अमृत बास्कुने
हिमालपारीको जिल्ला मुस्ताङको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ११ महिनाको अवधिमा तीन पटक सम्मानित हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङमा प्रमुखको रुपमा २०८० भदौ २५ गते देखि कार्यालय प्रमुखको रुपमा आएको ११ महिनाकै अवधिमा ३ पटक आफ्नो माथिल्लो निकायबाट उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत हुनुभएको हो । एउटा जिल्लामा आएको छोटो अवधिमै जिल्ला प्रहरी कार्यालयका मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले तीन वटा सम्मान पाउनु भएको हो । गत वर्ष २०८० को भदौमा मुस्ताङमा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पुग्नु भएका उहाँलाई २०८० पुस २४ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले नगद सहित पुरस्कृत गरेको थियो । प्रहरी सेवामा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई गण्डकी प्रदेश प्रहरीले सम्मान गरेको थियो ।
त्यसैगरी डिएसपी पाण्डेय दोश्रो पटक गत २०८१ बैशाख ११ गते शान्ति सुरक्षा तथा विपद उद्दार कार्यमा उत्कृष्ट कार्य गरे बापत गण्डकी प्रदेश कार्यालयबाट नगद २५ हजार रुपियाँ सहित सम्मानित हुनुभएको थियो । मुस्ताङमा आएका बिपत्ति तथा बाढी पहिरोका साथै अन्य शान्तिसुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले उहाँलाई सम्मान गरेको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयको सिफारिसमा उहाँलाई सम्मान गरेको मुस्ताङ प्रहरीले जनाएको छ ।
डिएसपी पाण्डेयलाई २०८१ भदौ २ गतेपुनः उत्कृट कार्य गरेको भन्दै प्रदेश कार्यालयले सम्मान गरेको छ । उहाँले मुस्ताङमा आए पछि प्रशासनिक तथा अन्य क्षेत्रमा गरेको सुधारको प्रसंसा गर्दै सम्मान गरेको हो ।