Author: Amrit Baskune

चितवनको भरतपुर महानगरपालिका–१ बागेश्वरी देवघाट स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा रहेका गाईलाई खुवाउन चोकरको अभाव भएको छ । गाईलाई खुवाउने चोकर, ढुटो तथा पराल खरिदल गर्न आफ्नै श्रोत नहुँदा दाताको भरमा चोकर खरिद गरिँदै आएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले बताए । भरतपुर महानगरपालिका–१ मा रहेको बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित उक्त गौ संरक्षण केन्द्रमा रहेका गाईको संरक्षण दाताको भरमा हुँदै आएको छ । उक्त गौ संरक्षण केन्द्रमा हाल २२५ जति रैथाने जातका वैद्धिक गाईहरू संरक्षित रहेको ढकालले बताए । उक्त गाईलाई खुवाउन कम्तीमा दैनिक तिन बोरा चोकर चाहिने ढकालले बताए । यहाँ रहेका…

Read More

पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बार्षिक नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । २०८१ असार ५ गते भएको सभाले नीति कार्यक्रम तथा बजेट पारित गरेको अध्यक्ष राजु आचार्यले जानकारी दिनु भयो । पर्वत बेनीमा आयोजित गाउँपालिका गाउँसभाको १७ औं गाउँ अधिवेशनमा ५० करोड ४ लाख १३ हजारको बजेट पारित भएको हो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यद्धारा नीति तथा कार्यक्रम,विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । बजेट भाषण, बजेट बक्तव्य एवम् नीति तथा कार्यक्रमको पूर्ण पाठहेर्न तलको लिङ्कमा क्लिक गर्नु होला । बजेट भाषण आ.व. २०८०-८१ जलजला गाउँपालिका निति तथा कार्यक्रम…

Read More

अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरनामा गएराती आएको पहिरोका कारण अबरुद्ध भएको मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक सुचारु भएको छ। सडकखण्डको माथिल्लो भागबाट खसेको ढुंगा सहितको पहिरोले सडक अवरुद्ध भएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए । अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको थियो । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए । बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी तर्फ ठाउँठाउँमा पहिरोले बर्खाको समयमा सताउने गरेको छ। म्याग्दीखण्डको गलेश्वरदेखि घासासम्म करिब आधादर्जन ठूलो पहिरो छ । सडक विस्तार जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।

Read More

पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा आयोजित गाउँपालिका गाउँसभाको १७ औं गाउँ अधिवेशनमा ५० करोड ४ लाख १३ हजारको बजेट पारित भएको हो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यद्धारा नीति तथा कार्यक्रम,विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । संघीय, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमानित रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको छ । संघीय सरकारको समानिकरण अनुदान ९ करोड ३८ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ३२ लाख रुपैयाँ , संघीय सरकार…

Read More

जिल्लाकै ‘लाइफलाइन’ बेनी-दरबाङ सडकको तेस्रो खण्ड (करिब सात किलोमिटर) स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कविहीन भएपछि योजना अलपत्र परेको छ । सदरमुकाम बेनीबजारदेखि पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङसम्म २४ किमी दूरीको यो सडकको पहिलो र दोस्रो खण्डको १७ किमी सडक कालोपत्र भए पनि बिरुवा-क्याराभान जेभीले जिम्मा लिएको तेस्रो खण्ड भने कालोपत्र गर्ने सुरसार छैन । निर्माण कम्पनी बिरुवा-क्याराभान जेभीका सञ्चालक चन्द्र थकाली सम्पर्कमा नआएपछि  पत्र पठाएर ताकेता गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । वि.सं.२०६३ मा ट्र्याक खुलेको यो सडकको स्तरोन्नति तथा कालोपत्रको काम तीन खण्डमा विभाजन गरेर अलग-अलग निर्माण कम्पनीले जिम्मा लिएका थिए ।…

Read More

नेपाल सरकारले देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेर सूचना जारी गरेपछि जेष्ठ नागरिकहरुलाई सास्ती भएको छ । जिल्लाका स्थानीय तहहरुले आफ्नोमा पनि अनिवार्य रुपमा लागु हुन सक्ने भन्ने आधारमा परिचयपत्र बनाउनु भनेर सूचना गरेसँगै जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि ज्येष्ठ नागरिकहरुको भिड लाग्ने गरेको छ । रघुगंगा गाउँपालिका– ७ कि ८१ वर्षीया केटीसरा पुन पनि राष्ट्रिय परिचयपत्र बनाउनका लागि जेठको ३२ गतेनै आउनु भएको थियो । त्यस दिन भिडले गर्दा पालो नआउँदा फर्कनुभएकी उहाँ असार २ गते बिहानै जिल्ला प्रशासनमा पुगेको भए पनि २६ नम्बरमा मात्रै आफ्नो पालो परेको सुनाउनु भयो । १२ बजे…

Read More

किरन कार्की [contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ । बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक कुँवर संगै गायीका पवित्रा थापाको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा म्याग्दीका कलाकार राजकुमार परियार र रिया मगरले अभिनय गरेका छन् । ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजा गीतको म्युजिक भिडियो राष्ट्रिय लोक तथा दोहोरी…

Read More

गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री फणीन्द्र देवकोटा मन्त्री नियुक्त भएको तीन दिनमै पदमुक्त हुनुभएको छ । नेकपा (माओवादी) केन्द्र संसदीय दलले देवकोटालाई कारवाही गरेको पत्र शुक्रबारको प्रदेश सभाको बैठकमा सभामुख कृष्ण धितालले पढेर सुनाउनु भएपछि उहाँ पदमुक्त हुनुभएको हो । माओवादी केन्द्रको संसदीय दलले देवकोटालाई निष्काशन गरिएको पत्र प्रदेशसभा सचिवालयमा शुक्रबार पठाएको थियो । सभामुख धितालले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजित दल त्याग गरेको सूचना प्राप्त हुन आएकाले देवकोटा पदमक्त भएको जानकारी प्रदेश सभालाई दिनुभएको हो । सर्वाेच्च अदालतको जेठ १६ गतेको परमादेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले मङ्गलबार देवकोटालाई मन्त्री नियुक्त गर्नुभएको थियो । संविधानको धारा…

Read More

सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ । जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले वि.सं. २०७६ जेठ ३१ गते लिएको थियो । ठेकेदारको अटेरीले ५ वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाएका छन् । मङ्गला गाउँपालिका –२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीविच २२ करोड ५७ लाख ९३२ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न…

Read More

आमा भन्छिन, दूर शहरमा तलाई दुःख छ अब त फर्केलास छोरा घर आमा यति पनि बुझ्दिनन् त ? यो मेरो बाध्यता हो कि रहर ? बाध्य त तिमी पनि छौ आमा आफ्नो मुटु जलाउन कोशिसमा त म पनि छु आमा तिम्रो मुहार हँसाउन । लुक्दै पछ्यौरीले, आँसु पुछेको तिमिले नदेखेको कहाँ हो र ? भर पेट खुवाएर मलाई मुस्कानले तिम्रो मुहार भिजेको नदेखेको कहाँ हो र ? मलाई पनि याद छ आमा तिम्रो पेटमा पटुकी धेरै पल्ट बाँधिएका छन् । तिम्रो ममताको आँचलमा मेरो आँसुसित तिqम्रो हाँसो धेरैपल्ट साटिएका छन् । पट्ट फुटेका पैतालाहरुले मलम नपाएर चिरा-चिरा परेको देखेको छु…

Read More