अन्जु शर्मा
“कान्छी ! तँलाई चम्पा भने पनि हुन्छ ।तँ चम्पा चमेली भन्दा कम छैनस्।त्यसैले भन्द्याछु ,तैंले त्यो सेते संग बिहे गरेहुन्छ।” मेरो थाप्लोमा हात राखेर यसो भनेको क्षणभरमै वहाँ /मेरो श्रीमान ब्रमलिन हुनुभयो “।हिउँ जस्तै सेतो कपाल,बुढी भएपनि गोरी हाम्री कान्छी काकी शाहसी हिम्मतिली महिलाका सूचिमा पर्नुहुछ।काकीलाई बध्नाम गर्ने र घर निकाल्न खोज्नेहरू पनि काकीको कुशल नेतृत्वको गुलाम हुन्थे रे।महिला दमन,शोषणका नारा लगाएर महिलालाई प्रयोग गराउने जमातलाई काकीले आफ्नो विगत यसरी पस्कनुभयो ।
बर्षाभरी लगाएको बालीनाली थन्क्याउने मंसिरको महिना।यतिमात्र कहाँ हो र?सुस्तरी हिमालमा हिउँ फूल्न शुरू भएको छ।खेतखेतमा मान्छेहरू जम्मा भएकाछन्।एकातिर असिनाले लुट्ने डर छ,अर्कोतिर रित्तिएका भकारी र ढिकुटी भर्नु छ।मेरा बा पनि खेतमा मंसिर भित्र्याउने चटारोमा हुनुहुन्थ्यो ।म कान्छी ! बाकी साह्रै प्यारी छोरी।बा जता गएपनि म बासंगै बाको दौरा समाएर जान्थे।दाँयी गरेर खलेगरामा धानको ठूलो ह्रास थुपारेर दँगेरेहरू धान बत्ताउन थाले।म धानको वरिपरि घुम्न थाले ।मकालु हिमालबाट हावा सिरिर हुँदै आयो ।मेरो घाँगर हावाको लहराइमा लहरिदै थियोे ।म घाँगर घुमाउदै नाँच्न थाले।पल्ला घरे कान्छा काकाले ” दाजै! अब कान्छीको पनि बिहे गर्ने बेला भएछ।पल्ला गाउँका खत्रीका छोरालाई यहीँ मंसिरमा टीका लगाइदिनुपर्छ।मंसिर महिना बिहेका लागि साह्रै उत्तम महिना हो ।” काकाको प्रस्तावलाई बाले बिना प्रतिक्रिया समर्थन जनाउनुभयो।
बिहेको कुराले मेरो बाल मस्तिष्क राम्रो लुगा लाउने सपनाले फुरूङ्ग भयो ।”आहा!यो पुरानो घाँगरको सट्टा नयाँ ! “म निकै खुशी भएं।
” सानै छे भनेको त ठूली पो भैसकिछे।हेरत: बिहेको कुरा गर्नासाथ कसरी मस्केकी हो ?”काकाले भन्नुभयो ।
धान बोक्ने खेतला संगै बा र म पनि घरमा पुग्यौं ।ढिकुटीमा धान थन्क्याउदै गरेकी आमालाई बाले -” ए कान्छीकि आमा! घरमा धान पनि भित्रियो ,मंसिरको महिना निकै शुभ मानिन्छ ।कान्छी पनि हलक्कै बढेकी छ ।फेरि कान्छा भाइले पल्ला गाउँका खत्रीका छोरालाई दिउँ भन्यो ।मैले पनि आँटे।अब बिहेको सर्जाम तयार गर है।”
” ठिकै छ।तर खलोउतार्ने बिहे हो ।सबै छोरी ज्वाईं पनि भेला हुनपर्यो।मंसिरमा हैन माघमा गर्नपर्छ।” आमाको भनाइमा लालमोहर लाग्यो ।
हाम्रो जोरबाहाँ भएको घर ।बाहाँभरि परेवाको बासस्थान छ।म आँगनमा खेल्दै थिएं।परेवाका भालेपोथी आँगनमा आएर माकुर घुर,माकुर घुर गर्न थाले।भाले निकै चलाख परेछ।जतागए पनि पोथीलाई आफ्नै बसमा पारिहाल्छ।म निकै मजा मानेर हेर्दै थिएं।सोही मौकामा ” कान्छी ! भात खान आइज।” आमाले बोलाउनुभयो । म आज्ञाकारी भएर भात खान थाले।आमाले कुरा छेड्नुभयो -” ” कान्छी ! तँ अब ठूली भइस्।तेरो बेहे माघमा हुँदैछ।तैंले यसरी डाँक्ले भएर हिड्न मिल्दैन्।घरको काम धन्धा सिक्न पर्छ।यो घाँगरको सट्टा सारी लगाउन पर्छ।नत्र ढंग विहिन आमाकी छोरी भन्छन् ।”
” हो र आमा? मलाई बिहेमा कस्तो सारी ल्याइदिने?बरू भोलि नै सारी ल्याइदिनु म बिहे गरिहाल्छु।”मेरो बाल मस्तिष्क निसंकोच राम्रो लुगा प्रति आकर्षित भयो ।मलाई केटाको बारेमा जान्ने जरुरत नै थिएन्।
पुस फासफुस भने झैं माघ महिना शुरू भयो ।माघ महिना, हिमाली जिल्ला ।जताततै मकालु हिमालले चुम्बन गरेजस्तो हिउँ जमेको छ।धर्ती कठाङ्रिएर बोल्न असमर्थ छिन्।मान्छेहरू लुकुनी लगाएर मुढा जोतेर बसेका छन्। उखान त्यसै बनेको हैन रहेछ।” बलिया बाङ्गा बाघलाई ,बुढाखाडा मागलाई “।सूर्य र चन्द्रमाले आ-आफ्नो कर्तव्य निभाए जस्तै मेरा बा र आमालाई पनि मेरो बिहे गर्नुपर्ने कर्तव्यबोध छ।पाहुनापासाले घर भरिएको छ।मैले नबुझेको कुरा माइली दिदी र भिनाजु संग देख्दै सुन्दर एउटा मान्छे आएको छ।भिनाजु संग बस्ने ,खाने त्यो मान्छेले मलाई आँगो तापेको बेला कसैले नदेख्ने गरि पटकपटक घाँगर भित्र हात पूर्याउने गर्छ।सबैको सामु बोल्ने आँट आएन तर बिहान धारामा जाँदा दिदीलाई सुनाएं।
अचम्म दिदी त मुसुक्क मुस्काएर-“त्यो मान्छे साँच्चिकै धनी छ।मुखियाको छोरा हो ।तेरो बिहे भोलि हो।हामी आजै नै घरबाट भाग्न पर्छ।गरिब संग सधैं दु:ख पाएर बस्नु राम्रो हैन के कान्छी ! यो धनी र राम्रो केटा संग बिहे गर्नुपर्छ।”
दिदीको कुराले म कुइराको काग जस्तै अल्मलिदै थिएं।धाराबाट पानी लिएर घर आइपुग्यौं।गग्रेटोमा पानी राख्दै गर्दा दिदीले एकान्तमा बोलाइ ।कसार बटार्ने,सेल पकाउने काम भैरहेको थियो ।”सबैका आँखा छलेर भाग्न पर्छ।नत्र तेरो गरिब संग बिहे हुन्छ।मैले सबै चाँजोपाँजो मिलाइसकें।”दिदीको योजनामा हामी खाना नखाई घर छोडेर भाग्यौं।
कतै गुराँसका बुट्यान,कतै चौंरी खर्क अनि हिउँ फूले पाहाड पारगर्दै हामी सदरमुकाम पुग्यौं ।”ओहो ! क्या सुन्दर शहर !ठूला घर ,भिडभाड र कोलाहल मसिसिएको वातावरण ।कहाँ एकान्त हिमाल फेदीको गाउँ !कहाँ अस्रल्ल कोचिएको बस्ती !म निसासिदै दिदीको घरमा पुगें।तर हामी संग गएको मान्छे त्यहीँ शहरमा अवतरण भयो ।
नयाँ ठाउँ ,नयाँ अनुभव ।दिदीको घर ।दुईचार दिन निकै रमाइलो गरि बित्यो ।तर हप्ता दस दिनमै दिदी भिनाजुले आफ्नै घरबाट मेरो बिहे त्यो मान्छे संग गरिदिनुभयो ।नयाँ लुगामा ठटिएर म त्यो मान्छेको घर पुगें।शिक्षा ,उमेर र ठाउँका हिसाबले म भविष्य सोच्ने अवस्थामा थिइन् ।मात्र नयाँ लुगा र गहनामा पुलकित भएं।
विडम्बना , घर पुग्नासाथ मेरो डबल उमेरको श्रीमानले मलाई ओछ्यानमा सुतिरहेकी एक महिलालाई परिचय गराउँदै -” यो तेरी बैनी हो ।”भन्नुभयो ।मलाई उसलाई ” दिदी भन्नू ” भन्नुभयो ।त्यस्तो कडा मिजाज र डबल उमेरको श्रीमान संग मत बोल्न सकिन्।विचरा दिदी ओछ्यानबाट आँसु झार्दै कोल्टे फर्कनुभयो।
एकदिनको कुरा ओछ्यान परेकी मेरी सौता दिदीले ” कान्छी ! यता आइज त “भन्नुभयो ।म दिदीको छेउमा गएं।” मालिक खै?” प्रश्न गर्नुभयो । “गाउँ जान्छु भन्नुहुन्थ्यो ।”मैले उत्तर दिएं।फेरि स्याउति गर्दै -” तँ सानै छस् कान्छी !कसरी पो धान्छेस्?वहाँलाई त साह्रै पो चाँहिन्छ।विमार हुँदा सम्म मैले सन्तुष्टि गराउन पर्थियो।नसके खेतलाको बन्दोबस्त पनि गरिदिनु पर्थियो।त्यति नगरे सौता ल्याउछु भनेर धम्की दिनुहुन्थियो।आज सुकेनासले ढल्ने बित्तिकै तँलाई ल्याएरै छोड्नुभयो ।मेरी एउटी छोरी झण्डै तँ जत्रि छे।मेरा श्रीमानको डरका कारण माइतीमा पूर्याएकी छु।त्यस्लाई तेरो जिम्मा लगाएं”।दिदीले मेरै काखमा जीवनको अन्तिम श्वास फेर्नुभयो ।
यसै पनि म श्रीमान संग डराउथें।साँझ पर्नासाथ पीढा सहन नपरोस भनेर केराको झाँङ र मचानको पराल भित्र लुक्थें।तर ब्यर्थ !जहाँबाट भए पनि खोजेर ल्याउने ।अनि चिलले चल्ला झम्टे जसरी मलाई पटकपटक !मलाई त्यतिबेला मेरी आमाको साह्रै याद आउने ।यस्तो दर्द सहेर पनि त्यति धेरै बच्चा कसरी जन्माइन आमाले ?फेरि कहिले पनि बा र आमाको झगडा भएको सुनेको थिइन् !फेरि मेरी सौता दिदीलाई मलाई जस्तै गाह्राे भएको रहेछ।कहिलेकाहीँ त म उठ्न पनि नसक्ने हुन्थे ।ठूलो आश गरेर नजिकै भएकी दिदीलाई मैले ” मलाई माइत पूर्याइदे।मलाई साह्रै दु:ख्छ”भने।दिदी त खित्काउँदै -” ल राम्रो भयो ।अब छिट्टै बच्चा हुन्छन् ।श्रीमतीको धर्म निभाउन पर्छ ।चुपचाप घरमा बस्ने ।माइत जाने कुरै नगर ।”
दिनहरू कति चाँडै बितेका हुन्।बीस /बाइसको उमेरमा पाँच सन्तानकी आमा भएछु।भदौरे घाम आँगनमा आएर थपक्क बसेका छन्।थामी नसक्नु गर्मी छ।मुखिया भए पनि ढिकी ,जाँतो सकेर ,पतपत धुँवा निकाल्दै चुलोमा भात पकाउदै थिएं ।ख्वाक्क !ख्वाक्क!! खोक्दै मझेरीमा वहाँ ढल्नुभयो।”साह्रै छाती दुख्यो कान्छी! एक अंखोरा पानी दे न”!
मैले धामी ,बैध,देखाएं।सबैले सुकेनास हो भने।त्यसदिन देखि वहाँ शारीरिक रूपमा कम्जोर भइ ओछ्यान पर्नुभयो।कम्जोर हुनु भनेको शारीरिक मात्रै हैन,मानसिक इर्षिया पनि रहेछ।पहिले देखि डेरा गरि बस्दै आउनुभएको एकजना मास्टर हुनुहुन्थ्यो ।वहाँलाई खाना पनि मै पकाइ दिन्थें।मास्टर एक्लो छोरा मान्छे न हो भन्दै फुर्सदमा कोठा पनि साफ गरिदिन्थें।सायद औंशीको चकनन्ताले पनि वहाँको संकालाई पस्रय दिएको हुनपर्छ।वहाँ त्यो मास्टर प्रति संकालु र इर्षियालु दुबै हुनुहुन्थ्यो ।म ओछ्यान परेको श्रीमानको नजिक गएं।” अहिले कस्तो छ हजुरलाई?”
अचम्म वहाँले मेरो शरिरका प्रतेक अंग छाम्नुभयो ।मत जवान स्त्री न थिएं।विस्तारै उत्तेजित हुँदै गएं।तर …अचानक ।मेरो शरिरबाट हात झिक्दै कड्केर “कान्छी ! अब देखि त्यो मास्टरको कोठामा नजानु।त्यसलाई अब घरबाट निकाल्नुपर्छ।”म झसङ्ग भएं।” दुई पैसा फिस तिर्न आइरहेको छ किन निकाल्नुपर्यो?म पनि आँटिली भइ टोपले।हुनतः त्यो हिम्मत भनेको श्रीमान मृत्युु शथ्यामा पुगेपछि मात्रै आएको हो ।
सूर्य ,चन्द्रले आफ्नो गति परिवर्तन गरेका छैनन् ।त्यसैले समय पनि हामीलाई छोडेर हिडिरहन्छ।नत पर्खन्छ,नत कुनै गल्ती सुधार्ने मौका नै दिन्छ ।आज सम्म समय पछाडि फर्केको मलाई थाहै छैन ।मेरा श्रीमान ओछ्यानबाट मेरो यौनिकताको निगरानी गर्नुहुन्छ ।सन्तान हुँदैमा मान्छे बूढो कहाँ हुन्छ?मेरो जवानी त अब शुरू भएको छ।मेरा यौन इच्छाहरू जागृत अवस्थामा छन्।तर विवशताको जालो अर्कोपट्टी ! मृत्यु कुरेर बसेको श्रीमान एकापट्टी,गोरो खाइलाग्दो मास्टर अर्कोपट्टी । रातको चकमन्नतालाई च्यार्र पारेर म कोठाबाट बाहिर निस्कें।जुनेली रात शुरू भएछ।जूनको उज्यालोमा लम्पट भएर नजिकै टाँकीको रूखमा ढुकुर रतिक्रिडामा मस्त देखिन्थे ।मलाई अनायास गर्मीले उखर्माउलो पार्यो।म निसासिएं।एक्कासि गएर मास्टरको ढोका ढक्ढकाएं।मास्टर ढोका खोल्दै -” के भयो ? यति राति ? किन आउनुभयो भाउजु?”
“मास्टर बाबु !साह्रै प्यास लाग्यो ।पानी छ कि भनेर ।”
“लिनुस”।गन्जी र लुङ्गीमात्रै लगाएका मास्टर बाबुले दिएको पानी पिउँदै गर्दा मेरो पातलो ब्लाउज सबै भिझेर भित्री अंग मजाले देखिने भएको थियो । सायद म मास्टरलाई उत्तेजित गर्न आफैं ब्लाउज भिजाउने असफल प्रयास गर्दै थिएं।मैले करूवाको पानी कलकल पार्दै मास्टरको खँदिलो बाहुमा कसिएको अनुभूति गरें।अनि विस्तारै मेरो यौनिक मृगतृष्णा मेट्दै गएं।
” मास्टर बाबु कति बज्यो ?”
“बाह्र बज्यो भाउजु”।
म गह्रौं खुट्टा लिएर मास्टरको कोठाबाट निस्कें र सरासर आफ्नो कोठामा पुगें।
बिरामले थलिएको मेरो श्रीमान निदाउन सक्नुभएको थिएन।
” त्यो नाठो संग सुतेर आएकी त होलिस्।”निकै जंगिनुभयो।
म नबोली सुतें।
नबोलेर पनि के गर्नु अर्थ विहिन रात म कटाउदै थिएं।मलाई मास्टरको बलिष्ठ बाहुमा कसिएर रात बिताउने रहर भएता पनि ,एकापट्टी भित्तो अर्को पट्टी रित्तो भने झैं भएको थियो ।संकालु श्रीमान” तँ मास्टरकि स्वास्नी अब देखि म संग सुत्न पर्दैन” भनेर रातभरि कचकच गरिरहनुभयो।मलाई पो त्यो ह्याल,सिंगान भएको,सुकेनासले सताएको बूढो संग थोरै न सुत्ने रहर थियो ?”
बल्लतल्ल उज्यालो भयो ।” के छ दाइ? अहिले कस्तो छ ?”भन्दै मास्टर आइपुगे ।मास्टरलाई देख्ने बित्तिकै मेरो श्रीमान जंगिनुभयो।”रातभरि मेरी श्रीमती संग..।मास्टर बेस्कन हाँस्न थाले।संझे हुन अब मानसिक रूपमा पनि यि बुढा कम्जोर भैसकें।ृ
” संझिदा पनि अहिले जस्तो लाग्छ।हो त्यहीँ दिन देखि मलाई “सेते मास्टरकी स्वास्नी “भनेर ट्याग लागेको थियोे ।
के मुड चल्थियो कुन्नि ! ओछ्यानबाट मेरा श्रीमानले “कान्छी !कहिलेकाहीँ त्यो मास्टर संग रात बिताए पनि हुन्छ ।”भन्दा म निकै खुशी हुन्थें।
मास्टरले पनि मलाई मन पराउथे।”भाउजु! एक्लै बस्नुहुन्न” भनेर धेरै पटक भनेका थे।
श्रीमानको अवस्था झन कम्जोर हुँदै थियो ।त्यो रात मैले श्रीमानलाई दबाइ खुवाएर मास्टरको कोठा तर्फ बढें।कोठा ढकढक पारें ।मास्टरले चुकुल खोले। एक जवान पुरूषले रातिको समयमा बन्द कोठा भित्र एक जवान युवतीलाई भेट्नु ।उनको लागि ओहो भाग्य थियो ।मलाई मास्टरको अंगालोमा बेरिन पाउँदा आगोमा घिउ थपे जस्तो आनन्द भयो ।म भित्र पस्ने बितिक्कै उनले ढोका ढ्याम्म लगाए।हामी बीचमा एक पुरूष र महिला बीचमा हुने संबन्धले पूर्णता प्राप्त गर्यो।मैले गल्ती गरेको महसुस गर्दै थिएं।मास्टरले ” मानसिक स्वास्थ्य ठिक गर्न पनि संभोग आवश्यक हुन्छ।चिन्ता नगर्नुस् तपाईंको सारा समस्याको समाधान मेरो जिम्मा भयो ।” म बिग्रेको केशरासी र फरिया मिलाउदै ,विस्तारै आफ्नो कोठामा प्रवेश गरें।श्रीमानलाई हनहनी ज्वरो आएको थियो ।बोली लर्बरिएको र कान फर्केका थिए।
हो त्यहीँ बेला मलाई ” सेते संग बिहे गर भन्नुभएको हो ” मलाई अर्ती दिएको क्षणभरमै वहाँ व्रंहलिन हुनुभयो ।कान्छी काकीले आफ्नो कथा सुनाउँदा साँच्चै शाहसी महिला लाग्यो ।विधवा भएर बस्नुपर्ने बाध्यता एकापट्टि,अर्कोपट्टि बालख छोराछोरीको रेखदेख गर्नुपर्ने जिम्मेवारी ।काकीको शाहस भनेको सबै महिलाको लागि प्रेरणा हो ।” सर्प पनि मर्ने,लठ्ठी पनि नभाँचिने”।घर, सम्पत्ति ,छोराछोरी नछोडी काकीले जीवन साथी चयन गर्नुभएको रहेछ। रातोपुल,काठमाडौं/ (2081/05/06)
Previous Articleत्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर
Next Article फस्टाएको व्यापार