म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न नवौं वार्षिक साधारण सभा पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा हुने भएको छ । प्रवासी म्याग्देलीको साझा संस्था मोना आइइसीले आगामी अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते मंगला गापा-२, बाबियाचौरमा सम्पन्न गर्ने निर्णय गरेको महासचिव सुनेश केसीले बताउनुभयो । ‘स्थान छनौट गरेका छौ, अव साधारणसभाको तयारी हुन्छ, विश्वभरबाट म्याग्देलीको उपस्थिती हुन्छ’ महासचिव केसीले भन्नुभयो । मोनाले साधारणसभाका लागि विश्वभर रहेका राष्ट्रिय कार्यकारी समितिबाट प्रतिनिधित्व हुने गरी थप निर्णय तथा साधारणसभामा हुने गतिविधि लगायतका विषयमा समेत थप निर्णय गर्ने अध्यक्ष ददीवल खड्काले बताउनुभयो । ‘साधारणसभा स्थानीय तहमा गर्ने…
Author: Amrit Baskune
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखाले सडक दुर्घटनामा ज्यान गुमाएका एक बिमितको परिवारलाई बिमा दाबी रकम भुक्तानी गरेको छ। म्याग्दीको बेनी नगरपालिका वडा नं १० का छविलाल पुनको सडक दुर्घटनामा मृत्यु भएपछि उनकी श्रीमती डालमायाँ पुनलाई बुधबार एक कार्यक्रम आयोजना गरी १० लाख ८७ हजार ६३ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । पर्यटकीयस्थल टोड्केबाट वाखेत फर्किदै गरेको अवस्थामा दुर्घटनामा ज्यान गुमाउनुभएका सवारीचालक स्वर्गीय पुनले ५ लाखको बिमाबापत ५ किस्ता बराबर १ लाख ७५ हजार २२५ रुपैयाँ बिमा कम्पनीलाई बुझाउनुभएको थियो। प्रमुख आतिथि बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णसिङ बानियाँको आयोजित कार्यक्रममा जीवन बिमा परिवारको आर्थिक सुरक्षाका लागि अति…
अमृत बास्कुने साउन १६ गते । वर्षा यामको करिब समाप्तीको संघारमा आइपुग्दा हिमाली जिल्ला म्याग्दीमा जिल्ला फुटबल संघ म्याग्दी तथा अन्य तीन वटा क्बलहरुले भदौ र असोज महिनामा गरी चारवटा फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् । जिल्लामा हुने प्रतियोगिता मध्ये दुई वटा छात्रा फुटबल प्रतियोगिता र तीन वटा पुरुष फुटबल प्रतियोगिता रहेका छन् । म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेश्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालय स्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ । देशै भरीबाट माध्यमिक तह सम्म अध्ययन गर्ने छात्राहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने क्लबका अध्यक्ष उपेन्द्र गिरीले जानकारी दिनुभयो ।…
म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालयस्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ । न्यू दोभान युथ क्लबले आफ्नो क्लबका पूर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा खुल्ला अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबका स्वर्गीय अध्यक्षको स्मृतिमा २०८१ भदौ ८ देखि १० गतेसम्म प्रतियोगिता सञ्चालन गरिने क्लवका अध्यक्ष उपेन्द्र गिरीले बताउनुभयो । खेलकुदको जग भनेकै विद्यालय स्तर भएकाले छात्राहरुमा रहेको फुटबल प्रतिभा उजागर गर्नका लागि क्लवले विगत तीन वर्षदेखि नियमित रुपमा छात्रा फुटबल प्रतियोगिताको आयोजना गरिरहेको उहाँको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेले ४५ हजार रुपियाँ नगदसहित…
म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपियाँ भेटी सङ्कलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार,साउनको पहिलो सोमबार तीन लाख ७२ हजार ३७३ रुपियाँ सङ्कलन भएको थियो । मन्दिरमा सङ्कलित भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चावी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयबासीको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । दान सङ्कलन गर्ने क्रममा छिटफुट…
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार २७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको हो । रघुगंगा गाउँपालिका–४, दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरिएको आयोजनाले जनाएको छ । रघुुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नं २ जोड्ने दुई हजार ३३२ मिटर लामो सुरुङमा संयुक्त रूपमा…
म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् । उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् । नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताउनुभयो । “तातोपानीमा हरेक शुक्रबार साँझ हुने सांस्कृतिक कार्यक्रम नाचगान गरेर जुटाएको रकम सामाजिक कामका लागि सहयोगी बनेको छ”, उहाँले भन्नुभयो, “सांस्कृतिक कार्यक्रमले मौलिक लोक संस्कृतिको पुस्तान्तरण…
नेपाल घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने काभा महिला नेसन्स लिग भलिबलको उपाधि जित्ने लक्ष्य लिएको छ । उपाधि जित्नका लागि नेपालले झन्डै दुई महिनादेखि तयारीसमेत गरेको छ । प्रशिक्षणसँगै नेपालले विश्व भलिबलमा नै बलियो टोली रसियासँग दुई मैत्रीपूर्ण खेलसमेत खेलेको छ । यद्यपि ती मैत्रीपूर्ण खेलमा नेपालले एउटा सेट पनि आफ्नो पक्षमा पार्न सकेन । तर नेपाली टोली शारीरिक र प्राविधिक रूपमा बलियो रसियाविरुद्ध राम्रो चुनौती दिँदै सकारात्मक सन्देश दिएको छ । नेपाली महिला भलिबल टोली कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगको तयारी धेरै राम्रो भएको उल्लेख गर्दै उपाधि जित्ने लक्ष्यसहित खेल्ने बताउनुभएको छ । उहाँले उपाधि जित्ने लक्ष्यसहित…
म्याग्देली युवाहरुको अगुवाइमा सञ्चालीत शैक्षिक परामर्श दिने संस्था एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीले अष्ट्रेलियाको सिड्नी रकडेलमा पाँचौ शाखा विस्तार भएको छ । सिड्नीमा आइतबार एक समारोहका बिच टिकमायाँ बानियाँ, एभरेष्ट ग्लोबलका अध्यक्ष याम केसी, कार्यकारी प्रमुख धनकुमारी बरुवाल केसीले शाखाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । अष्ट्रेलियाको पर्थमा मुख्य कार्यालय रहेको एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सीको म्याग्दीको सदरमुकाम बेनीबजार, गण्डकी प्रदेशको राजधानी पोखरा र नेपालको राजधानी काठमाण्डौमा समेत शाखा रहेका छन् । सिड्नी शाखा उद्घाटनको क्रममा एभरेष्ट ग्लोबल एजुकेशनका अध्यक्ष केसीले बिगत लामो समय देखिको अनुभवले गर्दा आफूहरुले उचित तथा उत्कृष्ट तबरले परामर्श दिने बताउनुभएको थियो । यदि कसैलाइ सही र सटिक…
अन्जु शर्मा ” यो उमेर भयो,बिहे गरेका महिला यसरी फुङ्ग भएर बसेको कहिले देखेकी थिइन् ।खै यो आइमाईको चाला हेर्दा पोइलाई अगाडि लाउली जस्तो पो छ!” कहिलेकाहीँ सोचेको भन्दापनि नसोचेको कुराले जीवनमा आँधीबेहरी ल्याउछ।विचारी बितेको एक बर्ष मात्रै त भयो।यता छोराबुहारीको संबन्धमा तिक्तता बढ्न शुरूभइगयो। “खै! बिहे गरेको पाँच बर्ष भइसक्दा पनि यो आइमाईको कोख फुटेन।बिहे गरेका बर्ष न दिनमा बच्चा भएको भए अहिले चारबर्षको भैसक्थ्यो।कमसेकम बुढेसकालमा मेरो साथी त हुन्थ्यो!यो कर्णेलाई धेरै पटक अब अर्की ल्याउन पर्छ ,यो आइमाईबाट घरबार हुन्न भनेर संझाएकै थिए ।”,मर्दका दशवटी” नभनेको कहाँ हो र?कानमा बतास लाएको हैन।यो दमयन्तीले भरदेली जस्तो मलाई चाहिँ लाग्दैन…