-अमृत बास्कुने जिल्ला स्तरिय अस्पताल चार जनाको भरमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ । १५ शैयाको उक्त जिल्ला अस्पतालमा १८ जनाको दरवन्दी रहेको भए पनि दरबन्दीका चार जना मात्रै हाल अस्पतालमा कार्यरत छन् । पवित्र तीर्थस्थल मुक्तिनाथ तथा दामोदरकुण्ड एवम् उपल्लो मुस्ताङको लोमन्थाङ तथा कोरला भ्रमणका लागि आन्तरीक तथा बाह्य पर्यटकहरुको घुइँचो लाग्ने मुस्ताङको जिल्ला अस्पताल चार जनाको मात्रै भरमा छ । १८ जनाको दरबन्दी रहेको उक्त अस्पतालमा आठौं तहका निमित्त मेडिकल सुपरिटेण्डेन्टसहित दुई जना डाक्टर तथा एक जना डार्करुम अधिकृत…
Author: Amrit Baskune
सहकारीको दुई अर्ब ठगी अभियोगमा पक्राउ पर्नुभएका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार राति बागलुङ लगिएको छ । शुक्रवार भारतको नयाँ दिल्लीमा पक्राउ पर्नुभएका उहाँलाई शनिवार काठमाडौँ ल्याइएकोमा आइतबार साँझ पोखरासम्म विमानमा ल्याइएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बागलुङ प्रहरीको टोलीले नेपालीलाई बागलुङ गाडीमा लगेको हो । सोही अभियोगमा देवकुमारसँगै पक्राउ पर्नुभएका ओमप्रसाद दर्जीलाई पनि बागलुङ नै लगिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पहिला मुद्दा बागलुङमा दर्ता भएकाले बागलुङ लगिएको बताउनुभयो । “उहाँविरुद्ध पहिला यहाँ मुद्दा चलेकाले अनुसन्धानका लागि ल्याएका छौँ । आवश्यक परे कास्की प्रहरीले पनि उहाँलाई लगेर अनुसन्धान गर्ला ।” सहकारी…
दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उहाँले देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिनुभयो । प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् ।…
हिमाली जिल्ला म्याग्दीमा सन २००० देखि निरन्तर आयोजना हुँदै आएको अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको २२ औं संस्करण आगामी मंसिरको तेश्रो सातामा हुने भएको छ । म्याग्दी जेसीजको आयोजनामा सन २००० देखि आयोजना हुँदै आएको अन्तरमाध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबल प्रतियोगिता म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने भएको हो । म्याग्दी जेसीजको तेस्रो साधारणसभाबाट उपाध्यक्ष देबेन्द्र घिमिरेलाई जेसीजकप फुटबल प्रतियोगिताको मुल संयोजक तोकिएको छ । कोभिड–१९ को कारणले गर्दा दुई वर्ष प्रतियोगिता रोकिएको भए पनि अन्य वर्षहरुमा भने अहिले सम्म निरन्तर रुपमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । म्याग्दी जेसीजले हरेक…
पर्यटन दिवसमा हिमाल पारीका पत्रकार थकाली पुरस्कृ? मुस्ताङ । विश्व पर्यटन दिवसका अवसरमा हिमाल पारीको जिल्ला मुस्ताङबाट पत्रकारिता गर्दै आएका पत्रकार सुन्दर कुमार थकाली पुरस्कृत भएका छन् । मुस्ताङ जिल्ला अन्तर्गत रहेका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धनमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै थकालीलाई नगद १० हजारसहित पुरस्कृत गरेको हो । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङ र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालयले नगदसहित पुरस्कृत गरेको हो । संविधानसभा सदस्य श्रीमाया थकाली, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेल र एक्यापका कार्यालय प्रमुख प्रमोदराज रेग्मी लगायतका…
काठमाडौँ — सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए । उनी इमेज…
लोकप्रिय ब्राण्ड बनेको गोल्डस्टरको आधिकारिक सोरुम बेनीमा संचालनमा आएको छ । म्याग्दीका उपभोक्ताहरको माग अनुसार बेनी नगरपालिका–८ शिक्षामार्गमा उक्त सोरुम संचालन ल्याएको एनके कलेक्सनका संचालक निर्मल खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार एनके कलेक्सन अब साविक धौलागिरीमा गोल्डस्टार ब्राण्डको आधिाकारीक विक्रेता रहेको छ । नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम उपभोक्ताहरुलाई सहज ढंगले उपलब्ध गराउने उद्धेश्यले साविक धौलागिरी अञ्चलमा नै पहिलो सोरुम म्याग्दीमा स्थापना गरिएको गोल्डस्टारका रिजनरल सेल्स म्यानेजर अचुुत कार्कीले बताउनुभयो । सोरुमको उद्घाटन गर्दै कार्कीले सन् १९७० मा स्थापित गोल्डस्टारले अहिले ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको बताउनुभयो । ३ सय ५० रुपैयाँ देखि…
मान्छे हुनुको पीडा त्यतिखेर भयो, जब बजारमा किन्नेहरूको लाम देखें सबैभन्दा फस्टाएको नै मान्छेहरूको व्यापार देखें स्वतन्त्रताको अर्थ त्यतिबेला खुल्यो जब मान्छेहरू नै मान्छेहरूको दास देखें हावाले आफ्नो रंग कहिले फेरेन पानीले आफ्नो रंग कहिले फेरेन तर मान्छेपिच्छे रंग फेर्दै हिड्ने यहाँ मान्छेहरूको स्वभाव देखें पैसा र शक्तिको दासत्व स्विकार्ने मान्छेहरूको संस्कार देखें सबैभन्दा फस्टाएको नै मान्छेहरूको व्यापार देखें ।
अन्जु शर्मा “कान्छी ! तँलाई चम्पा भने पनि हुन्छ ।तँ चम्पा चमेली भन्दा कम छैनस्।त्यसैले भन्द्याछु ,तैंले त्यो सेते संग बिहे गरेहुन्छ।” मेरो थाप्लोमा हात राखेर यसो भनेको क्षणभरमै वहाँ /मेरो श्रीमान ब्रमलिन हुनुभयो “।हिउँ जस्तै सेतो कपाल,बुढी भएपनि गोरी हाम्री कान्छी काकी शाहसी हिम्मतिली महिलाका सूचिमा पर्नुहुछ।काकीलाई बध्नाम गर्ने र घर निकाल्न खोज्नेहरू पनि काकीको कुशल नेतृत्वको गुलाम हुन्थे रे।महिला दमन,शोषणका नारा लगाएर महिलालाई प्रयोग गराउने जमातलाई काकीले आफ्नो विगत यसरी पस्कनुभयो । बर्षाभरी लगाएको बालीनाली थन्क्याउने मंसिरको महिना।यतिमात्र कहाँ हो र?सुस्तरी हिमालमा हिउँ फूल्न शुरू भएको छ।खेतखेतमा मान्छेहरू जम्मा भएकाछन्।एकातिर असिनाले लुट्ने डर छ,अर्कोतिर रित्तिएका भकारी र ढिकुटी…
समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो। उक्त निर्णय गरिएको सूचना मंगलबार सार्वजनिक गरिएको छ। मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा उल्लेख छ। बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने…