नेकपा एमाले धवलागिरी गाउँपालिका वडा नं ६ को अधिवेशनबाट जित बहादुर गर्बुजाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा तारा बहादुर जुग्जाली सचिबमा गमन जुग्जाली उपसचिवमा इन्द्र बहादुर लाम्गाडे र सबिना जुग्जाली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रेमलाल उपाध्याय , जगु माया गर्बुजा गुरुङ, देबि सुनार, लाल बाहादुर लाम्गाडे, देबिसरा गर्बुजा, भेष बहादुर पुन रहनुभएको छ । अधिवेशनमा नेकपा एमाले जिल्ला कमिटी म्याग्दीका सदस्य एवम् वडा इन्चार्ज ईश्वर सुवेदी, नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटी अध्यक्ष प्रगती कार्की, गाउँपालिका सचिव कुलबहादुर घर्ती, निर्वाचित वडा अध्यक्ष राजाराम उपाध्याय, पालिका कमिटी सदस्य मनकुमारी लाम्गाडे, पालिका कमिटी स-सचिब केशब गर्बुजा, गौ बहादुर छेत्री लगायतले मन्तव्य राख्नुभएको एमाले जिल्ला कमिटी सदस्य इश्वर सुवेदीले जानकारी दिनुभयाे ।
Previous Articleएमाले म्याग्दीले थाल्यो वडा अधिवेशन
Next Article रघुगंगा गाउँपालिका ५ झिँ को वडा अधिवेशन