा काम गर्नेले र जनताकै नेतृत्व, जनपक्षिय काम गर्नेहरुले नेतृत्व गर्नपाउने व्यवस्था रहेको उहाँको तर्क थियो । नेपालमा जनताको पक्षमा काम गर्ने नेकपा एमाले मात्रै रहेको भन्दै…