खरको छानो फाल्छु आमा जागिर खाएपछि ॥
टिनको छानो हाल्छु आमा जागिर खाएपछि ॥

केही बर्ष सिठो पिठो मोटा चामल भएपनि,
सुखसगं पाल्छु आमा जागिर खाएपछि ॥



बर्षौ देखि अचानो त्यो सुख्खा नै छ मझेरीमा,
चिसो चुल्हो बाल्छु आमा जागिर खाएपछि ॥
भीरको छेउमा चर्किएको एउटा सानो बुकुरोलाई,
भत्किएनी टाल्छु आमा जागिर खाएपछि ॥
दुई चार बर्ष साहुको कचकच मुख लुकाई हिड्नुहोला, 



दाम कमाउन थाल्छु आमा जागिर खाएपछि ॥