नेपालमा रहेका लोकतान्त्रीक आदिवासीको हित नै राष्ट्रलाइ अग्रगमन तर्फ लैजानका लागि महत्वपूर्ण हुने लोकतान्त्रीक आदिवासी जनजाति महासंघ नेपालका केन्द्रीय महासचिव पेम्बा भोटे गुरुङले बताउनुभएको छ ।
लोकतान्त्रीक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमिटी म्याग्दीको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले देशको समृद्धिका लागि जनजातिहरुको भूमिका महत्वपूर्ण रहेकोले राज्यले पनि उनीहरुका बारेमा सोच्नु पर्ने उहाँको धारणा थियो । नेकपा एमाले निकट जनतजातिहरुको संगठन लोकतान्त्रीक आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव गुरुङले मिसन–२०८४ अरु केही नभएर जनताको पक्षमा काम गर्नेले र जनताकै नेतृत्व, जनपक्षिय काम गर्नेहरुले नेतृत्व गर्नपाउने व्यवस्था रहेको उहाँको तर्क थियो । नेपालमा जनताको पक्षमा काम गर्ने नेकपा एमाले मात्रै रहेको भन्दै उहाँले जताको पक्षमा काम गर्न र जनताको काम हुनका लागि नै मिसन ०८४ आवश्यक हो । कुनै पनि व्यक्तिको नेतृत्व होइन, बिधि र पद्धतिको नेतृत्वका लागि नै मिसन बनाएर अगाडी बढेको भन्दै सबैले त्यसलाई लक्ष्यमा पु¥याउन उहाँले आग्रह गर्नुभयो ।
नेपालको प्रथम शहिद लखन थापा देखि लिएर गंगालाल श्रेष्ठका साथै धेरै जनजातिले देशको लागि आफ्नो ज्यानको आहुती दिएको हुनाले अब देश निर्माणको मार्गमा सबैले आफ्नो तर्फबाट लाग्नु पर्ने महासचिव पेम्बा भोटे गुरुङको भनाई थियो ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य नरदेवी पुनले राज्यको नेतृत्व तह सम्मै पनि जनजातिको भूमिका र उपस्थिति देखिएको र त्यस्तो कार्यमा नेकपा एमालेले जतिको सशक्त उपस्थितिका लागि अरु कसैले पनि भूमिका नदिएको गुनासो गर्नुभयो । म्याग्दी जिल्ला पार्टीको नेतृत्व देखि लिएर अन्य अवस्थामा पनि जनजातिको पक्षमा काम गर्ने र हितलाई मध्ये नगर गरेर अगाडी बढ्नका लागि लोकतान्त्रीक आदिवासी जनजाति महासंघमा गोलबद्ध हुनै पर्ने उहाँको तर्क थियो ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिकृष्ण श्रेष्ठले आफ्नो अधिकारका लागि आफै सक्रिय भूमिका निर्वाह गर्दै अगाडी बढ्ने जनजातिहरुको लोकतान्त्रीक पद्धति र सहकार्य मुलक व्यवहार नै आफूहरुको गुण रहेको बताउनुभयो । जनजातिहरुले देशका लागि हरेक अप्ठ्यरा कामहरुमा पनि अग्रमोर्चामा खटेर गरेको विगतलाई कसैले पनि भुल्न नहुने उहाँको तर्क थियो ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, सम्पूर्ण जनसंगठनको तर्फबाट अनेमसंघ जिल्ला कमिटी म्याग्दीकी अध्यक्ष यसुदा रोका, नेकपा एमाले पालिका कमिटीको तर्फबाट नेकपा एमाले मालिका गाउँपालिका कमिटीका अध्यक्ष दलमान पुन, निर्वाचित पालिका अध्यक्षको तर्फबाट मंगला गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटीका उपसचिव सतप्रसाद रोका, लोकतान्त्रीक आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश इन्चार्ज हुम गुरुङ, गण्डकी प्रदेश अध्यक्ष सुजन लामालगायतले बोल्नु भएको थियो ।
लोकतान्त्रीक आदिवासी जनजाति महासंघ म्याग्दीका अध्यक्ष निरज शेरपुञ्जाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष कुविर श्रेष्ठको स्वागत र सचिव धनवहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।
लोकतान्त्रीक आदिवासीको हित नै राष्ट्रहित हो: गुरुङ
Previous Articleराष्ट्रपति पौडेल शनिबार देवघाट आउनुहुँदै
Next Article रैथानेबाली प्रवर्धन गर्न कृषकलाई कृषिऔजार