मुस्किलले औसत सय देखि एक सय २० रन बन्ने । टेस्ट टोलीका चर्चित खेलाडी समेत थोरै रनमा आउट हुने । अमेरिकामा जारी विश्वकपमा बनिरहेको रनले अहिले विश्वका हस्ती टेस्ट टोलीलाई हैरान बनाएको छ । विशेषगरी डालासको ग्रान्ड पिएरे र न्युयोर्कको नासुवा काउन्टी स्टेडियमको पिचमा बनेको रन र नतिजाले अधिकांश टोलीलाई हम्मेहम्मे पारिरहेको छ । आइसिसी टी-२० क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बुधबार बिहान फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । ब्रोवार्ड काउन्टीमा हुने नेपाल र श्रीलङ्काबिचको खेल विश्वकपको यस मैदानमा हुन लागेको पहिलो खेल हो । अमेरिकाकै पुरानो यस मैदान दुवै टोलीका लागि नौलो मानिएको छ । पिचको…
Author: Amrit Baskune
म्याग्दीको मंगला गाउँपालिका-१ पूर्णगाउँ, खानीगाउँका स्थानीयले वडा विभाजनको माग गर्दै हस्ताक्षर संकलन गरेका छन्। अन्य वडाको तुलनामा भौगोलिक रुपमा ठूलो, सेवासुविधाको सहजतालगायत अन्य कारण देखाउँदै वडा विभाजन गर्न माग गर्दै वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, म्याग्दीका राजनीतिक दललाई पूर्णगाउँ र खानीगाउँबासीको हस्ताक्षर तथा भेलाले गरेका निर्णय बुझाएका हुन् । साविकको कुहुँ गाविस वडा नं १ र २ खानीगाउँ र पूर्णगाउँलाई छुट्टै वडा कायम गर्ने आवश्यक रहेको भेला सहित संघर्ष समिति नै बनाएर स्थानीयबासीले वडा अध्यक्ष एकजित रोका, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुबेदी, राप्रपा म्याग्दीका सचिव देबेन्द्र घिमिरे लगायतका राजनीतिक दललाई…
म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्रेलियाको आयोजनामा महिला तथा पुरुष भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । मोनाका साथै नेपाली समाजमा सद्भावलाई कायम राख्नका लागि खेलाडी, खेल र खेलप्रेमीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जनाएको छ । मोना वान–डे टुर्नामेन्ट अन्तर्गत मोना अष्ट्रेलियाद्वारा आयोजित पुरुष भलिबलतर्फ १३ टिम सहभागी प्रतियोगितामा छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) प्रथम र मोना अष्ट्रेलिया दोस्रो भएका छन् । पाँच टीम सहभागी भएको महिला भलिबलतर्फ ढोरपाटन क्लब पहिलो र पोखरा क्लब दोस्रो भएका छन् भने १० टिम सहभागी पुरुष बास्केटबलमा वाइल्ड याक्स विजेता बनेको जनाइएको छ । अष्ट्रेलियामै सबैभन्दा ठूलो नेपाली…
अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुडिडा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ । जीर्ण भएको पुलमा अछाम बाट दैलेख आउँदै गरेका खच्चड फसेको स्थानीय भरत साउदले जानकारी दिनुभयो । नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय श्रोत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले बताउनु भयो । उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको चलाउनेले जानकारी दिनुभयो । २०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले…
सामुदायिक विद्यालयका प्रधानध्यापकको छाता संगठन प्रधानाध्यापक संघ नेपाल (पान)ले म्याग्दीका लेख बहादुर हमाल गण्डकी प्रदेशको उत्कृष्ट प्रधानाध्याप सम्मान प्रदान गरेको छ । देशभरका प्रअको साझा संस्था पानको शनिबार काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनको औपचारिक कार्यक्रमबीच म्याग्दीको बेनी नगरपालिका–७,बेनीबजारमा अवस्थित प्रकाश माविका प्रअ हमाल तोकिएको सूचकको आधारमा उत्कृष्ट प्रधानाध्यापक बन्न सफल हुनुभएको हो । नेतृत्व दक्षता, असल अभ्यास, विद्यालय वातावरण, गुणस्तरीय विकास तथा सुधार,समुदाय सहयोग परिचालन, सुशासन र सुचना प्रविधि दक्षता गरी ७ आधारमा प्रअ हमाललाई अन्य प्रतिस्पर्धीको तुलनामा उत्कृष्ट रहेको प्रधानाध्यापक संघ नेपाल (पान)ले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका प्रअहरु बिचको प्रतिस्पर्धामा थिए । सम्मानित भएपछि प्रअ हमालले…
अमृत बास्कुने मंगला गाउँपालिका–४ बरंजामा धुले पर्व–२०८१ को अवसरमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । बरंजाको ५४ कुरिया मगरहरुको पुख्र्यौली परम्परा धुले पर्वको अवसरमा आयोजना गरिएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगतको खुल्ला पुरुष भलिबल तर्फको शुक्रबार भएको सेमीफाइनलबाट फाइनलको समिकरण पुरा भएको हो । पहिलो सेमीफाइनल खेलमा राष्ट्रिय युवा संघले बेनी नगरपालिका–४ थामडाँडालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । राष्ट्रिय युवा संघले २५–१५, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । त्यसैगरी दोश्रो सेमीफाइनल खेलमा मंगला गाउँपालिका–५ सिर्कुमलाई पराजिट गर्दै पोखरा…
पहिलो नजरमै तिमीसंग प्रेममा परेको म तिम्रो प्रेमको चाहनामा सयौं पटक गिरे आफ्नै नजरमा । लाग्थ्यो गुराँस उनिदिउँ तिम्रो चुल्ठिमा लाग्थ्यो खुसी बुनिदिउँ तिम्रो मुहारमा लाग्थ्यो जून टिपेर उपहार पठाइदिउँ लाग्थ्यो ताराहरु तिम्रै खुसीमा सजाइदिउँ कठै तिम्रो महंगो प्रेमलाई छुदैं छोएन मेरो मायाले सामर्थ्य थिएन मसंग प्रेम खरीद गर्ने प्रेमलाई हृदयभित्र गुथ्ने म प्रेमलाई प्रेमले बुझ्ने म प्रेमको हैसियत छुट्याउन सकिन् जाउ प्रेमको मैदानमा लैजाउ बदलामा महंगा उपहारहरु म त गरीब प्रेमी अयोग्य ठहरिए प्रेमको बजारमा निष्काशित गरिए अयोग्य व्यापारी ठहरिएर ।।
उपाधि दावेदार टेस्ट टोली पाकिस्तान टी–२० विश्वकपमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको छ । डालासस्थित ग्रान्ड पिएरे मैदानमा बिहीबार भएको रोमाञ्चक खेलमा पाकिस्तान आयोजक अमेरिकासँग सुपर ओभरमा पाँच रनले पराजित भएको हो । समूह ‘ए’ मा लगातार दोस्रो जित निकालेको अमेरिका चार अङ्कसहित शीर्षस्थानमा छ । एसोसिएट टोली अमेरिकाको सुपर आठ पुग्ने सम्भावना बलियो बनेको छ । अमेरिकाले पहिलो खेलमा क्यानडालाई हराएको थियो । पाकिस्तानले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो । सुपर ओभरमा अमेरिकाका एरोन जोन्सले ११ रन बनाउनुभयो । जवाफमा पाकिस्तान १४ रनमा समेटियो । यसअघि जितका लागि पाकिस्तानले…
अन्जु शर्मा जाडो याम शूरू हुन लाग्यो ।उत्तरतिरबाट चिसो हावा दक्षिण तर्फ बहन थालिसक्यो।सरद ऋतु भएर होला चारैतर्फ मनमोहक दृश्य छ।बगैंचा तिर सुन्दर फूलहरूले मधुमख्खीलाई चुम्बनका लागि निमन्त्रणा पठाउदैछन्।बर्षा ऋतुको धुलोमैलो सबै पखालिएको छ।घरहरू सफा र चिटिक्क छन् ।विश्वकै तेस्रो अग्लो हिमाल मकालुले आफ्ना सेता दन्त देखाउन शुरू गरेको छ।अरूण बरूणमा खुट्टा चोपलेर, साल र सिसौकौ फरिया अनि सल्लेरीको चौबन्धिमा,हिमाली दन्त संगै गुँरासको शिरफूल।यार्सागुम्बा र पाँचऔंले अंजुलीमा बोकेर ,चिराइतोको मुस्कान दिने हिमाल कसरी तेस्रो हुन्छ?यो सौर्न्दर्यको पहिलो पर्वत श्रृङखला हो ।हुनतः हिमालको सौर्न्दर्यता देख्नमा मात्रै सिमित हुन्छ।जब यसलाई नजिकैबाट छुने अनि अंगाल्ने गर्नुहुन्छ तब तपाईं भित्र नजानिदो वितृष्णा पैदा हुन्छ।किनकि…
अमृत बास्कुने धुले पर्व–२०८१ को अवसरमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । बरंजाको ५४ कुरिया मगरहरुको पुख्र्यौली परम्परा धुलेको अवसरमा आयोजना गरिएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको खुल्ला भलिबल तर्फको क्वाटर फाइनलका खेल सकिए पछि सेमीफाइनलको समिकरण पुरा भएको हो । बरङ्जामा भएको पहिलो क्वाटर फाइनलमा धुलेमेला संरक्षण समितिलाइ पराजित गर्दै बेनी नगरपालिका–४ थामडाँडाले सेमीफाइनलमा स्थान बनाएको छ । त्यस्तै अर्को क्वाटर फाइनलबाट मिलन युवा क्लब सिर्कुम र पोखरा महानगरपालिका हेम्जाले सेमीफाइनलमा स्थान बनाएका छन् । त्यस्तै जिवाईसी आर्भाङलाइ पराजिट गर्दै राष्ट्रिय युवा संघ जिल्ला कमिटी म्याग्दीले सेमीफाइनलमा स्थान बनाएको को अफिसियल संयोजक जिल्ला भलिबल संघका…