मान्छे हुनुको पीडा त्यतिखेर भयो,
जब बजारमा किन्नेहरूको लाम देखें
सबैभन्दा फस्टाएको नै
मान्छेहरूको व्यापार देखें
स्वतन्त्रताको अर्थ त्यतिबेला खुल्यो
जब मान्छेहरू नै
मान्छेहरूको दास देखें
हावाले आफ्नो रंग कहिले फेरेन
पानीले आफ्नो रंग कहिले फेरेन
तर मान्छेपिच्छे रंग फेर्दै हिड्ने
यहाँ मान्छेहरूको स्वभाव देखें
पैसा र शक्तिको दासत्व स्विकार्ने
मान्छेहरूको संस्कार देखें
सबैभन्दा फस्टाएको नै
मान्छेहरूको व्यापार देखें ।