म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्डको सोझो यातायात सेवा बन्द भएको छ । मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीका अनुसार बिहान १० बजे पछि पहिरो जाँदा ठुला ढुङ्गाहरु आएर सडकमा थुप्रीएकोले सोझो यातायात सञ्चालनमा अवरोध भएको हो । सोझो यातायात अबरुद्ध हुँदा मुस्ताङबाट म्याग्दी तर्फ आउने र म्याग्दीबाट मुस्ताङ तर्फ जाने तिर्थयात्रीहरुलाई समस्या भएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ मा पर्ने कालीगण्डकी नदिको उद्गमस्थल दोमोदर कुण्ड तथा बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दीरमा दर्शन तथा पुजा अर्चनाका लागि जाने तिर्थयात्रीहरुलाई समस्या भएको व्यवसायी सुवेदीले बताउनुभयो । सडकमा ठुला ढुंगाहरु आएकोले अब मेसिन…
Author: Amrit Baskune
लगातार उचाइतर्फ लागिरहेको सेयर बजारमा कुनै दिन सामान्य ुकरेक्सनु देखिए पनि अब नयाँ बिन्दु भेट्ने बाटोमा नै देखिन्छ देख्नलाइ । गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता ३०००।८१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०।८८ प्रतिशत अर्थात २६।३५ अंक घटेर २९७४।४६ विन्दुमा झरेको थियो । गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन बजार घटेको थियो भने दुई कारोबार दिन सामान्य अंक बढेको थियो। अहिलेको बजार ट्रेण्ड हेर्दा २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई केही दिनभित्रै तोडिने भनेर आँकलन गर्न सकिने…
सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा बिहीबार सञ्चार मन्त्रालयले टिकटक खुला गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो।
तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो । भारतीय पर्यटक सवार भारतीय बस शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल नदीमा खसेको हो । गोरखापत्र अनलाइनबाट तस्बीर
बेनी, ५ भदौ । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको बुधबार बेनीमा सम्पन्न १८ औ जिल्ला सम्मेलनबाट सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सुस्मिता बानियाँ र धनकुमार रोका, सचिवमा कृष्ण सापकोटा, सहसचिव सुप्रेणा किसान र कोषाध्यक्षमा शिव गौतम चयन हुनुभएको छ । सम्मेलनको उद्घाटन गर्नुहुदै अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष पवन कार्कीले पाठ्यक्रमलाई समाजवाद र राष्ट्रियतासँग जोड्नुपर्ने बताउनुभयो । “विदेशी बहुराष्ट्रिय कम्पनीका लागि सस्तोमा काम गर्ने जनशक्ति उत्पादन गर्ने जस्तो भएको अहिलेको शिक्षा प्रणालीलाई परिवर्तन गरेर स्वदेशमै आत्मनिर्भर, स्वरोजगार र देशको सेवा गर्ने स्वाभीमानी जनशक्ति उत्पादनमा केन्द्रित गर्न आवश्यक छ,” उहाँले भन्नुभयो “गुणस्तरीय…
कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ । यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिने काठको टुक्रा राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा झुण्ड्याएर खेतमा गाडिदिने चलन छ । यसो गरेमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलाग्ने, अन्न राम्रो उत्पादन हुने विश्वास गरिन्छ । यो संस्कृतिलाई धानबाली संरक्षण गर्ने पर्वका रुपमा समेत लिने गरिएको छ । विगतमा हरेलोका दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँ ठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको…
अमृत बास्कुने हिमालपारीको जिल्ला मुस्ताङको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ११ महिनाको अवधिमा तीन पटक सम्मानित हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा प्रमुखको रुपमा २०८० भदौ २५ गते देखि कार्यालय प्रमुखको रुपमा आएको ११ महिनाकै अवधिमा ३ पटक आफ्नो माथिल्लो निकायबाट उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत हुनुभएको हो । एउटा जिल्लामा आएको छोटो अवधिमै जिल्ला प्रहरी कार्यालयका मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले तीन वटा सम्मान पाउनु भएको हो । गत वर्ष २०८० को भदौमा मुस्ताङमा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुग्नु भएका उहाँलाई २०८० पुस २४ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले नगद सहित पुरस्कृत गरेको थियो…
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ। क्यानले सोमबार साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो। खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरे। लिगको मिति समेत सार्वजनिक गरिएको छ। क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ। क्यानको महत्वाकांक्षी परियोजनाको रुपमा प्रतियोगिता आफैँ आयोजना गर्न लागेको हो। यसअघि क्यानले दुई वर्षअघि नेपाल टी-२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो। तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो। यसपटक आफैँ आयोजना गर्न लागेको…
अमित आचार्य खरको छानो फाल्छु आमा जागिर खाएपछि ॥ टिनको छानो हाल्छु आमा जागिर खाएपछि ॥ केही बर्ष सिठो पिठो मोटा चामल भएपनि, सुखसगं पाल्छु आमा जागिर खाएपछि ॥ बर्षौ देखि अचानो त्यो सुख्खा नै छ मझेरीमा, चिसो चुल्हो बाल्छु आमा जागिर खाएपछि ॥ भीरको छेउमा चर्किएको एउटा सानो बुकुरोलाई, भत्किएनी टाल्छु आमा जागिर खाएपछि ॥ दुई चार बर्ष साहुको कचकच मुख लुकाई हिड्नुहोला, दाम कमाउन थाल्छु आमा जागिर खाएपछि ॥
अमृत बास्कुने नेपालमै चर्चित कालिगण्डकी करिडोर सडक अन्तरगत पर्वतको मालढुंगा देखि चीनको सीमाना कोरला नाका सम्मको लामो दुरीमा शाकाहारी भोजन चाहने भक्तजनका लागि भोजनालय छैनन् । मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक अन्तरगतको झण्डै दुई सय १० किलोमिटर लामो दुरीमा खाने बस्ने सुविधा सम्पन्न धेरै होटल, रेष्टुरेन्ट भएतापनि शुद्ध शाकाहारी खाना चाहनेहरुकालागि भने कुनै पनि त्यस्तो सुविधा लिन भने असम्भव प्राय छ । पर्वतको मालढुंगादेखि मुस्ताङ र चीनको सीमाना कोरला सम्म लामो धार्मिक क्षेत्रमा कुनै पनि शाकाहारी भोजनालय छैनन् । मालढुंगा देखि कोरला सम्मको रुटमा तीन वटा पवित्र तिर्थस्थलहरु पर्दछन् । म्याग्दीको सदरमुकाम बेनी बजरा नजिकै रहेको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वर धाम, मुस्ताङको…