अमृत बास्कुने
बेनी–जोमसोम सडक खण्डमा हुने कुने पनि अबरोध तथा भवितव्यमा अग्रपंक्तिमा उभिने इन्द्रसिंह शेरचनलाई मुस्ताङमा सम्मान गरिएको छ । आधा सताब्दी देखि निरन्तर चल्दै आएको थाक खेलकुद तथा सांस्कृतिक महोत्सवको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा आयोजित कार्यक्रममा शेरचनलाई सम्मान गरिएको हो ।
मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको थाक खेलकुदको अवसरमा मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङ जन्मीएर म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानामा व्यवसाय गर्दै सामाजिक कार्यमा खट्नु भएका शेचनलाई सम्मान गरेको हो । म्याग्दीको गलेश्वर देखि मुस्ताङको घाँसा सम्मको क्षेत्रमा सडक अबरुद्ध हुादा यात्रुहरुर्लाइ सहज रुपमा आवत जावत गर्न अहोरात्र खटी मानविय एवम् सामाजिक सेवामा पु¥याउनु भएको योगानको कदर गर्दै सम्मान गरिएको जनाईएको छ ।
शेरचन हिमाली जिल्ला म्याग्दीको उत्तरी भेक अनि हिमालपारीको जिल्ला मुस्ताङमा कुनै पनि अप्ठेरो परिश्थिति हुँदा साथ पुग्ने नाम हो इन्द्रसिंह शेरचन । बाढी पहिरो तथा अन्य बिपद्का घटनाहरु भए अग्र पंक्तिमा पुग्न उहाँलाई कसैले पठाउन पर्दैन । जानकारी पाउँदासाथ सुरक्षा निकायलाई जानकारी दिनुका साथै उद्धारमा खट्ने उहाँको मुख्य काम जस्तै हो ।
मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरी कोट घर भै हाल उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानामा मुस्ताङ लेते होटल सञ्चाल गर्नुभएका शेरचनले ८ जनालाई रोजगारी पनि प्रदान गर्नु भएको छ । शेरचनको होटलमा अहिले ८ जनाले रोजगार पाई रहेका छन् । किचन सहयोगीका रुपमा इन्द्र सिंह शेरचनकै परिवारका अन्य सदस्यहरु पनि रहेका छन् । १३ जना मानिस अहिले शेरचनको होटलमा आश्रीत भए पनि ८ जनाले पूर्ण रोजगार पाएका छन् ।
शेरचन २०६३ सालमा मुस्ताङको नाउरीकोटबाट म्याग्दी सदरमुकाम बेनीमा आएर मुस्ताङ लेते होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गर्न थाल्नु भएको हो । ०६३ देखि ०७१ सम्म बेनीमा होटल सञ्चालन गरेका शेरचनले १ वर्ष पोखरामा पनि व्यवसाय गर्नुभयो । त्यस पछि २०७४ मा पुनः म्याग्दीको उत्तरी भेक अन्नपुर्ण गाउँपालिका–३ दानाबाट आफ्नो व्यवसायलाई निरन्तरता दिनुभएको छ । मुस्ताङ लेते होटल एण्ड रेष्टुरेन्ट उहाँको ब्राण्ड जस्तै छ । बेनी–जोमसोम–कोराला सडक खण्ड अन्तरगत पर्ने दानामा रहेको उहाँको होटल सडक खण्ड क्षेत्रमै उत्कृष्ट मानिन्छ ।
मुस्ताङका निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार शेरचन सामाजिक कार्यमा सँधै खट्ने व्यक्ति हो र उहाँले आफ्नो भन्दा पनि समाजका जो कसैलाई पनि अप्ठेरो परको ठाउँमा पुग्नु पर्छ भन्ने मान्यता राख्ने ब्यक्ति हो । नाउरीकोटका शेरचन आफ्नो क्षेत्रमा पनि पहिल्यै देखि सामाजिक संघसंस्थाको अगुवाइ गर्नुका साथै अन्य गतिबिधिमा पनि सक्रिय सहभागिता जानाउने खालको व्यक्ति रहेको तुलाचनको भनाई छ ।
बेनी–जोमसोम सडक खण्डमा हुने सबैखाले विपद्का सारथी शेरचनले उक्त सडक खण्डमा यात्रा गर्ने तीन हजार भन्दा बढी यात्रुलाई पिठ्युँमा बोकेरै सडक पार गराउने काम गर्नु भएको छ । वर्षात्को समयमा सडक अबरुद्ध हुँदा शेरचन अहोरात्र समस्यामा परेका नागरिकको उद्धारमा खट्ने गर्नु हुने नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका पूर्व अध्यक्ष सुरत के.सी.को भनाई छ ।
२०७६ माघ १६ गते अन्नपुर्ण गाउँपालिकाको खोप्रा क्षेत्रमा ४ जना अन्तरीक पर्यटक पदमार्गमा बाटो बिराएर हराउँदा शेरचनले नै अग्रपंक्तिमा खटेर उद्धार गर्नेकार्य भएको तत्कालीन म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल बताउनुहुन्छ । धौलागिरी हिमालमा विदेशी नागरिक हराउँदा शेरचनले अगुवाइ गरेरै उद्धार गर्नुभएको थियो भने अहिले धौलागिरी तथा अन्नपुर्ण आधार सिबिर सम्म पर्यटक तथा उनीहरुको सामग्री पुगाउनकालागि समेत खट्ने गर्नुभएको छ ।
कोभिड भ्याक्सीनेसन कार्यक्रमको समयमा मुस्ताङ लैजानु पर्ने भ्याक्सीन बेनी जोमसोम सडक अबरुद्ध हुँदा शेरचनले पिठ्युमै भ्याक्सीन बोकेर मुस्ताङ पठाउनु भएको स्वास्थ्य कार्यालय मुस्ताङका तत्कालिन निमित्त प्रमुख टिकाराम भण्डारीको भनाई छ । भण्डारी भन्नुहुन्छ शेरचनले सहयोग नगर्नुभएको भए साहेद मुस्ताङमा भ्याक्सीनेसन कार्यक्रमलाइ नै असर पर्ने थियो ।
बेनी जोमसोम पाइलट ट्रयाक खुले सँगै २०६७ को दशैंमा काभ्रे भिरमा दर्जनौ व्यक्तिको ज्यान जाने गरी भएको जीप दुर्घटना हुँदा पनि शेरचनले उद्धारको कमाण्ड सम्हाल्नु थियो ।
फोटो क्याप्सन ः–
थाक खेलकुदको अवसरमा सम्मानपत्र प्रदान गर्नुहुँदै पूर्व सांसद श्रीमायाँ थकाली र ग्रहण गर्नुहुँदै इन्द्रशिंह शेरचन