म्याग्दीको सदरमुकाम बेनीमा सोमबार महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नारासहित नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत महिला सशक्तिकरणमा सहकारीको भूमिका विषयक अन्तत्र्रिmया र छलफल गरिएको हो । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित अन्तत्र्रिmया कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले १६ दिने अभियान मनाउँदै गर्दा अहिले पनि समाजमा महिला र बालिकामाथि हिंसा भैरहेकाले सचेत बन्नुपर्ने बताउनुभयो । उहाँले समुदायस्तरमा लैङ्गिक हिंसाको विरुद्धमा सचेतना फैलाउनको लागि नगरपालिकामार्फत आवश्यक पहल भैरहेको बताउँदै महिला…
Author: Amrit Baskune
म्यापाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ क्याम्प ः १ सयजना महिलाहरु लाभान्वितग्दीको बेनी नगरपालिका–१, रत्नेचौरको लामागरामा सोमबार पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आङ खस्ने समस्याको निःशुल्क जाँच शिविर अर्थात् भिआईए क्याम्प सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो । सोमबार दिनभर चलेको शिविरमा बेनी नगरपालिका–१ नम्बर वडाको रत्नेचौर, लामागरा, २ नम्बर वडाको खबरा, ७ र ८ नम्बर वडा बेनीबजार तथा पर्वतको जलजला गाउँपालिका–७, मिलनचोक क्षेत्रबाट महिलाहरु सेवा लिन पुगेका थिए । कुल १ सयजना महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको सम्भावना भए, नभएको बारेमा गरिएको परीक्षणमा एक जनामा शङ्कास्पद देखिएकाले थप उपचारको लागि…
नेपाल पत्रकार महासंघको जिल्लाहरुमा पनि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा टुंगिएको छ । आज टुंगिएको भागबण्डा अनुसार ३७ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् । युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ । २६ मंसिरमा मतदान हुने २७ औं महाधिवेशनका लागि यी दुई संगठनले केन्द्र र प्रदेश कार्य समितिमा पनि भागबण्डा गरेको छ ।
मंसिर २५ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१, लामागरामा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा आङ खस्ने समस्याको निःशुल्क जाँच गरिएको छ । बेनी नगरपालिकाको आयोजना तथा बेनी अस्पतालको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो । सोमबार शिविरमा बेनी नगरपालिका–१ नम्बर वडाको रत्नेचौर, लामागरा, २ नम्बर वडाको खबरा, ७ र ८ नम्बर वडा बेनीबजार तथा पर्वतको जलजला गाउँपालिका–७, मिलनचोक क्षेत्रका महिलाहरुले सेवा लिनुभएको थियो । सयजना महिलाहरुको पाठेघरको मुखमा क्यान्सरको सम्भावना भए, नभएको बारेमा गरिएको परीक्षणमा एकजनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ । पाठेघरको मुखमा मासु पलाएको पाँच जना महिला भेटिएको, ४ जना महिलाहरुको पाठेघरमा रिङपेसरी राखिएको र ५…
हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ । म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट फर्किने क्रममा धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले रेडपाण्डाको तस्बिर र भिडियो खिच्नु भएको हो । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटर उचाईमा पर्ने उक्त क्षेत्रमा रेडपाण्डा बच्चा जस्तै देखिएको मगरको भनाइ छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनसहितको टोली उक्त क्षेत्र हुँदै फर्कने क्रममा रेडपाण्डा भेटिएपछि थप संरक्षणका लागि आसपासका स्थानीयलाई जानकारी गराइएको बताउनुभयो । धवलागिरी गाउँपालिकाको अन्य क्षेत्रमा पनि पहिला रेडपाण्डा भेटिएको भए पनि यो ठाउँमा पहिलोपटक भेटियो, यो वन्यजन्तुलाई चोरीसिकारीबाट जोगाउन समुदायस्तरबाटै अभियान सञ्चालनको…
अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्याङ्क श्रमाङ्क ब्युरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको भए पनि खुद्रा व्यापार व्यवसायी गुमाएको छ । अक्टोबरमा जागिर वृद्धि २४ हजारबाट ३६ हजारसम्म मात्रै भएको छ । नोभेम्बरमा, निजी गैर–फार्म पेरोल सबै कर्मचारीहरूको औसत प्रतिघण्टा आम्दानी १३ सेन्ट वा ०.४ प्रतिशतले बढेर ३५.६१ अमेरिकी डलर छ । गत १२ महिनामा, औसत प्रतिघण्टा आय ४.० प्रतिशत बढेको थियो । गोरखापत्रबाट साभार
अमृत बास्कुने यही आउँदो पुस अन्तिम देखि म्याग्दीको बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेला–२०८१ को आयोजना गर्ने भएको छ । हिमाली जिल्ला म्याग्दीको बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरेर पुस २८ देखि माघ ८ गते सम्म १० दिने म्याग्दी महोत्सव आयोजना गर्ने जानकारी दिएको हो । आठौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्यद्योगिक, व्यापार मेला–२०८१ आयोजना गरिएको जानकारी गराइएको थियो । भोट भारत ब्यापारीक मार्गको रुपमा परापूर्व कालदेखि नै करिडोरको रुपमा रहेको मार्गमा पर्ने बेनीमा म्याग्दी महोत्सव आयोजना गर्न लागिएको हो । म्याग्दी उद्योग बाणिज्य…
बेनी नगरपालिका ७ मा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले शनिबार बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभामा बेनी नगरपालिकाकी उपमप्रमुख ज्योती लामिछानेले सहकारी संस्थाले निम्न आयस्तर भएका नागरिकको जीवनस्तर उकास्न मद्दत गर्नुपर्नेमा जोड दिनुभएको थियो । महिला तथा निम्नआयस्तर भएका नागरिकहरुको जीवनस्तर उकास्नका लागि सहकारी संस्थाले प्रयास गर्नुपर्ने उहाँको तर्क थियो । कहिकतै सहकारी संस्थाहरुमा आएको भनिए पनि यहाँका सहकारीहरुले सकेसम्म व्यवस्थापन गरेको उहाँले बताउनुभयो । प्रमिला जोशीको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन सचिव अर्जुन पौडेलले तथा स्वागत उपाध्यक्ष देवेन्द्र पौडेलले गर्नुभएको थियो । सहकारीको साधारणसभामा सदस्य मोहन बानियाँ, अनुगमन उपसमितिका सदस्य रुद्रप्रसाद शर्मा, निवर्तमान अध्यक्ष हरिकृष्ण शर्मालगायतले…
अमृत बास्कुने नेपाली पत्रकारीताको इतिहासमा अहिले सम्म महिलाले अध्यक्ष पदमा पुगेर नेतृत्व गर्न पाएको छैन । अहिले हुदै गरेको निर्वाचनको जितले नयाँ इतिहास बनाउने छ । यो पक्कै हो कि निर्मला शर्माको जितले नेपाली पत्रकारीताको छाता संस्थामा पहिलो महिला अध्यक्षको इतिहास रच्नेछ । तर उहांको नेतृत्वले त्यो भन्दा धेरै ठूला परिवर्तनको ढोका खोल्ने छ । त्यसैले यो चुनाब हेर्दा देखिने, बोलाउदा सुनिने अनि खोज्दा भेटिने प्रभाबकारी र “हाम्रो महासंघ, मेरो अध्यक्ष” भन्ने गन्तब्यका लागि अहिलेको नेपाल पत्रकार महासंघको निर्वाचन “टर्निंग पोइन्ट” हो । अब जानौ को हुन् निर्मला शर्मा ? निर्वाचन एउटा प्रजातन्त्रीक पद्धती हो र यस समयमा निर्मला शर्मालाइ…
अमृत बास्कुने म्याग्दी जिल्लाको खेलकुद इतिहासमै लामो इतिहास बोकेको जुनियर फुटबल प्रतियोगिताको उपाधि छ संस्करण पछि माउण्ट एभरेष्टले पुनः उपाधि हात पारेको छ । म्याग्दी जेसीजको आयोजनामा आयोजित अन्तरमाध्यमिक विद्यालय(कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–८ को माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले जितेको हो । यस अघि सन २०१६ मा १५ औं संस्करणको उपाधि जितेको माउण्टलाई पुनः उपाधि जित्नका लागि २२ औं संस्करण सम्म कुर्नु परेको हो । शनिबार भएको फाइनल खेलमा बेनी सामुदायिक माध्यमिक विद्यालयलाई टाइब्रेकरमा हराउँदै माउण्ट एभरेष्टले उपाधि जितेको हो । निर्धारीत समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि भएको टाइब्रेकरमा ४ का बिरुद्ध ५…