हिमाली जिल्ला म्याग्दीमा सन २००० देखि निरन्तर आयोजना हुँदै आएको अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको २२ औं संस्करण आगामी मंसिरको तेश्रो सातामा हुने भएको छ । म्याग्दी जेसीजको आयोजनामा सन २००० देखि आयोजना हुँदै आएको अन्तरमाध्यमिक विद्यालय स्तरीय जेसीज कप फुटबल प्रतियोगिता म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने भएको हो । म्याग्दी जेसीजको तेस्रो साधारणसभाबाट उपाध्यक्ष देबेन्द्र घिमिरेलाई जेसीजकप फुटबल प्रतियोगिताको मुल संयोजक तोकिएको छ । कोभिड–१९ को कारणले गर्दा दुई वर्ष प्रतियोगिता रोकिएको भए पनि अन्य वर्षहरुमा भने अहिले सम्म निरन्तर रुपमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगिताको सन २०२४ को मुख्य प्रायोजकमा एभरेष्ट ग्लोबल एजुकेशन कन्सल्टेन्सी भिसा सर्भिसेस रहेको छ । जेसीज कप प्रतियोगितामा म्याग्दी जिल्ला भित्रका माध्यमिक विद्यालयको कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार दुई सय २२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार दुई ३२ रुपियाँ पुरस्कार प्रदान गरिने जेसीका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो ।
अन्तर माध्यमिक विद्यालय स्तरीय जेसीजकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गालेरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राइकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट प्रशिक्षक कृष्णप्रसाद एककुमारी अवार्ड, अनुशासित टिम झलक खगेश्वरी अवार्डमा ट्रफि सहित नगद २ हजार ५ सय रुपियाँ प्राप्त गर्छन् । सेमिफाईनलबाट बाहिरीने दुई वटा टिमले ५÷५ हजार रुपियाँ नगद र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने प्रतियोगिताका मुल संयोजक देबेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
म्याग्दी जेसीजले स्थापना लगत्तै देखि विद्यालय स्तरमा रहेका फुटबलको प्रतिभा उजागर गर्ने ध्येयका साथ अन्तर मावि फुटबल प्रतियोगिताको शुरुआत गरेको थियो । प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएकाले यसपटक पनि उत्साहजनक उपस्थिती हुने अपेक्षा गरीएको शाखा अध्यक्ष दिनेश बानियाँले बताउनुभयो । म्याग्दीमा फुटबल खेलाडी उत्पादनका लागि जेसीज कपलाई गेट किपरको रुपमा लिन सकिने उहाँको भनाई छ ।
२२ औं जेसीजकप अन्तरमाध्यमि विद्यालय स्तरीय फुटबल मंसिरमा हुने
By Amrit Baskune2 Mins Read
Previous Articleपर्यटन दिवसमा हिमाल पारीका पत्रकार थकाली पुरस्कृत
Next Article विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता