अमृत बास्कुने हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आयोजना गरेको एक हप्ते स्याउ टिप्ने खाने मेलाको समय एक हप्ता थपिएको छ । गएको मंगलबारदेखि शुरु भएको उक्त मेला आउँदो सम्म सञ्चालन हुने भएको छ । एक हप्ता मात्रै सञ्चालन गर्ने भनेर थालिएको उक्त स्याउ टिप्ने खाने मेलामा आगन्तुकको चाप बढेकोले एक हप्ता अझै थपिएको केन्द्रले जनाएको छ । कृषि प्रधान देश नेपालमा पर्यटन र कृषिलाई पनि संगै जोडेर अगाडी बढ्दा सकारात्मक प्रभाब पर्न सक्ने सम्भावना रहेको भन्दै केन्द्रले पर्यटन प्रर्वद्धनका लागि स्याउ टिप्ने खाने मेला सुरु गरेको थियो । स्याउका लागि नेपालमै चर्चित ब्राण्ड…
Author: Amrit Baskune
म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो । शनिबार र बिदाका दिनमा समेत दैनिक १३ घण्टे ओपिडी सेवा विस्तार भएपछि सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा अञ्जु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बेनी अस्पतालको ओपिडी सेवाबाट ७३ हजार नौ सय ३० जनाले स्वास्थ्योपचार…
अमृत बास्कुने बेनी–जोमसोम सडक खण्डमा हुने कुने पनि अबरोध तथा भवितव्यमा अग्रपंक्तिमा उभिने इन्द्रसिंह शेरचनलाई मुस्ताङमा सम्मान गरिएको छ । आधा सताब्दी देखि निरन्तर चल्दै आएको थाक खेलकुद तथा सांस्कृतिक महोत्सवको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा आयोजित कार्यक्रममा शेरचनलाई सम्मान गरिएको हो । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको थाक खेलकुदको अवसरमा मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङ जन्मीएर म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानामा व्यवसाय गर्दै सामाजिक कार्यमा खट्नु भएका शेचनलाई सम्मान गरेको हो । म्याग्दीको गलेश्वर देखि मुस्ताङको घाँसा सम्मको क्षेत्रमा सडक अबरुद्ध हुादा यात्रुहरुर्लाइ सहज रुपमा आवत जावत गर्न अहोरात्र खटी मानविय एवम् सामाजिक सेवामा पु¥याउनु भएको योगानको…
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ पर्नुभएको हो। साइबर ब्युरोमा परेको उजुरीका आधारमा जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पुर्जी लिएर गएको प्रहरीले उहाँलाई निवासबाटै पक्राउ गरेको प्रवक्ता कार्कीको भनाइ छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार प्रसाईंलाई साइबर ब्युरोमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार प्रसाईं विद्युतीय कारोबार ऐन अनुसार परेको उजूरीको आधारमा पक्राउ पर्नुभएको हो । उहाँले भन्नुभयो, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत…
अमृत बास्कुने जीवन विमा क्षेत्रको अग्रणी कम्पनि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी एरियाले आफ्नो क्षेत्र भित्रका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई उत्प्रेरणा तालिम प्रदान गर्नुका साथै पुरस्कार वितरण गरेको छ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई उत्साहीत पार्ने मात्र नभएर आफ्नो क्षमता अभिबृद्धिका लागि पनि अभिकर्ता उत्प्रेरणा कार्यक्रम आयोजना गरेको थियो । कम्पनि नेपालमै अग्रणी स्थान ओगटेको हुनाले आफ्नो वर्चश्वलाई यथावत राख्न पनि यस्ता काम गर्नु पर्ने जनाइएको थियो । साविकको धौलागिरी अञ्चल क्षेत्रलाई समेटेर निर्धारीत धौलागिरी एरिया क्षेत्र भित्र पर्ने एजेन्सी म्यानेजरहरुलाई बागलुङको दि राजन होटलमा आयोजित उत्प्रेरणा अभिमुखिकरण कार्यक्रममा इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले सहजीकरण गर्नुभएको थियो…
असोज २ गते । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फामा रहेको सरककारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले कृषक तथा कर्मचारीलाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव मनाएको छ । वि.सं. २०२३ मा स्थापना भएको शीतोष्ण वागवानी विकास केन्द्रले आफ्नो ५८ औं स्थापना दिवसको अवसरमा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङका कृषक टै धुन्टु ठकुरी उत्कृष्ट कृषकका रुपमा सम्मान गरेको हो । त्यस्तै केन्द्रले आफ्नो कार्यालयका कर्मचारीहरु अनिता तामाङ्ग र सीता माझीलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गर्नुका साथै घरपझोङ गाउँपालिका २ मार्फाका पुराना कृषक तथा सामाजिक अगुवा बिष्णुराज हिराचनलाई समेत सम्मान गरेको थियो । शीतोष्ण बागवानी विकास केन्द्रले कृषि फलफूल तथा…
बिना खड्का जीवन बीमा क्षेत्रमा एक परिचित नाम हो । विगत आधा दशकदेखि बीमा क्षेत्रमा लागेकी उनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको बेनी शाखाको चिफ एजेन्सी म्यानेजर हुन् । बीमा क्षेत्रमा जोडिएर बीमाको चेतना फैलाइरहेकी बिनाले आफ्नो लगनशीलता र मिहिनेतले छोटो समयमा नै ठुलो सफलता हात पारेकी छिन् । पढाई सकेर बीमा क्षेत्रमा भविष्य खोजेकी बिनाले धेरै महिला दिदीबहिनीलाई बीमा क्षेत्रमा जोडिएर काम गर्न प्रेरित समेत गरिरहेको बताउँछिन् । बीमा क्षेत्रले दिएको प्रेरणा बिना यस क्षेत्रमा काम गर्नु अघि अध्ययनमा थिइन् । पढ्दा पढ्दै आगामी दिनको योजना उनीसँग थिएन । बिनाले आफू पढ्दै गर्दा गाउँमा बीमा क्षेत्रमा नै अभिकर्ता भएर…
बेनी नगरपालिका–६ चुत्रेनीमा द मनसुन युथ क्लबको आयोजना आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक क्लबले हात पारेको छ । ९ ए साइड सिस्टममा सञ्चालित प्रतियोगिताको फाइनलमा बेनी नगरपालिका–८ कालिपुलको वाण्टेड युथलाई पराजित गर्दै उपाधि हात पारेको हो । विभिन्न २१ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलको निर्धारीत समय शुन्यशुन्य गोलमा बराबरीमै सकिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा द मनसुन युथ क्लबका गोलरक्षकले वाण्टेड युथको एउटा प्रहार रोके पछि खेल ५–३ गोल अन्तरले मनसुनले जितेको क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेता द मनसुन युथले नगद ८० हजार रुपियाँ, दोश्रो हुने टिम वाण्टेड युथ कालिपुलले नगद ४० हजार…
म्याग्दी जिल्लाको बेनी नगरपालिका–७, कुरिलाखर्कमा रहेको महारानीथान ऐतिहासिक पर्वत राज्य र महारानीसँग आबद्ध महत्वपूर्ण ऐतिहासिक स्थलका रूपमा चिनिन्छ । यसको पर्यटकीय सम्भावना रहेको भए पनि यसतर्फ भने ध्यान पुग्न सकेको छैन । उचित प्रचार हुन सके यसको पर्यटकीय गन्तव्य बन्न सक्छ । यो थान सदरमुकाम बेनीबाट नजिकै रहेको प्रमुख धार्मिकस्थल पनि हो । पर्वत राज्यका मलेबमले भर्तिबमको हत्या गरेपछि विक्षिप्त बनेकी उनकी पत्नी अर्थात् महारानी विश्वप्रभाले कुरिलाखर्कमा अलप भएपछि त्यही स्थानमा पूजाअर्चना गर्न थालिएको र त्यही स्थान ऐतिहासिक महारानी थानका रूपमा प्रसिद्ध छ । पर्वत राज्यका तत्कालीन राजाका दुई रानीबाट जन्मेका भर्तिबम र मलेबम दुई भाइबिचको शक्तिको लडाइँमा पति वियोगमा परेर विक्षिप्त भएर सन्न्यास लिएर…
मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छिन् । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणमा म्याग्दीको रघु्गंगा गाउँपालिका–३, दग्नामकी क्रिस्टिनाले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।पोखराको होटल ग्राण्डमा शनिबार सम्पन्न भएको प्रतियोगितामा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र सेकेन्ड रनरअफमा धवलागिरी गाउँपालिका–४ मुदीकी नरिशा पुनमगर घोषित भएकी छन् । एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना भएको प्रतियोगितामा यसपटकको उपाधी म्याग्दीमय भएको नेपाल मगर जिल्ला समन्वय समिति म्याग्दीका सचिव हिरा पुनले बताए । ‘यो उपाधी जित्ने सबै प्रतियोगिलाई धन्यवाद, जिल्लामा स्वागत तथा सम्मान समेत गरिनेछ’ सचिव पुनले…