पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि बार्षिक नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । २०८१ असार ५ गते भएको सभाले नीति कार्यक्रम तथा बजेट पारित गरेको अध्यक्ष राजु आचार्यले जानकारी दिनु भयो । पर्वत बेनीमा आयोजित गाउँपालिका गाउँसभाको १७ औं गाउँ अधिवेशनमा ५० करोड ४ लाख १३ हजारको बजेट पारित भएको हो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यद्धारा नीति तथा कार्यक्रम,विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।
बजेट भाषण, बजेट बक्तव्य एवम् नीति तथा कार्यक्रमको पूर्ण पाठहेर्न तलको लिङ्कमा क्लिक गर्नु होला ।
जलजला गाउँपालिका निति तथा कार्यक्रम २०८१०८२
बजेट बक्तव्य जलजला गाउँपालिका ०८१-०८२